गायक एब संगीतकार राम थापाका संगीतहरु सुन्नुहोस

admin November 19, 2008 0


We have lost the Senior Nepali Music Artist Ram Thapa.In this episode of the Musical Journey we are playing Ram Thapa’s Music.Some of has his own voice some of has his music.Let’s remember and pray for his soul.

सन्तोष भट्टराई !!
नेपाली सांगीतिक क्षेत्रका नक्षत्र, लोकगायक एबंम संगीतकार राम थापा को बिहिबार बिहान २:३० बजे काठामाण्डौ को नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। गायक थापा को आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने छ। वि.सं.२०१५ साल भाद्र २ गतेका दिन काठमाडौँ जिल्लाको कमलपोखरीमा बुबा हस्तबहादुर थापा र आमा हिराकुमारी थापाको सुपुत्रका रुपमा राम थापाले जन्म लिएका थिए ।

कक्षा ५ देखिनै उनले गायन सुरु गरेका हुन् भने उनले टोलकै केही ठूला दाइहरुसँग मिलेर गीतार बजाउन सिकेका हुन् ।
उनले सम्पूर्ण ध्यान सङ्गीतमा लगाउदै भएपनि उनले १४ वर्षको कलिलो उमेरमै २०२९ सालमा युवक मा.वि.,पकनाजोलबाट एसएलसी पास गरेका हुन् ।

२०३१ सालमा उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका हुन् । स्वर परीक्षा पास गरेपछि आफ्नै सङ्गीतमा- हाई हाई वनकाली माई बोलको गीत रेकर्ड गराएका थिए । गायिका तारा थापासँग रेडियो नेपालमा गाएको पहिलो गीत वनकाली माई चर्चित गीतको लहरमा परेपछि उनका लागि रेडियो नेपालको यात्रा सहज बन्दै गएको थियो ।

राम थापाको सङ्गीत रहेको ऋतुहरुमा तिमी हरियाली वसन्त हौ २००२ मा बि.बि.सी.लण्डनले गरेको सर्वेक्षणमा संसारकै १० उत्कृष्ट गीतहरुमध्ये सातौँ स्थानमा परेर सम्पूर्ण नेपाली सङ्गीतकर्मीका साथै नेपालीहरुको पनि इज्जत बढाएको छ ।

Source:http://www.halkhabar.com.np

Share

Leave A Response »