हिमाली स्वरहरु – ~१०८औ श्रृंखला सुन्नुहोस~

~१०८औ श्रृंखला सुन्नुहोस~

admin August 21, 2009 1


हिमाली स्वरहरुको १०८औ श्रृंखला सुन्नुहोस !
आजको कार्यक्रममा समाबेश सामाग्रीहरु यसप्रकार छन.

आजको श्रृंखलामा बिश्व,नेपाल र नेपाली परिबेशका खबरहरुको सार संछेप प्रस्तुत गर्ने छौ सेरो फेरोमा.
सरोज अर्यालको प्रस्तुति एउटा कुरामा गत सात न्यू योर्कमा सम्पन अंतरास्ट्रीय नेपाली साहित्य सम्मेलनको सेरो फेरोमा रहेर अंतरास्ट्रीय   नेपाली साहित्य समाजका पदाधिकारीहरू
गीता खत्री,कमला प्रसाई ,र भारती गौतम संगको कुराकानी सुन्नु हुने छ.
सृजनाका स्वरहरुमा सानु घिमिरे र कबिता घिमिरेको कबिता सुनने छौ
साथमा हुने छ तीज गीत!

— आफ्नो सल्लाह र सुझाबहरु लेख्नु होला  र कार्यक्रम आफु पनि सुनेर अरुलाई पनि सुनाउनु होला
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
email:nepaliradio@gmail.com

Share

One Comment »

  1. कृष्ण बहादुर गुरुङ August 21, 2009 at 9:02 am -

    INLS को पहिलो सम्मेलनको सन्दर्बमा

    INLS को प्रथम सम्मेलनमा सहभागिहुने सुबर्ण अवसर पाएँ । कमी कम्जोरी त हुन्छन नै आखिर पहिलो पटकको आयोजना जुन थियो । त्यसलाई मैले सामान्य रुपमै लिएको छु । अर्थ अनियमितता भएको कुरा जुन सुने त्यो दु:ख लाग्दो लाग्यो । त्यो भन्दा पनि सम्मेलानको दौरान कार्य पत्र सुनाइरहेको बेला, बारीष्ट साहित्यकारहरुबाट भाषण दीइ रहेको बेला र कविता बाचन भै रहेको बेला हाम्रा साहित्यकारहरु चाँही पछाडि बसेर जुन किसिमको हल्ला, बातचित र हुलमुलमा ब्यस्त थिए अनी अगाडिबाट माइकमा हल्ला भयो भनेको सुने, त्यसले सार्‍है नरमाइलो बनायो ।
    आगामी दिनहरुमा अझ स्तरिय ब्यवस्थापन र ढाचाको आशा राख्दछु ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »