बोस्टनमा महाकवि देवकोटाको सम्झना
शिव प्रकाश
अक्टोवर २५ बोस्टन अमेरिका ।
बोस्टनबासी साहित्यप्रेमी नेपालीहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी मनाएका छन् । नेपाली साहित्यका शिखर व्यक्तित्व देवकोटाको सभ्झनामा उहाँको व्यक्तित्व तथा कृतित्वप्रति छलफल तथा कविता गोष्ठीको आयोजना गरियो ।
प्रवासमा रहेर नेपाली भाषासाहित्यको साधनमा लागिरहेरका यहाँका नेपालीहरुको अग्रसरतामा आयोजना गरिएको महाकविको शतवार्षिकी सम्झना कार्यक्रममा डा. शिव गौतम, भारती गौतम, शिव प्रकाश, उत्तमबाबु श्रेष्ठ, सुजाता श्रैष्ठ, अच्युत अधिकारी लगायतका स्रष्टाहरुले काविता वाचन गरेका थिए ।
शतवार्षिकी सम्झना कार्यक्रमामा देवकोटाको जीवनी लेखनमा लाग्नु भएका नेपालका साहित्यकार नरेन्द्रराज प्रसाईद्वारा प्रेषित ूदेवकोटाको जीवनको अन्तिम क्षणू विषयक जानकारीमूलक सामाग्री पनि पढेर सुनाइएको थियो ।
कार्यक्रमा जीविएनसीका उपाध्यक्ष ध्रुव धिमिरेले मन्तव्य व्यक्त गरेका थिए भने डा. उषा शर्माले महाकवि देवकोटाको व्यक्तित्व बोल्नुभएको थियो ।






