साहित्यकार माधुर्य पुरस्कृत
काठमाण्डौं कार्तिक ४ अस्वीकृत विचार-साहित्य गुठीबाट आयोजित एक समारोहमा रुसबासी कवि प्रा. डा. मधुकृष्ण माधुर्यलाई आज एक समारोहका वीच नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्ष कमलादीमा ग्रैह्रआवासिय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका नवनिर्वाचित अध्यक्ष देवमान हिराचनको प्रमुख आतिथ्यमा ०६६ सालको तेह्रौँ अस्वीकृत विचार-साहित्य पुरस्कार प्रदान गर्ने कार्यक्रम सुसम्पन्न भयो । यसै कार्यक्रममा कवी मधुर्यका शक्तिबल्लभद्वारा संगीतबद्ध माधुर्य नामक एउटा गीति अल्बमको पनि प्रमुख अतिथिको हातबाट लोकार्पण भयो ।
इ. सं. १९६३ सालमा जन्मनु भएको कवि माधुर्यका एउटा कविता संग्रह र एउटा गीति एलवम प्रकाशित छ । उहाँ नेपाली साहित्य कला संस्कृति र दैनिक समाचारसमेतका बहुआयामिक प्रथम अनलाइन पत्रिका freenepal.com को प्रधान सम्पादक तथा संस्थापक हुनुहुन्छ । साथै अन्तर्राष्ट्रीय नेपाली साहित्य संघ रुसको अध्यक्ष हुनुहुन्छ तथा रुसमै विश्व लेखकसंघको समन्वय समितिको संयोजक हुनुहुन्छ ।
यो पुस्कारको स्थापना डा. कविताराम श्रेष्ठले आफ्ना लेखकीय पारिश्रमिक तथा पुरस्कारका रकमहरुबाट २०५४ सालमा गर्नु भएको थियो । अस्वीकृत विचार साहित्य पुरस्कारको रकम रु १३०००/- रहेको छ ।
पुरस्कार वितरण समारोह गुठीका अध्यक्ष श्री कृष्णचन्द्रिसंह प्रधानको सभापतित्वमा भयो । सभा साचालन साहित्यकार राधेश्याम लेकालीले गर्नुभयो भने स्वागत भाषणका साथै पुरस्कार स्थापना र स्रष्ठाको व्यक्तित्व र कृतित्वमा प्रकाश गुठीका संस्थापक एवं संरक्षक डा. कविताराम श्रेष्ठले प्रकाश पानुभयो । पुरस्कृत श्रष्ठा कवि माधुर्यले मन्तव्यका साथै कविता वाचन गर्नुभयो साथै उहाँको विमोचित एलबमको एउटा गीत पनि सुनाउने कार्यक्रम रहेको थियो । अन्त्यमा प्रमुख अतिथिले स्रष्ठालाई बधाइ ज्ञापन मन्तव्य दिनुभयो धन्यवाद ज्ञापन गुठीका महासचिव श्री नगेन्द्रराज शर्माले गर्नुभयो । अन्ततः सभापति श्री कृष्णचन्द्रिसंहले सभापतिको मन्तव्यसाथ सभाविसर्जन गर्नुभयो ।
——————-
Dr. RB Kavitaram Shrestha
Director:
National/International Relations,
KIST Medical Collage, Imadol-6, Lalitpur, Nepal,
Tel: +977-1-5201682, HP: +977-9841358265; E-mail: cartskrs@hotmail.co.uk,
Visiting Professor:
International Health Department of Public Health
University of Aberdeen Medical School, Foresterhill,
Aberdeen AB25 2ZD, Scotland, UK,
Tel: +44 (0) 1224 552492, HP +44 (0) 7594352262, E-mail: cartskrs@hotmail.co.uk,
Aswikrit Bichar Sahitya Campaigner http://aswikrit.com/






