~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

मिलन देवान स्मृति अनेसाम साहित्य पुरस्कार २०६५

November 28, 2009 by admin  
Filed under News & Blogs

अनलाइन नेपाली साहित्य मंच
Online Nepali Literature Forum
वेलायत/ब्रुनाई/नेपाल

मितिः २७ नोभेम्बर ०९

प्रेस विज्ञप्ति

अनलाइन नेपाली साहित्य मंच -www.sahityaghar.com/www.nepaliLiterature.com) ले प्रत्येक बर्ष प्रदान गर्ने मिलन देवान स्मृति अनेसाम साहित्य पुरस्कार २०६५ यस बर्ष युवा साहित्यकार राजेश राई खाटाम्मा भोजपुर लाई विगत एक दशक देखि निरन्तर नेपाली साहित्यमा योगदान पुर् याए वापत प्रदान गर्ने निर्णय गरेको छ । श्री राईका देशभक्त कलम कविता संग्रह २०६० किराती लोक कथा २०६२ प्रकाशित भएका छन् भने कथा संग्रह जापनीज र अंग्रेजी भाषामा समेत प्रकाशित भई सकेको छ ।

युवा स्रष्टालाई प्रदान गरिने यस पुरस्कारको रासी नगद १० हजार रुपैया र प्रमाण-पत्र रहेको छ । धनुकुटा बोधेमा जन्मनु भएका मिलन देवान कर्मक्षेत्र खोज्दै कतार पुग्नु भएको १९ औ दिनमा स्वर्गरोहण हुन भएकोले वहाको स्मृतिमा निजको सरोदर दाजु आनन्द देवान अमृत देवान दिदीहरु हरीमाया रुपमणि र रमा लगायतको परिवारले यस वि। सं। २०६४ मा पुरस्कारको स्थापना गर्नुभएको हो ।

मंचको लक्ष्य अनुसार नेपाली साहित्य र जातजातिको भाषा साहित्यलाई पनि उत्तिकै प्रोत्साहन गर्ने मान्यता अनुसार नेपाली भाषा साहित्यको क्षेत्रमा विगत डेढदशक देखि निरन्तर योगदान पुर् याउदै आउनु हुने बन्दिपुर १ तनहूका अर्जुन अधिकारीलाई र मौवा ९ नेन्दिबुङ पान्थर निवासी सेसेमी से नाल्बोलाई लिम्बु भाषामा विशेष योगदान पुर् याए वापत सम्मान गर्ने निर्णय भएको छ । वहाहरु दुवैजनाले सम्मान र नगद रु ५ हजार साथै प्रमाण-पत्र प्राप्त गर्नुहुनेछ ।

सम्मानको लागि छनौटमा पर्नुभएका अधिकारीको कृति – सागर भित्रका कणहरु २०५२ कविता संग्रह, संयुक्त आधुनिक गीत संग्रह २०५७ र आभार आधुनिक गीति एल्बम २०६० बजारमा आएका छन् । त्यस्तै गरि नाल्बोका १४ वटा कृति मध्ये ९ वटा कृति लिम्बु भाषाको रहेका छन् । नाल्बो लिम्बु भाषाको सोबुहाङसा´ नामक प्रथम खण्डकाब्यको रचयीता पनि हुनुहुन्छ ।

पुरस्कृत तथा सम्मानित ब्यक्तित्वहरुलाई यहि मंसिरको दोस्रो हप्ता काठमाडौमा एक कार्यक्रमको आयोजना गरि पुरस्कार र सम्मान प्रदान गरिने छ । पुरस्कार र सम्मानको लागि छनौटमा पर्न सफल तिनै जनालाई हार्दिक बधाई साथै पुरस्कार र सम्मानको लागि सिफारिस कर्ताहरुले यस मंचमा यथासक्दो सम्पर्क गर्नपनि अनुरोध गरिन्छ ।

धन्यवाद ।

अध्यक्ष
पुरस्कार तथा सम्मान छनौट कमिटी
अनलाइन नेपाली साहित्य मंच

मिलन देवान स्मृति पुरस्कार २०६५ तथा सम्मानको घोषणा

अनलाइन नेपाली साहित्य मंच -www.sahityaghar.com/www.nepaliLiterature.com) ले प्रत्येक बर्ष प्रदान गर्ने मिलन देवान स्मृति अनेसाम साहित्य पुरस्कार २०६५ यस बर्ष युवा साहित्यकार राजेश राई खाटाम्मा भोजपुर लाई विगत एक दशक देखि निरन्तर नेपाली साहित्यमा योगदान पुर् याए वापत प्रदान गर्ने निर्णय गरेको छ । श्री राईका देशभक्त कलम कविता संग्रह २०६० किराती लोक कथा २०६२ प्रकाशित भएका छन् भने कथा संग्रह जापनीज र अंग्रेजी भाषामा समेत प्रकाशित भई सकेको छ ।

युवा स्रष्टालाई प्रदान गरिने यस पुरस्कारको रासी नगद १० हजार रुपैया र प्रमाण-पत्र रहेको छ । धनुकुटा बोधेमा जन्मनु भएका मिलन देवान कर्मक्षेत्र खोज्दै कतार पुग्नु भएको १९ औ दिनमा स्वर्गरोहण हुन भएकोले वहाको स्मृतिमा निजको सरोदर दाजु आनन्द देवान अमृत देवान दिदीहरु हरीमाया रुपमणि र रमा लगायतको परिवारले यस वि। सं। २०६४ मा पुरस्कारको स्थापना गर्नुभएको हो ।

मंचको लक्ष्य अनुसार नेपाली साहित्य र जातजातिको भाषा साहित्यलाई पनि उत्तिकै प्रोत्साहन गर्ने मान्यता अनुसार नेपाली भाषा साहित्यको क्षेत्रमा विगत डेढदशक देखि निरन्तर योगदान पुर् याउदै आउनु हुने बन्दिपुर १ तनहूका अर्जुन अधिकारीलाई र मौवा ९ नेन्दिबुङ पान्थर निवासी सेसेमी से नाल्बोलाई लिम्बु भाषामा विशेष योगदान पुर् याए वापत सम्मान गर्ने निर्णय भएको छ । वहाहरु दुवैजनाले सम्मान र नगद रु ५ हजार साथै प्रमाण-पत्र प्राप्त गर्नुहुनेछ ।

सम्मानको लागि छनौटमा पर्नुभएका अधिकारीको कृति – सागर भित्रका कणहरु २०५२ संयुक्त आधुनिक गीत संग्रह २०५७ र एकल आधुनिक गीति एल्बम २०६० बजारमा आएका छन् । त्यस्तै गरि नाल्बोका १४ वटा कृति मध्ये ९ वटा कृति लिम्बु भाषाको रहेका छन् । नाल्बो लिम्बु भाषाको सोबुहाङसा´ नामक प्रथम खण्डकाब्यको रचयीता पनि हुनुहुन्छ ।

पुरस्कृत तथा सम्मानित ब्यक्तित्वहरुलाई यहि मंसिरको दोस्रो हप्ता काठमाडौमा एक कार्यक्रमको आयोजना गरि पुरस्कार र सम्मान प्रदान गरिने छ । स्मरण रहोस गत बर्ष मलेसियामा साधनारत युवा साहित्यकार देवेन्द्र सुर्केलीलाई यो पुरस्कार प्रदान गरिएको थियो ।

सेसेमी से नाल्बो
जन्मः २०२७ असार २६
जन्मस्थलः मौवा ९ नेन्दीबुङ पान्थर

कृतिहरु
मुइङ काब्यकृति २०५१
चासुङ काब्य २०५१
आनी साम्लोहा काब्यकृति २०५२
आधोक्ला काब्यकृति २०५२
बलिहाँङ तङनाम काब्यकृति २०५३
दिदी बहिनी आब्हान काब्यकृति २०५५
सोबुहाङसा खण्डकाब्य २०५६
इङजुम पालाम संग्रह २०५६
लिम्बु पर्यायीवाची शब्दकोष २०५८
बुद्धमाया माखिमको संक्षिप्त जीवनी २०६२
तोयोक्खाओ तीङ्गेक्रपा काब्यकृति २०६४
मेरो मंजुश्री र बदनामी आँखाहरु काब्यकृति २०६५
निसुम २०६४ गीति क्यासेट
भर्तबहादुर सिङजाङ्गो जीवनी २०६६

संलग्नता
अध्यक्ष – लिम्बु साहित्य प्रतिष्ठान
अध्यक्ष – लिम्बुवान लेखक संघ
सम्पादक÷प्रकाशक – चुम्लुङ मासिक
सम्पादक÷प्रकाशक – लुङा अर्धबार्षिक

————————————————————————-

अर्जुन अधिकारी सागर उदास´
जन्मः २०२६मंसिर २६
जन्मस्थलः बन्दिपुर १ तनहू

कृतिहरु
सागर भित्रका कणहरु २०५२
संयुक्त गीत संग्रह २०५७
एकल आधुनिक गीत एल्बम २०६०

संलग्नता
उपाध्यक्ष – गण्डगी वाङ्मय प्रतिष्ठान
उपाध्यक्ष – गजल साधना मंच तनहू
सदस्य – गजल यात्रा साथि समुह पोखरा

पुरस्कार तथा सम्मान
द्धितीय – राष्ट्रिय कविता प्रतियोगिता २०५४

————————————————————————–

राजेश राई
जन्मः २०४४ फागुन १०
जन्मस्थलः खाटाम्मा भोजपुर

कृतिहरु
देशभक्त कलम कविता संग्रह २०६०
किराती लोक कथा २०६२

संग्लनता
सचिव – सल्लेरी साहित्य सगंम धनकुटा
सदस्य – धनकुटा प्रतिभा पुरस्कार कोष
सदस्य – किरात राई लेखक संघ
सदस्य – प्रगतिशिल लेखक संघ
सदस्य – नेपाल पत्रकार महासंघ
सदस्य – आदिवासी जनजाति पत्रकार संघ
नयाँ पत्रिका राष्ट्रिय दैनिक धनकुटा समाचारदाता
राष्ट्रिय समाचार समिति धनकुटा समाचारदाता
सगरमाथा टेलिभिजन धनकुटा समाचारदाता
रेडियो मकालु ९२.२ मेगाहर्ज धनकुटा समाचार सम्पादक/संयोजक

पुरस्कार तथा सम्मान
बिष्णु-छत्र राई कृर्ति सम्मान -२०६३
किरात राई यायोक्खा केन्द्रीय कार्य समिति
साल्पा शिलिचुङ्ग साहित्य सगम सम्मान-२०६४

  • Share/Bookmark

Comments

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!

अब तपाईं पनि नेपालीमा कमेन्ट लेख्नुहोस्।(Press Ctrl+g to toggle between English and Nepali)

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes