अरुण धितालको अध्यक्षतामा नेपालीज सेन्टर अभ नोर्थ क्यारोलाईना “एन सी एन सी” को नया कार्य समीती को चयन
December 17, 2009 by admin
Filed under News & Blogs
नोर्थ करोलाइनामा नेपालीहरूको साझा थलो एन सी एन सी को आगामी दुई बर्षाका लागी अरुण धिताल को अध्यक्षतामा नया कार्य समीती को सर्बसम्मत रुपमा चयन भएको छ , नोर्थ क्यारोलाइनाको नेपाली समुदायमा लामो समय देखि सक्रिय, लब्ध प्रस्ठीत धिताल का कारण नै सम्पूर्ण पधाधिकारी हरु समेत सर्ब सम्म्तीमा चयन हुन सकेको कुरा नया बोर्डका सचिब शैलेन्द्र देवकोटाले बताउनु भयो / अध्यक्ष धितालको अध्यक्षतामा हालै बसेको बोर्ड्को बैठकले आगामी जनबरी २ का दिन नया बर्ष 2010 लाइ विभिन्न लोक सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै तथा मनोरञ्जनात्मक कायर्क्रम गर्ने ,र नेपाली मुलका डाक्टर नर्सको सहयोगमा निशुल्क स्वय्थ्य शिबिर समेत सनाचालन गर्ने निर्णय गरिएको कुरा संथाका कार्यकारी सचिब शैलेन्द्र देवकोटाले बताउनु भयो/
एन सी एन सी ले स्थापना कालदेखि नै दशैं र नयाँ वर्षमा विभिन्न लोक सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ भने विगत केही वर्षदेखि मनोरञ्जनात्मक कायर्क्रम, पिकनिक आदिको को आयोजना गर्ने गरेको छ । गत बर्ष नोर्थ कायरोलाइना माँ बसोबास गराइएका भूटानी शरणाआर्थीलाइ स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो/
यस सालदेखि नोर्थ क्यारोलाईना को केरी मोरिस्भिल क्षेत्रमाँ बसोबास गर्ने नेपालीदीदी बहिनीलाइ समुहले सरला थापाको नेत्रित्वामा नेपाली संस्कृतिको जगेर्ना गर्न उदेश्यले देउसी भैलो र हरितालिका तीज कार्यक्रमसमेत शुरुवातभएको छ ।
नोर्थ क्यारोलाइना क्षेत्रलगायत उत्तर अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुबीच हातेमालो गर्ने, एक अर्कामा सहयोगको आदान-प्रदान गर्ने र नेपाली भाषा तथा संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित यो संस्थाको पहलमा भविष्यमा यस क्षेत्रमा एउटा नेपाली सामुदायिक केन्द्र स्थापना गर्ने ,नेपाली भाषाको क्लास शुरू गर्ने द्देश्य रहेको संस्थाका वर्तमान अध्यक्ष अरुण धिताल ले बताउनुभयो/
Binod Dhakal
Cary NC 27513
![]() |


































Comments
Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!