अमेरिकामा एनआरएन दर्ता

admin January 31, 2010 0

अमेरिकामा एनआरएन दर्ता

वाशिंगटन डिसी

नेपाली गैर आबासिय संघ ( एन आर एन ) को अमेरिकामा बिगतमा नेप्लिज अमेरिकाज काउन्सिल ( न्याक) ले संयोजन गर्दै आएकोमा यसै हप्ताबाट Nepalese Americas Council (NAC) लाई नै नाम परिवर्तन गरि NRN National Coordination Council of USA (NRNNCC of USA ) बनाईएको छ . न्याकले एन आर एनको अमेरिकाको प्रतिनिधित्व २००३ देखि नै गर्दै आएको भएता पनि अमेरिकामा एन आर एन को उपस्थिति प्रभावकारी रुपमा हुन सकिरहेको थिएन .

न्याक/एन आर एन काउन्सिल अमेरिकाका अध्यक्ष सुमन तिम्सिनाले जारी गर्नु भएको प्रेस बिज्ञप्तिमा जनाइए अनुसार न्याकले बिगत देखि नै एन आर एनको समन्वय तथा प्रतिनिधित्व गर्दै आएकोले अमेरिकाबासी गैर आवाशीय नेपालीहरुको निकट सम्पर्कमा रहेर काम गर्न सजिलो र सहयोग होस भन्ने उदेश्यले उदेश्यले एन आर एन अमेरिकाको आधिकारिक दर्ता गरिएको हो .

सन् १९९१ मा स्थापना भएको न्याकले आफ्ना घोषित नीति तथा कार्यक्रम यथावत नै राखी आगामी दिनमा एन आर एनको नाममा काम गर्नेछ . न्याकमा क्यानडा तथा अमेरिकमा रहेका बिभिन्न ३२ वटा नेपाली संघ-संस्थाहरु सदस्य रहेका छन् . प्रेस बिज्ञप्तिमा उल्लेख भए अनुसार एन आर एनले पनि सदस्य संस्थाहरुसंगको सम्बन्धलाई बिगतमा झैं समन्वय सहकार्य र बिस्तार गर्दै लैजाने छ .

एन आर एनको स्वतन्त्र उपस्थितिका सम्बन्धमा बिगत देखि नै प्रयास हुँदै आएको थियो . यसै बिच न्याकले सन् २००९ मा बिभिन्न राज्यहरुमा सम्पन्न गरेका करिव १ दर्जन टाउन हल मिटिङ्गहरुमा प्राप्त सुझाबको आधार तथा बर्तमान न्याक कार्य समितीको सर्वसम्मत निर्णयद्वारा न्याकलाई एन आर एनमा रुपान्तर्ण गर्ने निर्णय गरेको पनि अध्यक्ष तिम्सिनाले बताउनु भएको छ .

एन आर एनका आगामी गतिबिधि तथा संगठनात्मक संरचना लगायतका बिषयमा विद्यमान बिधानको समिक्षा गर्दै नयाँ बिधान तयार गर्नका लागि एक बिधान मस्यौदा समिति गठन गरिएको पनि प्रेस बिज्ञप्तिमा उल्लेख छ . बिज्ञप्तिमा बिधान समितिमा अध्यक्ष डा प्रल्हाद पन्त तथा सदस्यहरुमा डा अम्बिका प्रासाद अधिकारी, डा तारा निरौला,मुकेश सिंह,बिद्या रञ्‍जित, बिष्णु थापा,डा गिरिजा गौतम,डा बिनोद शाह र डा राजेन्द्र कुमार श्रेष्ठ रहनु भएको उल्लेख छ . समितीले आगामी ६० दिन भित्रै नयाँ बिधान निर्माणको जिम्मेवारी पुरा गरिसक्नु पर्नेछ .

गैर आबासीय नेपालीहरुका लागि दोहोरो नागरिकताको व्यवस्था गर्नु पर्ने एन आर एनको मागलाई यथावत राख्दै हालै नेपाल सरकारले लागु गरेको गैर आवासीय नेपालीको लागि परिचय पत्र दिने व्यवस्थालाई पनि एन आर एनले आफ्नो आन्दोलनको सकारात्मक उपलब्धीका रुपमा लिएको पनि सो प्रेस बिज्ञप्तिमा उल्लेख छ .

एन आर एन अमेरिकाका बिभिन्न गतिबिधिहरुको बारेमा जानकारी लिन तथा आ-आफ्ना राय सुझाब दिनका लागि निम्न वेव साईडमा क्लिक गर्न हुन पनि अमेरिकाबासी गैर आबासीय नेपालीहरुमा बिज्ञप्तिमा अनुरोध गरिएको छ -

http://nrnusa.org/

Share

Leave A Response »