~Himali Sworharu,A Global Nepali Online Radio From New York City ~नेपाली मन र नेपाली पनसंग नजिक~

साहित्यकार कृष्ण प्रसाद पराजुलीको सम्मान कार्यक्रम

February 25, 2010 by admin  
Filed under 0PEN MI(


अन्तरास्ट्रिय नेपाली समाज न्यु योर्क च्याप्टरले आयोजना गरेको साहित्यकार कृष्ण प्रसाद पराजुलीको सम्मान कार्यक्रममा च्याप्टरकी अध्यक्ष ज्योति पौडेल,डा.तारा निरौलाले साहित्यकार पराजुलीको व्यक्तित्वको बारेमा चर्चा गर्नु भयो.परिता राज भण्डारी,गीता खत्री,पुनम काफ्ले,बिनोद रोका,अनन्त रिसाल लगाएतले आफ्नो आफ्नो रचना सुनाउनु भयो.संयुक्त रास्ट्र संघका लागि नेपाली राजदुत ज्ञान चन्द्र आचार्य कार्यक्रको प्रमुख अतिथि हुनुहुन्थो!सम्मान समारोहमा साहित्यकार पराजुलीकी धर्मपत्नी ,छोरा,नाति,बुहारीको पनि उपस्थिति थियो..अधिकारको कार्यालयमा आयोजित कार्यक्रममा न्यु योर्कका साहित्यप्रेमीहरुको उपथिती थियो..हाम्रा कार्यक्रमहरु सुन्नुहोस www.nepaliradio.org मा

  • Share/Bookmark

हिमाली स्वरहरुको १२१औ फागु/होलीमय शृंखला सुन्नुहोस

February 25, 2010 by admin  
Filed under हिमाली स्वरहरु


हिमाली स्वरहरुको १२१औ शृंखला फागुमय  अर्थात् होलीमय शृंखला सुन्नुहोस.

आजको कार्यक्रममा  हामी बिबिध होली सङ्गीत संगसंगै
  • एउटा कुरामा लामा एकाउन्टिंगका संस्थापक नाम ग्याल लामा  संग ट्याक्स को बारेमा गरिएको बिबिध कुराकानी प्रस्तुत गर्दै छौ .
  • सृजनाका स्वरहरुमा बासु  घिमिरे,गीता पराजुली पन्थ,बासु  ढकाल र प्रिया रानाका सृजनाहरु सुन्ने छौ .
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेख्नुहोस nepaliradio @gmail .com
आफ्नो विचार रचनाहरु रेकोर्ड गर्नुहोस २०६ ६०० ४८७३

हिमाली स्वरहरु,
न्यु योर्क
www.nepaliradio.org
  • Share/Bookmark

PRESS RELEASE: NRN National Coordination Council of USA concludes an Annual Meeting

February 23, 2010 by admin  
Filed under News & Blogs

A meeting of the NRN National Coordination Council of USA was held in Quality Inn at 3255 Bardstown Road, Louisville, Kentucky on Saturday, Feb. 20, 2010. About 50 attendees were present from all parts of the U.S.A. as well as a NRNA Representative from Canada. His Excellency Dr. Shankar Prasad Sharma, Ambassador of Nepal in the U.S.A. was the Chief Guest and Mr. Ratan Jha, General Secretary of the NRNA – ICC was in attendance along with Dr. Ambika P. Adhikari, the NRNA – ICC Regional Coordinator. Mr. Suman Timsina, President, NRN National Coordination Council of USA, presided the meeting.

The participants dealt with a full agenda including the bylaws amendment and the planning of the 4th NRNA Regional Conference in Houston on May 28 – 30, 2010. The opening plenary session was devoted to an introduction of the NRN National Coordination Council of USA sporting its new name and the recent steps to popularize the new NRN movement across the USA; the vision of regional coordination and the role of the international NRNA. Mr. Suman Timsina appealed all organizations and participants to maintain a positive attitude and continue reach out grass root members to work together and help NRN NCC achieve its goals. A schedule of a series of town hall meetings in 2010 across USA was also discussed. Dr. Ambika Adhikari explained the organizational structure of the NRN Association. His Excellency DR. Sharma described the role of the Government of Nepal on NRN Affairs and how NRNs could play a meaningful role in helping Nepal in the SA. On that occasion, Mr. Ratan Jha assured the issuance of Certificates of Affiliation to the NRN National Coordination Council of USA in the immediate future. Mr. Ram Kharel, media coordinator, appealed all media to support NRN National Coordination Council for USA to achieve its goal to reach out to larger community.

Sessions were devoted to the NRN Projects like the Open University and potential for collaborative investments by NRN in the USA, collective investment, a session on the role of women and increased participation of the larger Nepali community and a discussion on the current hot topic of dual citizenship for the NRN. Highlights were the presentation of the proposed Nepali Cultural Center in IL by Bishnu Phuyal, NECC (Washington, DC) by Mr. Ram Kharel and initiative of Nepalese Society in Texas (Dallas) by Suman Timsina. These interactive sessions were very well attended.

The following resolutions were adopted at the meeting:

It welcomed the recent name change from NAC as appropriate to the function of the organization; in conformity with the 54 other NRN organizations globally, in response to calls from local diaspora organizations and under applicable Nepali Law.
It noted that the bylaws were being modified to address the name change as well as the adjustment required to accommodate the increased emphasis on individual membership over organizational. It appealed all members to provide timely input to the bylaws change.
It stressed that the NRN National Coordination Council of USA will work in cooperation and collaboration with other organizations in the USA.
It encouraged the current and future executives to continue with the current outreach activities and to redouble its efforts in the media and through personal contacts.
It welcomed the upcoming 4th NRNA Regional Conference in Houston and pledged to extend all possible support. All attendees were encouraged to attend and make it successful as well as to help the Conference Coordinator Mr. Ratan Jha.
It warmly welcomed the initiatives being pursued by NRN to help Nepal and NRN themselves, whether through the NRNA – ICC or NRN National Coordination Council of USA. Among them were joint investment initiatives, Open University project, skill and knowledge share and other similar ideas.
It stressed the importance of getting every sector of the Nepali diaspora engaged and involved in making the NRN NCC and the NRN movement in the USA a success.
It emphasized the need to set up the “NRN Emergency Fund” to help the Nepali Community across the USA during unfortunate emergency situations.
Informed about the ongoing discussion worldwide among the NRN about the merits of asking for dual citizenship versus the limited rights granted under the current NRN Law, it affirmed the current approach taken by the NRNA and those entrusted to the NRNA to chart the appropriate course fore future.

Suman R. Timsina
President
NRN National Coordination Council of USA

http://nrnusa.org

  • Share/Bookmark

प्रेस बिज्ञप्ति बरिस्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको अभिनन्दन

February 23, 2010 by admin  
Filed under News & Blogs

प्रेस बिज्ञप्ति

बरिस्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको अभिनन्दन

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क च्याप्टर ले नेपाली भाषा र साहित्यका कालजयी व्यक्तित्व श्री कृष्णप्रसाद पराजुलीले नेपाली साहित्य र भाषालाई पुरयाएको योगदानलाई कदर गर्दै मिति २०६६ फागुन ९ गते तदनुसार फेब्रुअरी २१, २०१० मा एक सम्मान कार्यक्रम को आयोजना गर्यो | संयुक्त राज्य अमेरिकाको न्यु योर्क सहर स्थित नेपालीहरुद्वारा संचालित मानव अधिकार संस्था ‘अधिकार’ को सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो |

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क च्याप्टरका अध्यक्ष श्रीमती ज्योती पौडेलको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि संयुक्त राष्ट्र संघ का लागि नेपालका आवासीय स्थायी प्रतिनिधि महामहिम राजदूत श्री ज्ञानचन्द्र आचार्य रहनु भएको थियो | प्रारम्भमा कार्यक्रमको संचालन समाजका महासचिव श्रीमती परिता राजभण्डारीले गर्नुभएको थियो | श्रीमती राजभण्डारीले च्याप्टरको छोटो परिचय दिदै बरिष्ठ साहित्यकारको अभिनन्दन गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो | प्रमुख अतिथिद्वारा मंगलधुनका बीच पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरिए लगत्तै ‘सैयौ थुंगा फूलका हामी …’ राष्ट्रिय गानले हल गुन्जायमान भएको थियो | तत्पस्चात समाजका सदस्य श्रीमती सीता खरेल, मोहिनी सैंजु लगायतका व्यक्तित्वद्वारा साहित्यकार पराजुली तथा वहाका धर्मपत्नी र प्रमुख अतिथिलाई पुष्पगुच्छाद्वारा स्वागत गर्नुभएको थियो |

कार्यक्रमको मुख्य खण्डको संचालन च्याप्टरका सल्लाहकार तथा कलाकार शैलेश श्रेष्ठले गर्नुभएको थियो |

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष श्रीमती ज्योति पौडेलले समाजको उद्देस्यहरुका साथै संमानित व्यक्तित्व कृष्णप्रसाद पराजुलीका बारेमा छोटो मन्तव्य राख्दै सबैलाई स्वागत गर्नुभएको थियो |

उक्त कार्यक्रममा कवयित्रीहरु श्रीमती पूनम काफ्ले, श्रीमती गीता खत्री, कवि तथा कानूनविद विनोद रोका र कवि अनन्त रिसालले रोचक तथा मर्मस्परशी कविताहरु वाचन गर्नु भएको थियो |

पराजुलीको व्यक्तित्व र कृतित्वका साथै नेपाली भाषामा निजको योगदानको वारेमा डा. तारा निरौलाले प्रकाश पार्नुभएको थियो | यसै सन्धर्वमा डा. निरौलाले श्री पराजुलीलाई एक निवान्धकारका रूपमा, एक वाल साहित्यकार रूपमा, एक भाषा तथा व्याकरण विदका रूपका साथै निजको बहुआयामिक साहित्यिक व्यक्तित्वको उपर चर्चा गर्नु भएको थियो |

प्रमुख अतिथि महामहिम ज्ञानचन्द्र आचार्यज्युले अमेरिकास्थित बंगलादेशको नियोगले बंगला भाषाको योगदानमा सक्दो भूमिका खेलेको उदाहरण दिदै यहास्थित नेपालका कुटनीतिक नियोगहरुले पनि केहि गर्न सकिन्छ कि भन्ने सोचाइ रहेको जनाउदै समाजका एस्ता कार्यक्रमले नेपाली साहित्यको श्रीवृधिमा सहयोग पुग्ने चर्चा गर्नु भयो | उहाले साहित्य समाजलाई नियोगले सक्तो सहयोग गर्ने समेत प्रतिबद्दता जाहेर गर्नु भयो |

सम्मानित व्यक्तित्व श्री पराजुलीलाई सभाका अध्यक्ष र प्रमुख अतिथिद्वयले संयुक्तरूपमा कदरपत्र प्रदान गर्नुभएको थियो | उक्त कदरपत्र ग्रहण गर्दै साहित्यकार पराजुलीले आफ्नो साहित्यिक लेखनको पृष्ठभूमिको बारेमा चर्चा गर्नु भएको थियो | महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्र कवि माधव घिमिरेको सङ्गत र प्रेरणाले साहित्यिक क्षेत्रमा लागेको जानकारी दिदै आफु छहत्तर भंज्यन्गामा लागेको भए पनि साहित्यलेखनमा क्रियाशील रहिरहने जानकारी गराउनुभएको थियो | आफु छहत्तर वर्ष को भएको र सो भन्दा बढी संख्यामा साहित्यिक कृतिहरु नेपालीहरुका माझ पस्किसकेको जानकारी दिनुभएको थियो भने आफ्ना हरेक कृतिहरुको पुन:मुद्रित भएकोमा प्रशन्नता व्यक्त गर्नुभएको थियो| यसै क्रममा आफ्नो ‘राम्रो रचना, मीठो नेपाली’ लगाएतका कृतिहरुको प्रतिलिपि चोरी भएको मा दुख मनाउ व्यक्त गर्नु भएको थियो | देवत्व, मनुस्यत्व र राक्ष्यस्यत्वमध्ये आफुले जहिले पनि मनुस्यत्वको हितका लागि सोच्ने र लेख्ने गरेको बताउदै मानवता भन्दा अरु ठुलो केहि नहुने कुरा राख्नुभएको थियो | यसै क्रममा श्री पराजुलीले देशको पीरले छाती दुख्ने गरेको कुरा गर्दै आफु २/३ वर्ष पहिले नै अमेरिका आउन खोजेको भए पनि अमेरिका आउने प्रवेशाज्ञा नपाएको र सो प्रक्रिया उपर गुनासो पनि व्यक्त गर्नुभएको थियो | दशवर्ष अगाडि पक्ष्य घातको विमारले सताएको चर्चा गर्दै ढिलाई भएपनि अमेरिकामा आएर नेपालीहरुका बीच माया साट्न पाउदा ज्यादै खुसि भएको व्यहोरा उल्लेख गर्नुभएको थियो | अमेरिकामा झन्डै तीनमहिना रहदा एकदिन पनि वन्ध हडताल नदेखेकोमा आश्चर्य मान्दै न्यु योर्क सहरलाई प्राचिन र अर्वाचीन सभ्यताको सङ्गम रहेको अनुभूति संगालेको उल्लेख गर्नु भएको थियो अन्त्यमा मानवीय भावको कविता सुनाउदै कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो |

समाजका उपाध्यक्ष श्रीमती पूनम काफ्लेले कार्यक्रमका लागि हल उपलब्ध गराई सहयोग गरेकोमा ‘अधिकार’ संस्था लाई र सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो | कार्यक्रमको अन्तमा रात्रिभोजको आयोजना गरिएको थियो जस्मा श्री पराजुलीद्वारा रचित गीतहरु बजाइएका थिए |

परिता राजभण्डारी

महासचिव , अ ने सा स न्यु योर्क

  • Share/Bookmark

Association of Nepalis in Americas (ANA) Press Relese

February 18, 2010 by admin  
Filed under News & Blogs

Association of Nepalis in Americas (ANA) organization has coordinated numerous Emergency Help Fund Relief programs since its inception 27 years ago. In recent years when tragedy has befallen to a Non Resident Nepali living in the US, ANA has taken the leadership to coordinate fundraising effort, with support of local organizations, to provide appropriate support to the needy family. This effort expanded to the international levels when North American Nepali Diaspora raised funds in support of Nepalis murdered in Iraq in 2004.

Recently, Non Resident Nepalis were deeply saddened by the catastrophic misfortune the people of Haiti had to endure due to the earthquake. Yet we were heartened to see Nepali flags waving and the work done by Nepal Army in helping people of Haiti on TV. ANA’s Emergency Help Fund Program raised funds to help the victims of the earthquake. The effort was led by Baltimore Association of Nepalese in America (BANA) and was supported by local organizations across North America. This was a direct contribution from people of Nepali origin and nonresident Nepalis to the people of Haiti.

President of BANA, Mrs. Rabina Thapa presented the collected funds totaling $2693 to the Haitian Ambassador H.E. Raymond A. Joseph at a ceremony in Haitian Embassy, Washington DC on February 16, 2010. The ceremony was attended by the Ambassador of Nepal H.E. Dr. Shankar Prasad Sharma and officials from ANA and BANA that included ANA Auditor General Hari K. Sharma, BANA Vice President Ram Prakash Bhandari, community stalwart Ganesh Malegu and Viswaparikrama Fortnightly Editor Govinda Giri Prerana. During the ceremony, H.E. Dr. Sharma conveyed condolences to the earthquake victims on behalf of the Government of Nepal, and gave them the best wishes for speedy recovery.

In this initiative of the ANA Emergency Help Fund program, led by BANA, and coordinated with the Embassy of Nepal, a new facet has emerged on the model of cooperation between governmental and nonresident Nepali nonprofit community organizations in U.S. This new model for the greater good of the community and Nepal- by shining a positive image to the international community of nations has brought forth new paradigm in combining and uniting for common cause.

ANA and BANA are thankful to all the individuals and the community organizations that include Nepal Oregon Association, Kaskeli Samaj Baltimore and Greater Boston Nepalis Community, for providing much needed support to the people of Haiti at the time of crisis. It was a small step that made difference to those who get help.

Overview of BANA
Baltimore Association of Nepalese in America (BANA) was formed on January 1, 2004 in Baltimore, Maryland. In a short period, BANA has established itself as a major Nepali organization in Maryland. One of its main goals is to bring Nepalese living in Maryland together and maintain our cultural values. For more details visit at: http://www.banaonline.org

Overview of ANA Programs
ANA has established autonomous functional programs led by the experts in the fields to provide services, coordinate, and advance causes. Functional programs include Academy of Nepali Literature, Emergency Help Fund, Media Club, Nepali Scholarship, ANA Youth, Culture Preservation and Promotion, Public Affairs and Advocacy, Non Resident Nepalis (NRNs) Issues, Special Projects and Nepal Promotion.

ANA is an organization of the people of Nepali origin in the Americas and friends of Nepal. ANA was founded on July 1983 in New York and incorporated in Washington DC in 1983 as a non-profit tax exempt organization.

  • Share/Bookmark

Next Page »

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes