फेसबुक रचना

admin February 17, 2010 3

फेसबुक रचना:फेसबूकमा तपाइले प्रकासित गर्नु भएको रचना,गीत,कविता,गज़ल,कथा ,संस्मरण सके सम्म तपाइकै स्वरमा… नसके हाम्रो स्वरमा …हिमाली स्वरहरुमा फेसबुक रचना…आफ्नो रचना हिमाली स्वरहरु मार्फत सबैलाई सुनाउन चाहनु हुन्छ भने हामीलाई जानकारी दिनुहोस ..अथवा हामी तपाईलाई सोध्ने छौ .फेसबूकका हाम्रा साथीहरुको रचना हामी पढी रहेका हुन्छौ ..तपाईको उत्कृस्ट रचना किन हिमाली स्वरहरुका स्रोतालाई न सुनाउने ?आफ्नो विचार राख्नु होस्..
nepaliradio@gmail.com

3 Comments »

  1. geeta panth February 19, 2010 at 8:45 pm -

    दुइ गोलार्धका दुइ छेउमा तिमी अनि म
    अचेल मेरो आगन म घाम हाँस्दा
    तिम्रो कोठा अन्धेरिन्छ अनि तिम्रो कोठामा बिस्तारै जूनले लुकेर हेर्दा
    मेरो आँगनमा घाम उदौंछ
    बाह्रा बजे फुलले मन खोलेर हाँस्दा
    मलाई थाहा छ तिम्रो संसार अधेरिन्छ
    तिम्रो अनि मेरो भूगोलको फरक भित्र
    एउटै घाम कहिले उदौउछ ?
    म पर्खी रहेछु
    हाम्रो धड्कनको एउटै जून कहिले हास्छ पर्खिरहेछु
    अचेल घामको अस्ताई,निकै मन पर्छ मलाई
    बढ्दै जाने गाढा रात झनै मन पर्छ
    अस्ताउने घामले सधै मेरो माया सुटुक्क बोकेर लैजान्छ तिमीलाई
    गाढा अध्यारोले थुप्रै -उज्यालो
    पठाउँछ दुर देशका तिमीलाई
    मसँग बिदा मागेर घाम
    मेरो तिमीलाई उज्यालो पस्कन जान्छ
    मेरा तरंगीत भाव संवेग कोसेली बोकेर
    घाम तिमीलाई न्यानो दिन जान्छ
    म त भन्छु न आओस मेरो आगानमा घाम
    बरु तेही रात प्यारो मलाई
    बरु तेही औसी प्यारो मलाई
    अब्रिश्रनता अध्यारा रातहरु प्यारा लाग्छन
    अनन्त अनन्त एक्ला पलहरु रमाइला लाग्छन
    घामले सधै हिजो मात्रै सम्झाईरहन्छ
    आधिरता अनि आतुरता पस्किरह्न्छ
    तिम्रो मायाको न्यानोको तुलना कहाँ हुन्छ घाम संग
    तिम्रो हेराइको प्रेमिल उज्यालो कहाँ दाजिंछ घाम संग
    मलाई तिम्रो मायाको उज्यालो भएपुग्छ
    सिन्दुरको रातोमा सजिन पाए पुग्छ
    घाम,बतास,बादल अनि जुनेलि मधुर साँझहरु
    मनका कान्ला कान्लामा निस्फिक्री बेएली खेल्नी
    अबिसारका स्वोप्निल प्याउलीहरु
    आरोह अवोरोह भोगेइहरुमा सदैब
    एउटै लयमा झंकृत मुटुहरु
    फरक हेराइका उस्तै दृश्यहरु
    छेक्दो रहेनछ भूगोलका बारहरुले
    प्रेमका अविरल नदिहरु
    पठाईदिएर घामलाई सम्पूर्ण तिमीतिर
    म तिम्रो मायामा रमाइरहेछु
    फिर्ता गरहै ति सबै अध्यारा रातहरु
    प्रेम उत्सवमा निमग्न म
    तिनै अध्यारा रातहरुमा तिम्रो आँखाको उज्यालो पर्खिरहेछु
    भूगोलको अर्को गोलार्दामा तिमि
    मनको प्रेम र विश्वास संगै जिन्दगीको फूल फुलाई रहेछु
    भुलेर सबै पीडाहरू
    तिम्रो खुसीका लागि आज
    यो दिनमा हासी रहेछु

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 0

  2. rockey June 7, 2010 at 12:18 am -

    gdsdg ljkfgvh kld;पग द्पूओक्द”” ओफ्पोफ्द्प[ फ्प[हफrsds
    ल;स्ज्फ़ आब तपाई पनि वन्नु त क भयो

    Well-loved. Like or Dislike: Thumb up 4 Thumb down 0

  3. upendra thapa August 2, 2010 at 5:48 pm -

    मलाइ पनी अध्यारो मन पर्छ, जहीले साँझको पर्खाइमा
    डुबी रहन्छु। लाग्छ उज्यालोमा सम्झनाका लहरहरू
    लर्खराउदै अाउछन्र।

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

Leave A Response »