Daily Archives: March 25, 2010 »
कोइरालाप्रति श्रद्धाञ्जली दिन अमेरिकामा शोकसभा हुने
नेपाली जनसम्पर्क समिति, अमेरिका एकताको दोश्रो महाधिवेशन तयारी समिति ,न्यूयोर्क, अमेरिका मिति: मार्च २४, २०१० कोइरालाप्रति श्रद्धाञ्जली दिन अमेरिकामा बृहत शोकसभा हुने गत मार्च २० तारिख २०१० शनिवारका दिन नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाली राजनीतिकका शिखर पुरुष , नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको देहावसानको समाचारले सम्पुर्ण नेपाली एवम् बिदेशी समुदायलाई स्तव्ध र अत्यन्त मर्माहत तुल्याएको छ ।यस दुखद घडीमा स्वकोइराला प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न र राष्ट्रका लागि उहाँले पुरयाउनु भएको योगदानको उच्च सम्मान गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाले आउँदो मार्च २८ तारिख आइतबारका दिन बृहत शोकसभा गर्ने भएको छ । देश,जनता,लोकतन्त्र र शान्तिप्रकृयाको लागि अन्तिम क्षणसम्म मृत्युसँग सँघर्षरत जनताको आस्था,आशा र भरोसाका केन्द्रबिन्दू गिरिजाबाबुको देहावसानलेशान्ती,लोकतन्त्र र अग्रगति प्रति अनुराग राख्ने देश-बिदेशमा रहेका लाखौँ जनसमुदाय शोकाकुल बनेका छन । आगामी मार्च २८ आइतबारका दिन अमेरिकामा बसोबास गरिरहनुभएका सम्पूर्ण नेपाली जनसमुदाय, राजनीतिक दलहरु, सामाजिक संघसंस्थाहरु, धार्मिक संगठनहरु, जातीयसंस्थाहरु ब्यापारिक संघसंस्था लगायत भेला हुन सक्ने सम्पूर्ण समूहले राजनैतिक पूर्बाग्रह नराखी राष्ट्रियता र राष्ट्रको बिषयमा ऐक्यबध्दता कायम राख्न लोकतन्त्र रप्रजातन्त्रका लागि अझ एक ढिक्का भै अघि बढ्न आ-आफ़्नो तर्फबाट बृहत शोकसभामा सहभागी भै राष्ट्रिय शोकलाई राष्ट्रिय शक्तिमा परिणत गर्न नेपाल जनसम्पर्क समितिअमेरिका हार्दिक अपिल गर्दछ । निम्न मिति, स्थान र समयमा एक श्रध्दाञ्जली सभाको आयोजना गरिएकोले उपस्थितभइ श्रध्दासुमन व्यक्त गर्नु हुनको लागि हार्दिक अनुरोध गरिएको छ। मिति २८ मार्च २०१०, आइतबार स्थान : Divya Dham Mandir 34-63 56 Street Woodside, NY 11377. Tel: 718-533-7943 समय २ .00 बजे खगेन्द्र जी सी संयोजक एवं नेपाली जनसम्पर्क समिति एकताको दोश्रो अधिवेशन तयारी कार्य समिति,
Read More »




