हिमाली स्वरहरु – अन्तराष्ट्रि्र्य नेपाली कविता महोत्सव २०१०

अन्तराष्ट्रि्र्य नेपाली कविता महोत्सव २०१०

admin April 22, 2010 0

अन्तराष्ट्रि्र्य नेपाली कविता महोत्सव २०१०

आगामी जुलाईको पहिलो हप्ता अमेरिकाको बोष्टनमा हुन लागि रहेको एशोशिएशन अफ नेपलिज इन अमेरिकाको बृहत सम्मेलनको सिलसिलामा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका र अन्तराष्ट्रि्य नेपाली साहित्य समाजको संयुक्त आयोजनामा हुने अन्तराष्ट्रि्य नेपाली कविता महोत्सव २०१० मा कविता पठाउन इच्छुक विश्व भरि रहेका नेपाली कविहरुलाई आफ्नो कविता पठा! उन हुन हार्दिक अनुरोध गर्दछौं ।

पुरस्कार

१. प्रथम – ‘हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् १००० डलर नगद

२. द्धितीय – ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् ३०० डलर नगद

३. तृतीय – ‘बसुन्धरा गणेश रोका देबकोटा पुरस्कार’ प्रमाण पत्र सहित युएस २०० डलर नगद

नियमहरुः

१. कविता नेपालमा प्रचलित कुनै पनि भाषा वा अंगे्रजीमा समेत पठाउन सकिनेछ । तर सो कविताको नेपाली रुपान्तर पनि साथमा हुनु नितान्त जरुरी छ ।

२. कविता मौलिक, कुनै पनि संचार माध्यमबाट अप्रकाशित एवं २०० शब्दमा नवर्ढाई लेखिएको हुनु पर्नेछ ।

३. कविको नाम, ठेगाना, सर्म्पर्क शुत्रको साथै कविता प्रतियोगिताको लागि हो वा होईन स्पष्टसंग लेखिएको हुनु पर्नेछ ।

४. कविता श्रव्य-दृश्यमा पनि पठाउन सकिनेछ । त्यस्ता कविताहरु बढिमा ४ मिनेटको हुनु पर्ने र लिखित रुपमा पनि पठाउनु पर्नेछ ।

५. महोत्सवमा कविले आफूले पेश गरेको मूल भाषामै कविता वाचन गर्न पाउने छन् ।

६. कविता में ३१, २०१० भित्र देहायको ठेगानामार् इमेल वा हुलाक मार्फ आई पुग्नु पर्नेछ । त्यस पछि आएका कविताहरुलाई प्रतियोगितामा समाबेश गरिने छैन ।

 

हुलाक मार्फ कविता पठाउने ठेगानाः

1. Sunder Joshi –

132 Tuscany Dr
Royal Palm Beach, FL 33411

2. Bharati Gautem-
11 Turner Terrace
Newtonville, MA 02460

3. Hemanta Shrestha-
8801 winding Hollow Way
Springfield, VA, 22152

अन्तराष्ट्रि्य कविता महोत्सव २०१०

संयोजक समिति

Share

Leave A Response »