हिमाली स्वरहरु – रिजवुड नेपाली समाजको आयोजनामा नँया बर्ष २०६७ को अवसरमा शुभकामना साँझ

रिजवुड नेपाली समाजको आयोजनामा नँया बर्ष २०६७ को अवसरमा शुभकामना साँझ

admin April 6, 2010 0

“र्सवप्रथम नँया वर्ष २०६७ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना”

रिजवुड  नेपाली समाजको आयोजनामा आगामी अप्रिल १६, २०१० का दिन समाजको साधारण सभा लगायत नँया बर्ष २०६७ को अवसरमा शुभकामना साँझ आयोजना गरीएको व्यहोरा यहाँलाई अवगत गराउन पाउँदा हामीलाईखुसी लागेको छः

उक्त कार्यक्रममा यँहाको गरीमामय उपस्थीतीको लागि हार्दिक अनुरोध गर्दै रिजवुड नेपाली समाजको विगत वर्षभित्र भएका कृयाकलाप र आगामी दिनमा समाजले तर्जुमा गरेको प्रस्तावित “मन्दिर” र नेपाली सामुदायीक भवन निर्माण बारेको वृहत कार्ययोजना सम्बन्धि छलफलमा सक्रिय सहभागिताको लागि समेत हार्दिक अनुरोध गर्दछौ

उक्त साधारण सभामा समाजको प्रस्तावित मन्दिर र सामुदायीक भवन निर्माण सम्बन्धि तयार गरीएकोकार्ययोजना, जग्गा खरीद र मन्दिर भवन निर्माणको अनुमानित लागत, स्रोत परीचालनको लागि समाजले तर्जुमागरेका प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरीनेछ । यो साधारण सभा मन्दिर निर्माण विषयको केन्द्रविन्दुमा गरिनेभएकोले ज्यादै महत्वपूर्ण हुने व्यहोरा समेत जानकारी गराउन चहान्छौ ।

कार्यक्रम

प्रथम चरण

क).       समाजको साधरण सभा कार्यक्रम

1.     विगत १ वर्षभित्रको भएका समाजको कृयाकलाप, पर्न आएका समस्या र समाधान बारे जानकारी ।

2.       मन्दिर र भवन निर्माणको निम्ति खरिद गर्न 16-29 Stephen Street को 5000 Sq.  Ft.। जमीन450000 डलरमा खरिद गर्ने प्रस्ताव ।

3.        मन्दिर र भवन निर्माण गर्नको लागि अनुमानित बजेट प्रस्ताव ।

4.      उल्लेखीत अनुमानित बजेटको श्रोत जुटाउन समितिले तयार गरेको कार्ययोजना प्रस्ताव

5.        सहभागीहरुको तर्फबाट  सुझाव सल्लाह र मन्दिर निर्माण निम्ती आफ्नो तर्फाट गर्न सकिने सहयोग राशी धोषणा ।
6.         साधारण सभा विर्सजन ।

ख)        डिजे डिनर

…..                                Ridgewood Nepalese Society…………….

Share

Leave A Response »