
श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभब सुनौ
सन् १९४८ अप्रिल ५ मा खोटांग जिल्लाको सापातेलमा जन्मनु भएका खगेन्द्र बस्न्यातले नेपाल सरकार को निजामती सेवाको बिशिस्ट श्रेणीको सचिव पदमा रही मुलुकी प्रशासनको प्रशस्त अनुभव बटुल्नु भएको छ । उहाले नेपाल सरकारका पर्यटन, स्थानीय बिकाश, आवाश तथा भौतिक योजना, एवं, शिक्षा जस्ता जनताका प्रत्यक्ष सरोकारसंग सम्बन्धित मन्त्रालयहरुमा रही काम गर्नु भएको छ।सेवा निवृत भए पछी पनि युनेस्को का लागि नेपाल राष्ट्रिय आयोग को सचिवालयमा महा सचिव को हैसियतमा काम गरिसक्नु भएका बस्न्यात, हाल काम विशेस ले न्यू योर्क आउनु भएको बेलामा हिमाली स्वरहरुसंग, आफ्नो प्रशासनिक जीवन यात्रा अनुभव सुनाउदै हुनुहुन्छ ।
–
कार्यक्रम प्रस्तोता /निर्माता.
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York









व्यक्तिगत रुपमामा खगेन्द्र सरसंग म नजिक छु I सरको बाल्यकालको र खासगरी बिद्यालय जिबनको बारेमा सुन्दा त्यसले नया पुस्तालाइ थप प्रेरणा दिन्छ नै I शिक्षा मन्त्रालयमा म वहाँ संगै काम गरेको हुँ त्यसैले विस्वासका साथ् के भन्न सक्छु भने कठिन परिस्थिमा समेत सहि र उपयुक्त निर्णय गर्ने जुन क्षमता खगेन्द्र सरमा मैले पायं त्यो आज सम्म कुनैपनि शिक्षा सचिबमा पाउन सकियन I जबकी वाहाँ शिक्षामा बसेको वाहाँको दुवै कार्यकाल अत्यधिक संबेदनसिल तथा असहज परिस्थिति एबम राजनीतिक रुपमा जोखिमपूर्ण तरल अबस्थाका थिय I त्यसैले मेरो लागि वाहँ सचिब मात्र भन्दा पनि एउटा उत्कृस्ट ब्यबस्थापक र कुसल एबम कुटनीतिक प्रशासक हो, जुन हरेक देशले आफ्नो प्रसासकमा खोज्ने सबैभन्दा उत्तम गुण हुँन I साथै सर संग न्याय सेवाको पनि लामो अनुभब छ ……..कृपया त्यो पनि श्रोता माझ जाँदा झन् राम्रो हुन्छ होला I खगेन्द्र सर लाइ मेरो नमस्कार सुनाइ दिनु हुन अनुरोध गर्दछु I
मन परे हरियो, नपरे रातोः
1
0