हिमाली स्वरहरु – न्यु योर्कमा हुदै छ बृहद श्रीमद् भागवत महापुराण

न्यु योर्कमा हुदै छ बृहद श्रीमद् भागवत महापुराण

admin May 26, 2010 0

सहदेव पौडेल,
न्यु योर्क
बहु भाषी एब बहु सांस्कृतिक शहर हो न्यु योर्क|बिबिध  धर्म संस्कृति बर्ण को बिबिधता बोकेकाहरुको एउटा मिठो फ्युजन  पनि हो न्यु योर्क.जहाँ जसले पनि आफ्नो खुशीले स्वतन्त्रता पुर्बक अरुलाई हानी नपुर्याई नियम कानुनमा बसेर जे पनि गर्न पाउछन..क्रिश्चियनहरुको चाड पर्ब होस् वा मुश्लिमहरुको पर्ब वा हिन्दु वा बुद्द धर्मका समारोह होस् सबैले आफ्नो आफ्नो सुमुदयबाट आफ्नो पन प्रस्तुत गरि रहेका हुन्छन..यहि यस्तै आफ्नो पन न्यु योर्क शहरका हिन्दु धर्मावलम्बी नेपाली समुदायले आगामी  अगस्ट महिनाको ९ तारिख देखि १ साता सम्म रिजवूड नेपाली समाजले “बृहत श्रीमद भागवत महापुराण “को धार्मिक एब  सांसकृतिक कार्यक्रम आयोजना प्रस्तुत गर्दै छन|
अमेरिकाको न्यु योर्क शहरमा नेपालीहरुको बाक्लै बस्ति छ..नजिकै जोडिएका न्यु जर्सी र कनेक्टिकट  राज्यमा बसोबास गरेका नेपालीहरुलाई जोडेर ओमन गर्ने हो भने   करिब २०हजार भन्दा बढी नेपालीहरु बसोबास गर्छन  भन्न सकिन्छ  |नेपालीहरुको समुदाय भित्र पनि आफ्नो आफ्नो सांस्कृतिक,भाषिक र जातीय संघ संस्थाहरु प्रसस्तै छ.पत्र पत्रिका,व्यापार ब्यबसाय ,रेस्टुरेन्ट,अनलाईन रेडियो,अनलाईन संचार माध्यमको पनि प्रसस्तै उपस्थिति छ नेपाली समुदायालाई सुसुचित गर्न|तर सांस्कृतिक रुपमा न्यु योर्कमा नेपाली समुदायलाई एक थलोमा राख्नको लागी भने न्यु योर्कमा   त्यस्तो कुनै मठ मन्दिर वा सांसकृतिक केन्द्र भने छैन|  यसै आबस्यक्तालाई मध्य  नजर राखेर न्यु योर्कमा  सांस्कृतिक केन्द्र  एब मन्दिर बनाउन सहयोग उठाउने अभिप्रायले  रिजवूड नेपाली समाजले बृहत  श्रीमद भागवत महापुराणको आयोजना गर्न लागेको हो|
श्री मद्  भागवत महापुराण बाचन गर्दै छन् चर्चित पुराण बाचक पंडित दिन बन्धु पोखरेल|नेपालमा बिबिध धार्मिक एब सामाजिक कामको लागि पुराण बाचन मार्फत करोडौ सहयोग संकलन गर्न सफल पंडित पोखरेल एक साता सम्म न्यु योर्कको स्थानीय सगरमाथा रेस्टुरेन्ट को सभा हलमा दैनिक ३ बजे देखि १० बजे सम्म भागवत महापुराण बाचन गर्ने छन् र न्यु योर्कको रिजवूडमा  निर्माण गर्न लागिएको सांस्कृतिक केन्द्र र मन्दिरको सहयोगको लागि सबैलाई आग्रह गर्ने छन् |रिजवूड नेपाली समाजले उक्त योजनाको लागि  $४५०,०० बराबरको रकम जग्गा खरिद गर्न र  $  १२ ,००० ,००० को रकम भबन निर्माणको लागि  अनुमान गरेको छ.उक्त रकम मध्ये करिब $१००००० बराबर बिबिध कार्यक्रम मार्फत उठिसकेको र बाकी रकम यस्तै कार्यक्रम र न्यु योर्क शहरबाट अनुदान मार्फत पनि लिने योजना गरेको छ |समाजले बिस्व ब्यापी रहनु भएका नेपालीहरुलाई यो पवित्र कामको लागि सहयोग गर्न बिशेष अनुरोध गरेको छ|
Attached picture:proposed Nepali temple and Cultural center.


Share

Leave A Response »