हिमाली स्वरहरु – एन आर एन को चौथो क्षेत्रीय सम्मलेन

एन आर एन को चौथो क्षेत्रीय सम्मलेन

admin June 5, 2010 0

मई
२८, २०१०

एन
आर एन / आई एन एल एस को आयोजनामा भएको कविता महोत्सव- सभाको अध्यक्षता अनेसासका अध्यक्ष डा. कुमार बस्नेतले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन अनेसास डेलास च्याप्तरका उपाध्यक्ष बासु शर्माले गर्नुभएको थियो . त्यस महोत्सवमा भएको महानन्द सापकोटा कविता प्रतियोगितामा म कविताको लागि गोकुल भण्डारी क्यानाडा प्रथम , लोउ सरकार आयो कविताको लागि हस्त गौतम दोश्रा र मेरो देश खोजिरहेछु कविताका लागि गौतम दहfल तेश्रा हुनुभएको थियो . अन्य प्रतियोगी कवी हुनुहुन्थ्यो बिलोल पोखरेल, बासु भंडारी, तारा बराल, टंक पराजुली, सरू गौतम, गंगा लीगल र शैलेश आचार्य. अप्रतियोगी कविता वाचन गर्नेहरु हुनुहुन्थ्यो डा शिव गौतम, प्रा मोहन सिटौला , भीम कार्की, बासु शर्मा, विप्लव प्रतिक , गोविन्द सिंह रावत . एन आर एन का उपाध्यक्ष जिवा लामिछाने मुख्य अतिथि भएको समारोहमा अनेसासका बोर्डका अध्यक्ष होमनाथ सुबेदीले उत्तर अ में रिकाली नेपाली नौलो दायास्पोरमा नेपाली साहित्य अस्ति ह्जो आज र भोली कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो एन आर एनले अब दयास्पोरिक साहित्यको बिकासमा ध्यान दिनुपर्दाछ . नेपाल एकेडेमी, टियुले एन आर एन को सहयोगको अपेक्षा गरिराहेकछन भन्दै डा. उपेन्द्र महतो , जिवा लामिछाने र सुमन तिमसिनाको ध्यानाकर्षण गर्नुभयो . सुमन तिमसिनाले टियु सित कुरा भएको जानकारी दिनुभयो भने जिवाले आई एन एल एस सित एन आर एन ए सदा मिलेर कम गरेको र भविष्यमा अवश्य गर्ने भन्नुभयो . यस्तै भारती गौतम , भीम कार्की तथा गंगा लिगालको संयोजनमा भएको सो कविता महोत्सवमा प्रसस्त कविता वाचन गरिएका थिए . निर्णायक मंडलमा गोबिन्द गिरी प्रेरणा , मोहन सिटौला , गोबिन्द सिंह रावत, बिप्लब प्रतिक हुनुहुन्थ्यो . सो अबसरमा अनेसासका Trustee रोहिणी शर्माको भाषा नै नेपालीको पहिचानको प्रमुख आधार भएको भन्ने मन्तव्य दिनुभएको थियो भने महानन्द कविता पुरष्कार प्रयोजकका तर्फबाट सुमिरंको पनि सहभागिताले सभाको शोभा बढेको थीयो . सो अबसरमा गंगा लिगलका ऐना कथा संग्रह, गंगाका गजल र हस्त गौतमको गौतमका गजलको बिमोचन डा. शिव गौतम र जिबा लामिछानेको हात बाट भएको थियो . भारती गौतमले ऐना कथासंग्रहम़ा, गंगाका गज़लमा मोहन सिटौला ले र गौतमका गज़लमा गोविन्द गिरी book review गर्नुभएको थियो . सभामा स्वागत भाषण कार्यक्रम आयोजक समितिका अध्यक्ष भारती गौतमले गर्नुभएको थियो, धन्यवाद ज्ञापन आयोजक समितिका सदस्य भीम कर्किले गर्नु भएको थियो. अर्की आयोजक समितिकी सदस्य गंगा लीगलले पुस्तक प्रदर्सनी र अनेसासको सदस्यता आदिको व्यबस्था गर्नुभएको थियो . त्यस्तै नेपालबाट भानु स्मारक निर्माणको सहयोग संकलन गर्न आएकी उषा भट्ट सभामा सहयोगको लागि आह्वान गर्नुभयो र भानुभक्त cd हरु किनेर भाषा प्रेमिहरूले सहयोग गरेको पनि उल्लेख्य छ . मई २८, २९, ३०, २०१०म़ा भएको यो एन आर एन को चौथो क्षेत्रीय सम्मलेन, हूस्टन अमेरिकाले जारी गरेको घोषणापत्रले बिदेशमा रहेर नेपाली भाषा साहित्य सेवा गर्नेहरुको कदर उल्लेख गरेको छ .
By Hasta Gautam Mridul

Share

Leave A Response »