हिमाली स्वरहरु – पुर्ब प्रधान सेनापति कटुवाल संगको अन्तरक्रिया

पुर्ब प्रधान सेनापति कटुवाल संगको अन्तरक्रिया

admin June 8, 2010 0


नेपाल अमेरिका पत्रकार संघ(नाजा)ले जून ६ आईतबारका दिन भर्जिनियाको आर्लिंगटन पुस्तकालयमा नेपाली सेनाका अवकाश प्राप्त प्रधान सेनापति रुक्मांगद कटुवाल संग एक अन्तरक्रियाको कार्यक्रम आयोजना गर्यो.सुन्नुहोस उक्त अन्तरक्रियाको सम्पूर्ण अडियो जस्ताको त्यस्तै हिमाली स्वरहरु अनलाइन रेडियोको ओपन माइकमा

Happy Listening!
Himali Sworharu
Nepali Online Radio
www.nepaliradio.org
Watch our YouTube Channel www.Youtube.com/NepaliTV
New York City

प्रेस विज्ञाप्ती

नेपाल जनताले अहिले शान्ति सुरक्षा र अमनचयन खोजेकेा छ ।
वासिङटन डिसि जुन ६ , पुर्व सेनापति रुक्मांगद कटुवालले नेपाली जनता यतिखेर शान्ति सुरक्षा र अमनचयन खोजिरहेको धारण व्यक्त गर्नुभयो । ‘ मुख्य रुपमा अहिले नेपाली जनताले शान्ति र सुरक्षा मात्र खोजेको छ ‘पुर्व सेनापति कटुवालले नेपाल अमेरिका पत्रकार संघ नाजा द्धारा वासिङटन डिसिमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा भन्नुभयो- ‘जनताले खोजेको शान्ती सुरक्षा भने जस्तो पाएको छैन तर यतिनैखेर संघीयता र जातीयताको नाममा देशलाई कता लैजान लागेको हो मलाई त डर लागेको छ’ । वासिङटन डिसि क्षेत्रमा बसोबास गर्ने विभिन्न नेपाली समुदायको प्रतिनिधिहरुले गरेको प्रश्नको उत्तर दिदै उहाले भन्नुभयो- ‘वृहत शान्ति सम्झौता भएर पनि नेपाली जनताले दिनहु दुख भोग्नु परिरहेकेा उल्लेख गदै संघीय राज्यको अवधारण अनुसार मुलुक अघि बडेमा आर्थिक दिर्घाकालिन हुन सक्दैन’ । उहाले मुलुककेा प्रमुख राजनितिक दलका नेताहरु बीच शान्ति वार्तासंगै शान्ति सम्झौता गरेपनि त्यसलाई अक्षरमा जस्तै व्यवहारमा कार्यन्वयन गर्न नसकेकोल वर्तमान परिस्थितिको सृजना भएको बताउनुभयो । पारिवारिक भेटको क्रममा अमेरिका आइपुगेका कटुवालले भन्नुभयो ‘म राजनिति गर्ने व्यक्ति होइन नेपाली सेनाबाट सेवा निवृत व्यक्ति मात्र हो’। पछिल्लो समयमा नेपाली सेना र माओवादी सेनालाई एकै ठाउमा राख्ने सवालमा नेपाली सेनाको आफनै विशेषता भएकोले समयोजनमा गर्न कठिनाई भएको उहाले बताउनुभयो । त्यस्तै नेपाली सेनालाई सरकारले निर्देशन दिएमा राष्ट्रिय सुरक्षाको सवालदेखि विभिन्न सवालमा नेपाली शैनिकले विभिन्न भुमीका निभाउन सक्ने कटुवालको धारण रहेको छ । उहाले राजा ज्ञानेन्द्रको शासनकालमा जनताको सुचनाको अधिकार खोसिनका साथै प्रेस स्वतन्त्रता हननको नाममा भएको सन्र्दभमा उहाले भन्नुभयो ‘म त्यतिखेर जनताको आधारभुत अधिकार र प्रेश स्वतन्त्र हनन नहोस भन्न चाहेको थियो’ । नाजाका अध्यक्ष नगेन्द्र पौडेललको अध्यक्षतामा भएको अन्तरकृयामा अध्यक्ष पौडेलले नाजाको दोश्रो कार्यसमितिको यो अन्तरकृया कार्यक्रमसंगै आगामी दिनमा पेशागत हकहितसंगै नेपालको शान्ति प्रकि्रयालाई सघाउन विभिन्न कार्यक्रम गर्ने बताउनुभयो । नाजाको महासचिव आङछिरिङ शेर्पाद्धारा स्वागत मन्तव्यका साथ सुरु भएको कार्यक्रममा नाजा वासिङटन डिसि क्षेत्रका उपाध्याक्ष विष्णु सितलले कार्यक्रममा सहाभागी तथा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै नाजाको सचिव सर्मिला उप्रेतीद्धारा सन्चलित कार्यक्रममा बरिष्ठ उपाध्याक्ष कृष्ण शर्माले अन्तरकृया कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रममा सगरमाथा टेलिभिजन, नेपाल होराइजन डटकम, ग्लोबल नेपाल डटकम र हिमाली स्वरहरु जस्ता अनलाइनले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए ।

आङछिरिङ शेर्पा
महासचिव
नेपाल अमेरिका पत्रकार संघ नाजा


Nepal America Journalists’ Association (NEAJA), USA

Share

Leave A Response »