हिमाली स्वरहरु – अनेसास केन्द्रीय कार्यसमितीद्वारा १९७ औं भानु जयन्ती सम्पन्न;

अनेसास केन्द्रीय कार्यसमितीद्वारा १९७ औं भानु जयन्ती सम्पन्न;

admin July 21, 2010 0

अनेसास केन्द्रीय कार्यसमितीद्वारा १९७ औं भानु जयन्ती सम्पन्न;

संस्थाको नयाँ कार्यसमितीद्वारा कार्यभार ग्रहण |

२१ जुलाई, वासिगंटन डी सी, अमेरिका

यहि जुलाई १८, २०१० को दिन, अनेसास केन्द्रीय कार्यालयले उडब्रिज (भर्जिनिया) स्थित potomac नदीको किनारमा रहेको रमणीय लिसिल्भ्यानिया स्टेट पार्कमा १९७ औं भानु जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको उन्नाइसौं साधारण सभा सम्पन्न गरयो | समारोहका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा. शंकर शर्माले व्यानर अनावरण गरेर उद्घाटन गरिएको उक्त कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण समेत गरिएको थियो |

दुई सत्रमा विभाजित कार्यक्रमको पहिलो सत्रमा नया कार्यसमितिलाई पदभार हस्तान्तरण सहित स्वागत गरिएको थियो | उक्त प्रथम सत्रको कार्यक्रममा अनेसासका आजीवन सदस्य तथा अमेरिका नेपाल सोसाइटीका अध्यक्ष खेम भट्टचनले स्वागत भाषण गर्नुभएको थियो ।

अनेसास निर्वाचन समितीका संयोजक डा. श्याम कार्कीले अनेसास केन्द्रीय समिति (२०१०-२०१२) का नव निर्वाचित पदाधिकारीको विधिवत घोषणा गर्दै कार्यक्रममा उपस्थित अध्यक्ष श्री ज्ञानेन्द्र गदाल र महासचिव श्रीमती गीता खत्रीलाई शपथ ग्रहण गराउनुभयो ।

कथाकार श्री विश्वम्भर चंचलको विशेष आतिथ्यमा सम्पन्न सो सभाको सभापतित्व अनेसासका नवनिर्वाचित अध्यक्ष श्री ज्ञानेन्द्र गदालले गर्नुभएको थियो । कार्यक्रमका वक्ताहरु महामहिम राजदुत डा. शंकर शर्मा र उपनियोग प्रमुख श्री कालिप्रसाद पोखरेल, डा.श्याम कार्कीले अनेसासको विश्व व्यापी आकर्षण बढेको उल्लेख गर्दै यसको उत्थानको वारेमा जोड दिनुभएको थियो । कार्यक्रमका विशेष अतिथि श्री विश्वम्भर चन्चलले अनेसासबाट प्रकाशित ‘प्रथम अन्तर्राष्टिय नेपाली साहित्य सम्मेलन, न्युयोर्क, अमेरिका’ को स्मारिका विमोचन गर्नुभयो । विमोचित स्मारिकाबारे श्री होमनाथ सुवेदीले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा निवर्तमान महासचिव कृष्ण बजगाईंबाट लिखित रुपमा प्राप्त पुरानो कार्यकारी समितिको कार्य प्रगति र मूल्याङ्कन विवरण कार्यक्रमका सन्चालक तथा BOT का उपाध्यक्ष श्री भीम रेग्मीले प्रस्तुत पढेर सुनाउनुभएको थियो । नवनिर्वाचित महासचिव गीता खत्रीले संस्थाभित्र पक्ष विपक्षको भेद नराखी सम्पूर्ण नेपाली डायास्पोरालाई समेटेर हामीले काम गर्नेछौं भन्नुभयो ।

कार्यक्रमका सभापति समेत रहेका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र गदालले अनेसासमा काम गर्ने मौका दिनुभएकोमा धन्यवाद ज्ञापन र संस्थाको हित र उन्नतिका लागि कार्यसमितिको बैठक गरी आगामी कार्यक्रम सबै-सामु ल्याइने र ब्यक्तिगत कुराहरुमा नअल्झी सस्थाको उदेश्य अनुरुप सबै नेपाली समुदायको सामुहिक स्वार्थलाई समेटेर काम गर्ने वचन दिदै सभा विसर्जन गर्नुभएको थियो ।

स्मरण रहोस अनेसासका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुमा अध्यक्ष ज्ञानेन्द्र गदाल(कोलोराडो), वरिष्ठ उपाध्यक्ष कृष्ण बजगाइ (बेल्जियम), क्षेत्रीय उपाध्यक्ष अनन्त रिसाल (अमेरिका), क्षेत्रीय उपाध्यक्ष युरोप जया राई(लन्डन), क्षेत्रीय उपाध्यक्ष एशिया- पुनम क्षेत्री(जापान), क्षेत्रीय उपाध्यक्ष अफ्रिका र ओसेनिया-रन्जना उदास(द.अफ्रीका), महासचिव गीता खत्री( न्युयोर्क), सचिव हरि मानन्धर (इजराइल) र कोषाध्यक्ष कृसु क्षेत्री (म्यान्मार) छन् ।

दोश्रो चरणको कार्यक्रम मा बयस्क तथा बाल प्रतियोगितात्म कविगोष्ठी, अनेसासको आर्थिक बिवरण प्रस्तुति आदि रहेको थियो | यस सन्दर्भमा बिओटीका कोषाध्यक्ष तथा काकास ट्रेजरी कमिटीका सदस्य बासु सत्यालले अनेसासको आर्थिक विवरण प्रस्तुत गर्नु भयो भने संस्थाको ग्लोबल नेटवर्कको जिम्मेवारी हालसम्म पूरा गरेको र आगामी दिनहरुमा खेत्रिया उपाधक्ष ज्युहरु नै यस काममा सक्रिय रहंदा राम्रो हुनेछा भन्ने सुझाब पनि दिनु भयो |

अनेसासका ट्रस्टी बोर्डका सभापति होमनाथ सुवेदीले अनेसासको उन्नाइसौं साधारणसभाको अन्तमा अनेसासका सबै निकायलाई धन्यवाद दिदै आफु लगायत सहकर्मी सबैका काममा कुनै त्रुटी भएका भए भुलचुक सम्झी क्षमा गरिदिनुहुन समेत आग्रह गर्नुभयो |

आफ्ना दाजु स्व. मुरारी प्रसाद शर्मा सापकोटाको स्मृतिमा अनेसास BOT का सदस्य श्री रोहिणी कुमार शर्मा द्वारा प्रायोजित बयस्क कविता प्रतियोगिता मा कवि नारायण श्रेष्ठ, दुर्गा रिजाल मंजु निरौला र मनमती थापा हरुले क्रमसः प्रथम, दोश्रा, तेश्रा र चौथा पुरस्कार प्राप्त गरेका थिए | त्यस्तै गरि शहीद दशरथचन्दको स्मृतिमा कवि तीर्थ पाण्डेले प्रायोजन गर्नु भएको वालकविता प्रतियोगिता प्रतियोगितामा मदन बस्ताकोटी, आयाम शर्मा, कृती ज्ञवाली र प्रिया सुवेदीले क्रमशः प्रथम, दोश्रा, तेश्रा र चौथा पुरस्कार पाए भने आकाश सुवेदी, स्मारिका शर्मा र आलोक सुवेदी गरि तीन जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो | अप्रतियोगी कविता बाचन गर्नेहरुमा आधुनिक आँशुकवि रमेश खकुरेल, विश्वम्भर चंचल, ज्ञानेन्द्र गदाल, एच. बि. भण्डारी “प्रभात”, गोपाल रेग्मी, गीता खत्री आदि हुनुहुन्थ्यो | दोश्रो सत्रको कार्यक्रमको सम्योजन तथा सन्चालन श्री बासु श्रेष्ठ र नारायण अधिकारीले गर्नु भएको थियो ।

शान्त र शिष्टरुपमा संचालित उक्त भानु जयन्ती कार्यक्रममा वनभोज र भलिवल खेलले युवा, वाल, वृद्ध लगायत सबैमा उत्साह थपेको थियो ।


Share

Leave A Response »