हिमाली स्वरहरु – रगतदान गर्दाको त्यो अनुभब

रगतदान गर्दाको त्यो अनुभब

admin July 11, 2010 0

रगतदान गर्दाको त्यो अनुभब
न्यु योर्कको नेपाली समुदायमा अहिले सम्म धेरै पटक (९२ पटक) रगत दान गरि सक्नु भएका अर्जुन प्रसाद मैनालीले आफुले देखे भेटेका सबैलाई बर्षमा एक पटक भए पनि रगत दान गर्न आग्रह गर्नु हुन्छ|मलाई पनि रगत दान गर्ने मन धेरै आगाडी देखिकै हो…नेपालमा हुदा केहि बर्ष पहिले रगतदान गरेको सम्झना अलि अलि आइ रहेको छ..यहाँ(न्यु योर्कमा) पनि मलाई रगत दान गर्ने मन त् थियो तर दान गर्ने चाजो पाजो मिलि रहेको थिएन..अन्त्यमा यसपाली भने रगत दान गर्ने सबै कुरो मिल्यो (समय,स्वास्थ्य)..आफ्नो जन्म दिनको अवसर परेर केहि उपहार दिन सक्छु कि भन्ने सोच आइरहेको बिचमा आफु अध्ययनरत् कलेज (La Guardia Community College ) मा रगत दानको कार्यक्रम रहेछ गत साता र मैले पहिलो पटक “double red cell ” शैली बाट रगत दान गरे|
रगत दान -जीबन दान भन्ने सर्बब्यापी मान्यता छ र यो दान सामान्यतया दुई किसिमबाट गर्न सकिदो रहेछ .पहिलो हो परम्परागत शैली(Whole Blood Donations )यो शैलीबाट १५/२० मिनेटमा १ पिन्ट रगत निकालिन्छ र पछी प्रयोगशालामा लगेर रगतमा भएको तत्वलाई छुट्टाईन्छ ..रगतमा सामान्यतया चार तत्वहरु हुन्छन( Plasma , Platelets , White Blood Cells , Red Blood Cells ).
Whole Blood Donations गर्दा यी सबै तत्वहरु जान्छ जुन आबस्यक हुदैन पनि जस्तो कि Plasma ..तर नया प्रबिधि बाट एक बिसेष उपकरणले double red cell रगत लिन्छ र रगतलाई सुरुमै छुट्टाएर plasma लाई फेरी हाम्रो शरीरमा फिर्ता गरि दिन्छ र रेड सेल मात्र राख्छ ..Plasma मा ९२% पानी र ७% प्रोटिन हुदो रहेछ!यसरि रगत निकाल्दा २ पिन्ट रगत एकै पटक दान गर्न सकिन्छ र त्यो रगत तुरुन्तै लगेर प्रयोग गर्न पनि सकिन्छ |
मलाई Double red Cell रगत दान गर्दा अलि अलि डर डर जस्तो त् लाग्यो किन भने त्यो मेसिनले कम्तिमा ४ पटक सम्म रगत तान्ने र Plasma लाई पुन शरीरमा पठाउने गर्दा.कस्तो कस्तो लाग्दो रहेछ..
समय पनि अर्को शैली भन्दा अलि कति बढी लाग्ने तथापी एकै पटक २ पिन्ट रगत त्यो पनि तुरुन्तै लगेर प्रयोग गर्न मिल्ने भएकोमा मलाई रगत दान गरि सके पछी भने बडो आनन्दको अनुभब भो.
रगत दान गरि सके पछी Crane berry जुस र कुकिज खाएर एक छिन रगत दाताहरु संग कुराकानी गरि सके पछी म हतारिदै कक्षा कोठा तिर दौडिए..
अरु कुनै ठुलो सहयोग वा अरु कुनै पुन्य काम गर्न नसके पनि आफ्नो जन्म दिनमा यसरि बिसेष रगत दान गर्न पाउदा भने एक किसिमको गौरब लाग्दो रहेछ.
तपाई पनि बर्षमा एक पटक भएपनि आफ्नै जन्म दिन पारेर The Gift of Life अर्थात् रगत दान गर्ने कि?
सहदेव
न्यु योर्क शहर
जुलाई १०,२०१०

Share

Leave A Response »