हिमाली स्वरहरु – हिमाली स्वरहरु:Action Through Communication

हिमाली स्वरहरु:Action Through Communication

admin July 10, 2010 0

हिमाली स्वरहरु:Action Through Communication

न्यु योर्क शहरबाट हिमाली स्वरहरुले आफ्नो अनलाइन रेडियो यात्रा सुरु गरेको ३ बर्ष पुगेको छ|२००७ जुलाई महिनाको १० तारिख देखि साप्ताहिक रुपमा नेपाली रेडियो कार्यक्रम बनाएर इन्टरनेट मार्फत सबैलाई सुनाउन सुरु गरेको हौ हामीले|क्रमस: अन्य कार्यक्रमहरु थप्दै,सामुदायिक भिडियो,तस्बिर,गतिबिधिहरु,इन्टरनेटको सामाजिक संजाल र हाम्रै वेबपेज मार्फत नियमित रुपमा तपाइँ सामु प्रस्तुत गरि रहेका छौ|हिमाली स्वरहरुले हाल साप्ताहिक अनलाइन रेडियो पत्रिका,कथा संसार,बिबिध ब्यकित्वहरुको जीबन यात्रा अनुभब,संगीतकर्मीहरु संगको आरोह अवरोह,नेपाल र नेपाली संग नजिक रहेर काम गरेका विभिन्न अन्तरास्ट्रिय व्यक्तित्व संगको कुराकानी ओपन माईक ,र नियमित नेपाली संगीतहरु स्रोता समक्ष् प्रस्तुत गरि रहेका छौ र हाम्रो यात्रा निरन्तर छ..आगामी दिनहरुमा नेपाली समुदायको गतिविधिलाई निरन्तर रुपमा प्रत्यक्ष् प्रसारण गर्ने र समसामयिक बिषयमा अनलाइन मार्फत नियमित कार्यक्रम बनाउने हाम्रो लक्ष्य छ…अमेरिकाको बिभिन्न शहर लगायत अन्य मुलुकहरुमा पनि पुगेर नेपाली आवाज र नेपाली विचारलाई बिस्व सामु सुनाउने हाम्रो अर्को पाईला हो…हिमाली स्वरहरु आगाडी बढी रहेको छ तपाइहरुकै साथले गर्दा!

अब हिमाली स्वरहरु अनलाइनमा कार्यक्रम मात्र बनाएर बस्दैन..हिमाली स्वरहरु एक सामाजिक संस्थाको रुपमा आगाडी बढ्दै छ..अब हामी समुदायमा “हामी एक हौ” भन्ने भावना सहित समुदायको हितको लागि संचारको काम गर्ने छौ..बाल बालिकालाई नाटक सिकाउने , कला संस्कृति,संगीत,साहित्यको लागि एउटा पूलको काम गर्ने,विचारहरुको मन्थन गर्ने,संचारको सबै माध्यमको प्रयोग गरेर समुदायलाई सुसूचित गर्ने हाम्रो प्रमुख लक्ष्य छ/हाम्रा दुख सुख समस्या र दबिएर बसेका आवजलाई कथा,कविता,नाटक मार्फत सबैलाई सुनाउने छौ आउने दिनहरुमा!हाम्रो यो यात्राको लागि सधै झैँ तपाईहरुबाट सहयोगको अपेक्षा गरेका छौ..

बितेको बर्षमा तपाइले दिनु भएको साथ् र सहयोगको लागि हामी आभारी छौ…
यी नया कार्य योजना गर्न हामी एक्लैले सक्दैनौ..तपाईको हात र साथको जरुरि छ..कार्यक्रम गर्न हामीलाई थोरै आर्थिक सहयोग पनि चाहिन्छ ..आफुले सकेको धेर थोर सहयोग हिमाली स्वरहरुलाई गर्नुहोस र समुदायलाई सुसुचित बनाई राख्न हामी निरन्तर खटि रहने छौ !

हामी सधै हुने छौ नेपाली मन र नेपालीपन संग नजिक

हाम्रा कार्यक्रमहरु सुन्नु भएको मा धेरै धेरै आभारी छौ


सहदेव पौडेल
कार्यक्रम निर्माता /प्रस्तोता
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York City

Share

Leave A Response »