हिमाली स्वरहरु – अन्तरास्ट्रिय नेपाली कविता महोत्सबका कविताहरु सुनौ

अन्तरास्ट्रिय नेपाली कविता महोत्सबका कविताहरु सुनौ

admin July 6, 2010 0

अन्तरास्ट्रिय नेपाली कविता महोत्सब उत्तर अमेरिका ,बोस्टनमा समापन भएको छ.नेपाली साहित्य प्रतिष्ठान र अन्तरास्ट्रिय नेपाली साहित्य समाजको संयुक्तरुपमा आयोजित कार्यक्रममा ३२० वटा कविताहरु प्राप्त भएको थियो ..जसमध्ये ३० वटा कविताहरु कार्यक्रममा विभिन्न कविहरुले  वाचन गर्नु भएको थियो|सम्पूर्ण कविताहरु मध्ये
नवलपरासीका बाबु त्रिपाठीको बिना शिर्षक र नुवाकोटका प्रकाश आस्थाको कविता “त्यहाँ सिङ्गो नेपाल हुन्छ “ले स्पेसल जुरी अवार्ड पाएको छ त्यसै गरि ”काभ्रेकी रमा अधिकारी”कादम्बरी”को कविता “गास्नु पर्ने मनहरु”तृतीय ,भोजपुरका सोमनाथ सुबेदीको “अभाब” द्वितीय र बिराट नगरका उमेश साम्पंग राई को कविता “मोनालिसा र मार्च ८ “प्रथम भएको छ|प्रथम हुने कविताले  – ‘हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् १००० डलर नगद र कविको पहिलो कृतिको प्रकासनको लागि सहयोग पनि पाउनु हुने छ .दोस्रो हुने कविताले  – ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् ३०० डलर नगद र तेस्रो हुने कविताले  – ‘बसुन्धरा गणेश रोका देबकोटा पुरस्कार’ प्रमाण पत्र सहित युएस २०० डलर नगद पुरस्कार प्राप्त गर्नु हुने छ| साथ साथै अन्तिम चरणमा पुगका ३० वटा कविताहरुको संग्रह गिबिन्द गिरी प्रेरणा (बिस्व परिक्रमाका सम्पादक) र ध्रुब थापा(हाम्रो समाज.नेट का सम्पादक)ले प्रकासित गर्नु हुने छ |

अहिले लाई सुनौ  ३० उत्कृस्ट कविता विभिन्न कविहरुको स्वरमा

Share

Leave A Response »