हिमाली स्वरहरु – उडुसको पनि सहर हो न्यु योर्क!

उडुसको पनि सहर हो न्यु योर्क!

admin August 3, 2010 0

उडुसको पनि सहर हो न्यु योर्क!
आज भर्खर(०८/०३) टाइम पत्रिकामा BEDBUG CZAR को बारेमा छोटो खबर पढि रहेको थिए|न्यु योर्क शहरका मेयर Bloomburg ले करिब $५००,००० बराबरको कोष “उडुस बिरुद्दको युद्द”मा खर्च गर्न छुट्टाएका रहेछन|टाइम पत्रिकाले लेखेको छ “New York is hardly the only town with pest problem:a new survey finds that nearly 95% of U.S.exterminators have responded to bedbug calls in the past years”
उडुस जताततै छ न्यु योर्कमा होटेल होस् वा सब वे (Train),स्कुल होस्,सिनेमा घर वा कोठा अपार्टमेन्ट !तपाईलाई सुटुक्क भनु यहाँको रेस्टुरेन्टमा पनि छ उडुस(मेनुमा होइन…टेबुल कुर्शीमा)
ख्याल गर्नुस है उडुसले सताउला…
एउटा नेपाली रेस्टुरेन्टमा उडुस देखे पछी मेरो साथी भन्दै हुनुहुन्थ्यो उहाको अपार्ट मेन्टमा उडुसले दुख दिएपछि त्यो उडुस निर्मुल पार्न $३००० खर्च भयो रे!
कसरी आयो उडुस न्यु योर्कमा?टाइम पत्रिका लेख्छ “Global travel is largely to blame,say experts.”
यो भन्नु को तात्पर्य उडुस पनि Tourist Immigrant हो भन्न खोजेको हो की क्या हो?Tourist हरु त् फर्केलान तर उडुस मारी गएपनि जादैन के गर्नु …सपनाको सहरमा जो छ..
उडुसको पनि सहर हो न्यु योर्क !
सहदेव
न्यु योर्क
Picture Source:http://gothamist.com/2010/07/27/mayor_calls_for_bed_bug_czar.php

Share

Leave A Response »