हिमाली स्वरहरु – न्यु योर्कमा सुरु भो सप्ताहब्यापी महापुराण

न्यु योर्कमा सुरु भो सप्ताहब्यापी महापुराण

admin August 9, 2010 0

न्यु योर्कमा सुरु भो सप्ताहब्यापी महापुराण!
नजिकै बाट २४ घन्टे न.७ को ट्रेन दौडी रहेको छ..यात्रुहरु ओर्लने चड्ने क्रम जारी छ..नजिकै एउटा कार्यक्रम स्थल सगरमाथा हलको झ्यालबाट आँखा बाहिर दौडायो भने यस्तै दृश्य निरन्तर आँखा अगाडी दौडी रहन्छ..सप्ताहब्यापी धार्मिक एब अध्यात्मिक महापुराण बाचन गरि रहेका पण्डीत् दिनबन्धु पोखरेल मनलाई चंचल हुन् बाट रोक्नु पर्छ..ध्यान गर्नु पर्छ…काम.. क्रोधबाट टाढा हुनु पर्छ ..लोभ लालच गर्नु भएन भन्दै हुनुहुन्छ…तथापी मन दौडी रहेछ…छेउमा बसेका साथी भाई संग खस्याक खुसुक पनि गर्नु छ..बालबालिका लाई हल्ला नगर पनि भन्नु छ…फोन गर्छन साथी भाई उठाउनै पर्यो..बल्ल बल्ल भेट घाट भा’को साथी भाई संग भला कुसारी पनि गर्ने पर्यो..उता सुमधुर स्वरमा भजन मण्डली ” ….यो जिन्दगी मरे पछी हुन्छ खरानी” र कहिले…”जति खेर नि कामै काम कहिले जप्ने हरि नाम”….भन्दै भजन गाउदै हुनुहुन्छ ..
यो कहिल्यै नसुत्ने शहरमा हामी नेपालीहरु २४सै घण्टा काम गरि रहेका हुन्छौ तर अबको एक साता फुर्सद निकालेर ..मनलाई एकाग्र गरेर केहि धार्मिक र अध्यात्मिक प्रबचन सुन्ने सु-अवसर प्राप्त भएको छ..पन्डित दिनबन्धु पोखरेल अबको एक साता सम्म न्यु योर्कको क़ुईन्समा धार्मिक कथा प्रबचन/भजन सहित हाम्रो मनलाई शान्त पार्न र न्यु योर्कको रिज्वूडमा धार्मिक एब सांस्कृतिक केन्द्र खोल्नको लागी केहि सहयोग उठाउने महत्वपूर्ण एब पवित्र उदेश्यका साथ् उपस्थीत् हुनुहुन्छ ..
आउनुहोस…एकै छिन भए पनि मनलाई एकाग्र गरौ
सहदेव
न्यु योर्क
Picture by Angchhiring Sherpa

Share

Leave A Response »