हिमाली स्वरहरु – अधिकारको ५औ बार्षिकोत्सब

अधिकारको ५औ बार्षिकोत्सब

admin August 8, 2010 0

न्यु योर्कको नेपाली भाषी समुदायमा सामाजिक न्याय र अधिकारको लागी कार्यरत संस्था “अधिकार”ले आफ्नो ५औ बार्षिकोत्सब बिबिध कार्यक्रमको साथ् मनाएको छ|
शनिबार ,अगस्ट ७ तारिखका दिन जड्सन मेमोरियल चर्च,वाशिंगटन स्क्वायर,म्यानह्याटनमा सम्पन्न उक्त कार्यक्रममा प्रेरणा श्रेष्ठ,अधिकार युवा समुहका साथीहरु,योसदा खालिंग राईले  नृत्य,पबिता बागचन्द,र तिलक श्रेष्ठले गीत,बिष्णु थापाले आफ्नो कथा साथै सन्जोग निरोला र मनिष  खड्ग ,तेस्रो यात्रा र सम्सराले आफ्नो आफ्नो कला प्रस्तुत गर्नु भएको थियो|
यो बर्ष अधिकारले डोमेस्टिक वोर्केर्स युनाइटेड र युएस नेपाल अनलाइन पोर्टललाई यी सस्थाहरुले समुदायमा विभिन्न माध्यमबाट गरेको सेवाको लागी  सामुदायिक  अवार्ड  प्रदान गरेको थियो|
नर्बदा छेत्रीले अधिकारको बारेमा भिडियो मार्फत सबैलाई जानकारी दिनु भएको उक्त कार्यकममा संस्थाकी कार्यकारी निर्देशक लुना रन्जितले स्वागत र सुक्ति धितालले धन्यबाद व्यक्त गर्नु भएको थियो|
अधिकारको बारेमा थप जानकारी लागी यहाँ क्लिक गर्नुहोस

हेर्नुहोस कार्यक्रमका केहि दृश्यहरु

Share

Leave A Response »