RIDGEWOOD NEPALESE SOCIETY
1605 Putnam Avenue Suite 5G
Ridgewood, NY-11385
प्रेश विज्ञप्ती
रिजउड नेपाली समाजद्वारा आयोजीत श्रीमद्भागवत महापुराण कथा श्रवण सप्ताह कार्यक्रम अगस्त ९ देखि शुरु भई अगस्त १५ मा विधिवत सम्पन्न भएको छ । नेपालका ख्याती प्राप्त पण्डीत वाचन प्रविण श्री दिनबन्धु पोख्रेलवाट वाचन गरीएको उक्त महापुराण सप्ताह अवधी भर लगभग ५ ( ६ हजार श्रद्धालु भक्तजनहरु ज्यादै उत्साह पूर्वक सहभागी हुनुभयो ।
न्यूयोर्कमा नेपाली सांस्कृतीक केन्द्र एवं दुर्गा मन्दिर निर्माणका लागि श्रोत संकलन हेतु आयोजित महापुराणमा कुल ५,२३,४१४ डलर मध्ये नगद ३०,७५७ डलर चेक १७,८०३ र कवोल उठन बाकी ४,७४,८५४डलर दान संकलन भएको छ भने खर्च तर्फ भने समाजको अर्को बिज्ञप्तीमा प्रकासित गरिने ब्यहोरा जानकारी गरिन्छ । संयूक्त राज्य अमेरीकामा बसोवास गर्ने नेपालीहरुको इतिहासमा नै यो महापुराण पहिलो हुन गएको छ । श्रीमद्भागवत महापुराण वाचनवाट नेपाली सांस्कृतीक केन्द्र निर्माणका लागि दान रकम संकलन त भयो नै यसका अलावा संयुक्त राज्य अमेरीकामा पुर्विय आध्यात्मीक दर्शनमा आधारित महापुराणका त्रृmचा र पंक्तीहरुले सामाजीक भावना शान्ती, एकता, भातृत्व विकासका लागि समेत तमाम नेपालीहरुमाझ एक सन्देश छोड्न सफल भएको छ ।
महापुराण सफल पार्न नेपालबाट पाल्नु भएका पण्डित दिनबन्धु पोख्रेललाई हामी सादर धन्यवाद दिन चाहान्छौ । यसका अलावा महापुराण सफल पर्नका लागि अहरात्र खट्ने रिजउड नेपाली समाजका साथीहरु, स्वयमसेवक साथीहरु, श्रद्धालु भक्तजनहरु, आदर्णिय दाता महानुभावहरु, कलाकार साथीहरु, पत्रकार साथीहरु लगायत स्थान उपलब्ध गराउने सगरमाथा रेष्टुरेण्ट परिवार सवैलाई हार्दिक धन्यवाद अर्पण गर्न चाहान्छौ ।
श्री पराजुली
अध्यक्ष
रिजउड नेपाली समाज
Please Listen Press Release here






