हिमाली स्वरहरु – अनेसास कोलोराडो च्याप्टरको पुनर्गठन

अनेसास कोलोराडो च्याप्टरको पुनर्गठन

admin September 30, 2010 0

प्रेस बक्तव्य:

अनेसास कोलोराडो च्याप्टरको पुनर्गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको पुनर्गठन गरी सन् २०१०-१२ कार्यकालका लागि नयां कार्यसमिति गठन गरिएको छ । यही सेप्टेम्बर २७, २०१० आइतबार बसेको च्याप्टरको कार्यसमितिको बैठकले नर्णय गरी सो नयां कार्यसमितिको गठन गरेको हो । कोलोराडोस्थित अनेसासका आजीवन सदस्यहरु लगायत केही विद्वत वर्गको राय, सल्लाह र सुझावको आधारमा बैठकको सर्व-सहमतिद्वारा निर्माण गरिएको कार्यसमितिको अध्यक्षमा श्री पदम विश्वकर्मा छानिनु भएको छ भने उपाध्यक्ष, महासचिव, सचिव र कोषाधक्ष्यमा क्रमशः श्री भुपेन्द्र महत, श्री राजु सिटौला, श्रीमति तारा अधिकारी र श्रीमति संझना खनाल छानिनु भएको छ ।

सन् २००३ मा स्थापना भएको अनेसास कोलोराडो च्याप्टरका निवर्तमान पदाधिकारीहरुमा सर्वश्री ज्ञानेन्द्र गदाल(अध्यक्ष), सुशिल त्रिपाठी(उपाध्यक्ष), सुदेश शर्मा(महासचिव), रत्न भण्डारी (सचिव), प्रमिला शर्मा(कोषाध्यक्ष), निलम श्रेष्ठ(सदस्य), साबु गदाल कार्की(सदस्य) हुनुहुन्थ्यो । च्याप्टरका निवर्तमान अध्यक्ष श्री ज्ञानेन्द्र गदाल हालै सम्पन्न अनेसासको चुनावबाट केन्द्रीय कार्यसमितिको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

साथै उक्त बैठकले आगामी देवकोटा जयन्ती भव्य रुपमा सम्पन्न गर्नका लागि च्याप्टरका निवर्तमान उपाध्यक्ष श्री सुशिल त्रिपाठीलाई संयोजक तोकेको छ । नवगठित कार्यसमितिले देवकोटा जयन्तिदेखि नै आफ्नो कार्य शुरु गर्नेछ । धन्यवाद ।

भवदीय,
सुदेश शर्मा
निवर्तमान महा-सचिव
अनेसास, कोलोराडो च्याप्टर ।

Share

Leave A Response »