गजल
हस्त गौतम मृदुल
अर्घेलो दुनियाबाट आज एक्लो भै रहेको छु।
आफ्नै स्वप्नाको मृत्युमा मलामी गै रहेकोछु।
बाँच्न गारयो भयो यहाँ हरपल् ऐँैठन पार्छन
सर्वस्व गुमेको हेरी दिन् रात रोइ रहेकोछु
न छ सान्ती भित्रि मन्मा न छ बिधिको सासन
बिभत्स जीवनलाइ खुन्ले धोइ रहेको छु
अति भोअब त िपंडा रक्तीभर सुख छैन
मुस्किलेबाँचेर पनी मुत्यु छोइ रहेकोछु
समयले गला घोट्दा अस्मितामा आँच आयो
अदृस्य बन्धन्मा परी म खेर गै रहेको छु






