हिमाली स्वरहरु – न्यु योर्कमा रक्तदान कार्यक्रम सम्पन्न

न्यु योर्कमा रक्तदान कार्यक्रम सम्पन्न

admin September 27, 2010 0

न्यु योर्कमा रक्तदान कार्यक्रम सम्पन्न
न्यु योर्क सेप्टेम्बर २६, २०१०/
संसारकै अति व्यस्तता शहर न्युयोर्कमा बिभिन्न नेपाली संघ-संस्थाबाट केहि बर्ष यता नियमित रक्तदान कार्यक्रम हुँदै आइ रहेको छ|यहि क्रममा युनाईटेड नेप्लिज डेमोक्रेटिक फोरमले न्युयोर्कमा दोश्रो पटक रक्तदान कार्यक्रम आयोजना गरेको छ|आफ्नो व्यस्तताका बाबजुत पनि मानबिय जीवन बचाउन आफ्नो अमुल्य रगत दान गर्न ५७ जनाले नाम लेखाउनु भएकोमा ३५ जनाले मात्र आफ्नो रगत दान गर्न पाउनु भएको थियो | बाँकी रक्तदाताहरु चाहि रक्तदान गर्ने प्रारम्भिक प्रक्रिया मा छनौट हुनु सक्नु भएन |
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्री टेक गुरुंगले सम्पूर्ण रक्तदातालाई धन्यवाद दिंदै यस्तो मानबिय कार्यलाई नियमित रुपमा आयोजना गर्ने बताउनु भयो/ संयुक्त राष्ट्र संघको ६५औं सभामा भाग लिन नेपालको तर्फबाट प्रतिनिधित्व गर्नु भएका मन्त्री भिम रावलले रक्तदाताहरुलाई प्रशंशा पत्र प्रदान गर्नु हुँदै परदेशमा बसेर पनि नेपालीहरुले एक जुटका साथ् यस्तो पुण्य काम गरेकोमा हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो/ रेडक्रसका प्रबन्धक श्री थोमस कानले केहि बर्ष यता नेपाली समुदायले रक्तदान जस्तो पबित्र कार्यमा भाग लिएकोमा खुशी व्यक्त गर्दै धन्यवाद प्रकट गर्नु भयो/ कार्यक्रमको संयोजन श्री संजय थापाले संचालन गर्नु भएको थियो/ लोक गायक एब महा बाणिज्य दुत श्री प्रेम राजा महतले यस्तो रक्तदान जस्तो पुण्य कार्य अमेरिकाका अन्य राज्यहरुमा पनि गर्न आफुले सघाउने इच्छा ब्यक्त गर्नु भयो/
नेपाली समुदायमा हरेक व्यक्ति वा संथालाई रक्तदान गर्न रातदिन मध्यस्तता र सहयोग गरिरहने श्री अर्जुन प्रसाद मैनालीले सोहि कार्यक्रममा ९३औं पटक, श्री संजय थापाले ३९औं पटक, श्री बिद्या बरालले ३६औं पटक, श्री मङ्गल दास श्रेष्ठले ३१औं पटक, श्री भुबनेश्वोर अधिकारीले २१औं पटक, श्री अर्जुन बहादुर सिंहले १४औं पटक, श्री केशव लामाले १२औं पटक, श्री सुधिर महर्जनले ८औं पटक रक्तदान गर्नु भएको थियो/

Share

Leave A Response »