हिमाली स्वरहरु – प्रेस विज्ञप्ति-नेपाल अमेरिका प्रेस क्लब

प्रेस विज्ञप्ति-नेपाल अमेरिका प्रेस क्लब

admin September 4, 2010 0

अगष्ट ३१,२०१०

प्रेस विज्ञप्ति

यस मुन लाईट्स रेकर्ड र नेपाल अमेरिका प्रेस क्लव को आयोजनामा अमेरिका आएको कलाकारहरुको एक टोलीले बाल्टिमोरमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेको छ | यही अगष्ट २९ तारिख आइतवार आयोजित कार्यक्रममा तीतो सत्य कार्यक्रमका दीपकराज गिरी,दीपाश्री निरौला र गोपाल अधिकारीसहित गायक गायिकाहरु यम बराल, सुनिता दुलाल र नलिना चित्रकार ले आ आफ्ना गीतहरु मार्फत् दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

शान्तिका लागि सांस्कृतिक यात्रा साथमा तीतो सत्य तथा सांगीतिक साँझ २०१० नाम दिइएको कार्यक्रम नेपाल अमेरिका प्रेस क्लव तथा नेपाली कला मञ्चको संयुक्त आयोजनामा सम्पन्न भएको हो | कार्यक्रममा बाल्टिमोरमा रहेका स्थानीय कलाकारहरु रतन सुबेदी,सरिश्मा अमात्य ,दिनेश भन्डारी लगायतले पनि आफ्ना सांगीतिक कोसेलीहरु प्रस्तुत गरेका थिए । यसैगरी बाल्टिमोरका नयाँ पुस्ताका आदित्य घिमिरे,विवेक तामाङ,आकाश श्रेष्ठ,समीक्षा महत,दिव्या चन्द,सदीक्षा महत,अष्मिता श्रेष्ठ र संगीतराजा महत समूहले पनि निकै आकर्षक सामुहिक नृत्य प्रस्तुत गरेको थियो । हामी आयोजकका तर्फबाट सम्पूर्ण कलाकारहरु,दर्शकहरु र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दछौं |

बाल्टिमोरमा नै रहेका उद्घोषक रबी लामिछाने र नेपालबाट आउनु भएकी टेलीभिजन उद्घोषिका /गायिका सुनिता दुलालले सञ्चालन गरेको कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकार गरि कलाकार र आयोजकहरुको हौसला बढाउन उपस्थित हुनु भएका अमेरिकाका लागि नेपालका महामहिम राजदूत डाक्टर शंकरप्रसाद शर्मा, कार्यक्रमका सल्लाहकार एवम् लोक गायक तथा वाणिज्यदूत प्रेमराजा महतलगायत सबैलाई हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं | यसैगरी कार्यक्रम सफल बनाउन अहोरात्र खट्नुहुने दीपक घिमिरे, ग्लोबेनेपाल डटकमका गौतम दाहाल, नीरजमान श्रेष्ठ,यज्ञमान शाक्य र चेतन पौड्यालसहित डिसी नेपाल डट कमका रामहरी सुबेदी र नेप्रोक्स डट कमका शरदविक्रम सिंह र विक्रान्तमान श्रेष्ठलाई पनि धन्यवाद दिन चाहन्छौं |

सबैको सहयोगबाट मात्र यो कार्यक्रम यसरी बाल्टिमोरमा नै पहिलोपटक अत्यन्त सौहाद्रपूर्ण वातावारणमा सम्पन्न हुन सकेको हो | तसर्थ हामी एकपटक सबैलाई हार्दिक धन्यवाद दिदैं आगामी दिनहरुमा पनि विभिन्न कार्यक्रमहरु लिएर आउने प्रयास गर्नेछौं |

धन्यवाद |

शिव बिष्ट

प्रमुख निर्देशक -आयोजक समिति

सभापति -नेपाल अमेरिका प्रेस क्लब

Share

Leave A Response »