हिमाली स्वरहरु – सोनोमामा छैटौं बार्षिक ‘काठमाडौं फल’महोत्सव

सोनोमामा छैटौं बार्षिक ‘काठमाडौं फल’महोत्सव

admin September 4, 2010 0

प्रेस बिज्ञप्ति

सोनोमामा छैटौं बार्षिक ‘काठमाडौं फल’महोत्सव

सोनोमा, क्यालिफोर्निया ।

नेपालको सांस्कृति लगायत अन्य बिविध पक्षको अनुभव गराउने हेतुले छैटौं बार्षिक ‘काठमाडौं फल’ महोत्सव क्यालिफोर्नियास्थित सोनोमा काउन्टीको डेपोट पार्कमा आगामीे सेप्टेम्बर ११ देखि १२ तारिखसम्म आयोजना हुँदैछ ।उक्त महोत्सवमा नेपालका बिभिन्न परम्परागत संस्कृति झल्कने कार्यक्रमहरुका साथै स्वादिष्ट नेपालीपरिकारहरु, पुरातात्विक महत्वका बस्तु, पहिरन, कला, गर–गहना, तन्त्रमन्त्र प्रदर्शन एवं समग्र नेपालझल्काउने फोटो प्रर्दशनीसमेत गरिने छ । दुई दिनसम्म चल्ने महोत्सवमा आगन्तुकहरुले नेपाल,तिब्बत, पाकिस्तान र भारतका पराम्परागत संगीत तथा नाचबाट मनोरजन लिन सक्नेछन् ।महोत्सवमा सोनोमा काउन्टीको प्रसिद्ध वाइन तथा बियरको स्वाद पनि चाख्न पाइने छ ।महोत्सव अवधिभर प्रत्येक घण्टामा घोषणा गरिने चिठ्ठा पुरस्कारले आगन्तुक पाहुनाहरुलाई विविधपरिकारको स्वाद लिने मौका दिनेछ । चिठ्ठाबाट पाइने सवैभन्दा ठूलो पुरस्कार हो– अमेरिका–काठमाण्डौं–अमेरिकाको राउण्ड टिकट तथा काठमाण्डौंमा सात दिन छुट्टी मनाउने अबसर । चिठ्ठाकालागि प्रतिब्यक्ति २० डलर तथा तीन जनाले एकैसाथ लिएमा ५० अमेरिकी डलर पर्नेछ ।महोत्सवमा प्रवेश शुल्क १० अमेरिकी डलर तोकिएको छ । महोत्सव सचालनबाट प्राप्त रकमसंस्थालाई प्रदान गरिनेछ । जन्मदै शारिरिकरुपमा अशक्त नेपाली बालबालिकाहरुको जीवन परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको यो संस्था पूर्णरुपमा सामाजिक सेवा गर्ने हेतुले स्थापना भएको मुनाफारहित संस्था हो । महोत्सव तथा टिकटसम्बन्धी अन्य जानकारीका लागि टेलिफोन नं. (७०७) ९३८–१८०७ मा सम्र्पक गर्न वा संस्थाको वेबसाइटः www.KatmanduFallFestival.org हेर्नुहुन अनुरोध गरिन्छ ।महोत्सवसम्बन्धी डिजिटल तस्वीर चाहिएमा

Contact: Carol Vernal

(707) 938-1807

childmedaid@gmail.com

Share

Leave A Response »