हिमाली स्वरहरु – प्रेश विज्ञप्ती

प्रेश विज्ञप्ती

admin October 25, 2010 0

प्रेश विज्ञप्ती

नेपाल अमेरिका पत्रकार संघ ( नेजा) कार्य समितिको आइतबार बसेको बैठकले अध्यक्ष नगेन्द्र पौडेलद्धारा दिएको राजीनामा स्वीकृत गरि बाकी अवधी
भरका लागी सस्थाका बरिष्ठ उपाध्याक्ष कृष्ण शर्मालाई अध्यक्ष पदका लागी मनोनयन गरेको छ । अध्यक्ष पौडेलले गत अक्टुबर १९ तारिखको दिन नाजा कार्य समिति समक्ष राजीनामा दिएका थिए । नेजाद्धारा अक्टोबर २४ तारिख टेलिकन्फेरन्स मार्फत बसेको बैठकले अधिबेसनदेखि अहिलेसम्म अध्यक्ष पौडेलले गरेको भूमिका र नाजालाई पुर्‍याएको योगदानका लागि धन्यवाद दिने निर्णय गरेको थियो । यसका साथै डिसि क्षेत्रको निर्वाचनमा भाग लिन लागेको अध्यक्ष पौडेललाई कार्य समितिले बैठक मार्फत शुभकामना समेत दिएको थियो । बैठकमा नाजाको आर्थिक स्थितिलाई मजबुद बनाउन कार्यसमितिका प्रत्येक सदस्यले मासिक ५ डलर शुल्क जम्मा गरी बाषिर्क ६० डलर संकलन गर्ने र अन्य सदस्य शुभचिन्तकहरुलाई स्वेक्षिक रुपमा शुल्क बुझाउन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकमा उपस्थित सल्लाहकार र पदाधिकारीहरुबाट आइतबारनै ५ सय ६० डलर नाजा कोषमा संकलन गर्ने प्रतिबद्धता व्यक्त गरियो । अमेरिकामा बसोबास गदै आएको नेपाली पत्रकारहरुको हितमा स्थापित नाजाले क्रियासिल पेशागत पत्रकारहरुको मर्यादित सस्था बनाउन आगामी परिमार्जन हुन लागेको विधानमा सदस्यता हुन आवश्यक मापदण्ड निर्धारण गर्ने निर्णय समेत गरिएको थियो ।

बैठकमा उपस्थित सहाभागीहरु

१. कृष्ण शर्मा -कार्यबाहक सभापति)

२. विष्णु शीतल-उपाध्यक्ष, डिसी )

३.गोविन्दसिं रावत-उपाध्यक्ष,क्यानडा)

४.शेखर ढुङ्गेल-पश्चिम अमेरिका)

५.आङछिरिङ्ग शेर्पा -महासचिब)

६.शर्मिला उप्रेती-सचिब)

७.सहदेव पौडेल-कोषाध्यक्ष)

८.विश्वराज थापा-कास)

९.अनुप थपलिया-कास)

उपस्थित सल्लाहकार

१. गिरिश पोख्रेल
२. प्रताप अधिकारी

आङछिरिङ्ग शेर्पा

महासचिब

नेपाल अमेरिका पत्रकार संघ -नेजा)

Nepal America Journalists’ Association (NEAJA), USA

Share

Leave A Response »