हिमाली स्वरहरु – दशैं- कल्पनाको गगन सुन्नुहोस

दशैं- कल्पनाको गगन सुन्नुहोस

admin October 7, 2010 0



कथा संसारमा आज हामी दशैं-कल्पनाको गगन प्रस्तुत गर्दै छौ..बडा दशैंको शुभकामना सहित सुन्नुहोस दशैं-कल्पनाको गगन
यो सिर्जना सहदेव को हो र सिर्जना वाचन गर्दै हुनु हुन्छ सहदेव

आफ्नो सिर्जना लेखि पठाउनुहोस nepaliradio@gmail.com

हाम्रा कार्यक्रम सुन्नुहोस www.nepaliradio.org मा
दशैं- कल्पनाको गगन*
सहदेव पौडेल
न्यु योर्क

अक्टोबर महिना अलि अलि चिसो संगै चाड पर्वको रमझम बोकेर आउछ सायद!बिसेष गरेर ऋतु बदलिन्छ …अस्ति सम्म दुबो झैँ हरिया देखिएका रुख पातहरु जमरा झैँ पहेलिन थाल्छन ..रंगिन देखिन्छ बगैचाहरु..बाटोको दाँया बाँया लटरम्म फुलेका हुन्छन सयपत्री..बिहानीको सिरेटो,हुस्सु र कुहिरोले कतै लगि दिए नि हुन्थ्यो यो ज्यानलाई !मन यस्तै भनि रहन्छ..यिनै कल्पनाहरुको बिचमा न्यु योर्कमा दशैं झनै बिसेष बनेर आउछ!

साथीभाईहरु साचेर राखेको बिदालाई यहि दशैमा सदुपयोग गर्दै छन..स्कुलमा हुने छुट्टीले बालबालिकाहरुमा  झनै उत्साह थपेको छ..हरेक बिहान रेडियो र टेलिभिजनहरुमा निरन्तर बज्ने माल श्रीको धुन र दुर्गा भजनले उमंगका साथ् बिउझाउछ!यसपालिको दशैंलाई बिसेष बनाउन सबै मन देखि लागेकोले हरेकमा थप उर्जा थपेको छ….केहि समस्या छैन..कुनै पीर ताप छैन.. सब आनन्दित छन!

ट्रेनमा चढे पछी दशैंकै गन्थन सुनिन्छ..कोहि भन्छन यसपाली टिका लाउन क्यालिफोर्निया जाने रे..कोहि भन्छन टेक्सास ..अनि कोहि बोस्टन जाने रे..अनि कोहि परिवार सहित क्यानाडा जाने रे..अनि कोहि झनै उत्साहित भएर भन्छन हजुर बा हजुर आमाको हातको टिका थाप्न यसपाली नेपाल जाने रे…दशैँमा जम्मा भएको दक्षिनाले के  किन्ने भनेर अहिले देखि नै सबैले आफ्नो आफ्नो रुचिको आइ पोड टच..डिजिटल क्यामेरा.. भिडियो गेमका कुरा हरू सुनाउछन  ..अनि त्यही भिडमा एउटी सानी नानी भन्छिन…”यसपालीको दशैमा जम्मा भएको दक्षिना मामा घर नजिकैको स्कुलमा दिने रे”..एकै छिन त्यहाँ सोच मग्न सुन्यता छाउछ !

कलेजमा बिद्यार्थी साथीहरु दशैंको छुट्टीमा नायगरा फल्स पुग्ने रे..कोहि यतै कतै क्यासिनो जाने रे..कोहि डिज्ने ल्याण्ड जाने रे..अनि कोहि  घरमै यो छुट्टीको मौकामा  पढेर  बस्ने रे.  ..रमाइलो बढेको छ !.सबै तिर बजार लागेको छ!दशैंको चहल पहल थामी नसक्नु छ न्यु योर्कमा!

केहि साथीहरुले ट्रेनको प्लेट फर्म र सडकको चोक चोकमा लंगुर बुर्जा थापी सकेका छन..काम र पढाईबाट फुर्सद पाउने बित्तिकै साथीहरु ब्रूकलिन,क़ुईन्स र न्यु जर्सीको खुल्ला चौर तिर चंगा उडाउन दौडीन्छन..
म यता हड्सन नदीको किनारमा बसेर आकासमा उडेका रंगिन चंगाहरुमा आफुलाई खोजि रहन्छु!

यसपाली न्यु योर्कको टाइम्स स्क्वाएरमा राखेको लिंगे पिंगले धेरैको ध्यान तानेको छ…२/४ मिनेट पिंगमा झुम्न मानिसहरु घन्टौ देखि लाइनमा बसेका छन..पिंग मच्याउदा न्यु योर्कका अग्ला अग्ला भबनहरुको छानो मै पुगे झैँ लाग्छ.. दैनिकी एकदम रमाइलो र व्यस्त छ..साँझमा साथीहरु जम्मा भएर फरास खेल्ने कि म्यारिज खेल्ने रमाइलो हानथाप हुन्छ..जितौरी पैसा नेपालमा पुस्तकालयमा हुन्छ कि..स्कुलहरुमा ..वा बृदाश्रममा पठाउने भन्ने योजनाले सबैलाई जितौ जितौ  लाग्छ!

सेन्ट्रल पार्कमा बसेर सामुहिक टिका लगाउने योजनाले दशैले बिस्व भाईचाराको संदेश बोकेको आभास मिलेको छ..संयुक्त राष्ट्र संघको भवन आगाडी सबै देश ..धर्म र जातिका मानब हृदय एकै ठाउमा बसेर टिका लगाउने, जमरा थाप्ने अर्को खुशी थपिएको छ..मानब एकता र सद्भाबको यो भन्दा अर्को ठुलो उदाहरण के हुन् सक्ला र!

आ-आफ्नो समुदायमा नि:शुल्क आयोजना भई रहेको बिबिध संस्कृतिक कार्यक्रममा दर्शकको घुइचो थामी न सक्नु छ…सांस्कृतिक महोत्सब जस्तो परिचयात्मक प्रस्तुति अरु के नै छ र परदेशमा!
न्यु योर्कमा दशैं सुख भएर आएको छ.. शान्ति र संस्कार बनेर छाएको छ!

टिकाको दिन झनै कत्ति रमाइलो होला..निधारमा राता पहेला सेता टिका.जमरा..ब्रूकलिन ब्रिजमा देखिने रंगिन भिड…आशिर्बाद…आशिर्बचन ..सबै तिर शुभै शुभ..कत्ति सुन्दर..कुनै पीर ,ताप ,चिन्ता छैन..यात्रीहरू हतार हतार सबै आफ्नो आफ्नो गन्तव्यमा दौडी रहेछन…बाटोभरी शुभ यात्रा..शुभ दिन र शुभकामनाक संदेशहरू गुन्जी रहेछ!

……………….अनि म यस्तै दृश्यहरु कल्पिदै एम्पाएर स्टेट भवनको १०२ औ तल्लाबाट नेपाल देखिन्छ कि भनेर पर क्षितिजमा हेरी रहेछु!

*कल्पनाको गगन -बच्चु कैलाशको स्वरमा रहेको गीत हो)
(सम्पूर्ण साथीभाई/ पाठक लाई यसै लेखको मार्फत बाट धेरै धेरै धन्यबाद दिदै बडा दशैको मङ्गलम कामना!)

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »