हिमाली स्वरहरु – अन्तर्दृष्टिको प्रधानसम्पादकमा “लेकाली”

अन्तर्दृष्टिको प्रधानसम्पादकमा “लेकाली”

admin October 10, 2010 1

अन्तर्दृष्टिको प्रधानसम्पादकमा “लेकाली”
विभिन्न क्षेत्रबाट अनेसासमा तीनजना केन्द्रीय सदस्य मनोनित ।

सन् २०१०-१२ कार्यकालका लागि निर्वाचनबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका निर्वाचित कार्यकारी पदाधिकारीहरुको पहिलो र दोश्रो बैठकबाट उक्त संस्थामा मनोनयनद्वारा पूर्ति गर्ने प्रावधान अनुसार तीन जना केन्द्रीय सदस्यहरु तथा “अन्तर्दृष्टि” साहित्यिक पत्रिकाको एकजना प्रधान सम्पादक मनोनित गरिएको छ ।
मनोनित गरिएका केन्द्रीय सदस्यहरुमा सर्वश्री होम बहादुर क्षेत्री (कुवेत), वासुदेव शर्मा (टेक्सास) र गोपीकृष्ण काफ्ले (क्यानाडा) हुनुहुन्छ भने श्री राधेश्याम लेकाली (नेपाल) लाई “अन्तर्दृष्टि” पत्रिकाको प्रधान सम्पादकमा नियुक्ति गरिएको छ ।
प्रधान सम्पादकमा मनोनित श्री लेकाली विगत लामो समयदेखि नेपालका विभिन्न महत्वपूर्ण साहित्यिक संघ-संस्थाहरुमा सकृय रुपले सेवारत साहित्यकार हुनुका साथै कुशल साहित्यिक पत्रकार पनि हुनुहुन्छ, वहांले वि.सं. २०५६ सालमा “अन्तर्दृष्टि” पत्रिकाको सम्पादक भै काम पनि गरिसक्नु भएको छ । यसैगरी केन्द्रीय सदस्यमा मनोनित श्री होम ब. क्षेत्री विगत लामो समयदेखि नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारितामा समर्पित कुशल श्रष्टा हुनुहुन्छ भने श्री शर्मा र श्री काफ्ले नेपाली भाषा, साहित्यका कुशल श्रष्टा एवं अनेसासका सकृय सेवक समेत हुनुहुन्छ ।

ज्ञानेन्द्र गदाल
अध्यक्ष, अनेसास केन्द्रीय कार्य समिति |

Share

One Comment »

  1. audacity download October 20, 2010 at 9:45 pm -

    You can edit audio files with audacity.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »