हिमाली स्वरहरु – दिल्ली अहिले थिम्पू बनेको छ

दिल्ली अहिले थिम्पू बनेको छ

admin November 4, 2010 0

दिल्ली अहिले थिम्पू बनेको छ

अर्जुन प्रधान

भारत आफैंलाई दक्षिण एशियाको शतिशाली मालिक ठान्छ । आफ्नै देशलाई दक्षिण एशियाको मूल खाँबो सम्झेर बंगलादेश, भूटान तथा नेपालको आदि भागसम्म सीमा अतिक्रमण गर्छ, हरेक देशको निर्वाचन विथोलिदिन्छ । शासनको आन्तरभागसम्म हस्तक्षेप गरिदिन्छ । निम्ता पाओस, नपाओस् झगडा मिलाउन अघि सर्छ, तर मिल्न भने कहिल्यै दिँदैन, आफैं बितण्डा झिकेर । सीमारक्षाको नाममा हरेक आमाको सिउँदो रित्याइदिन्छ, विभिन्न आयश्रोत तथा पर्यटकीय क्षेत्रलाई उल्टाइपुल्टाई गरिदिन्छ । यतिमात्र होइन, भारतले सबैथोक गरेर पनि राजा-महाराजाका शक्तिलाई आफ्नै काँधमा बोकेर कसम खान लगाई छिमेकी देशका नागरिकलाई शरणार्थी बनाउँछ अनि आफ्नो सिमानामा पटकपटक १४४ धारा लाएर उनीहरूली स्वदेशफिर्तीबाट रोक्छ, विभिन्न वार्ताप्रक्रियालाई विफल बनाई आफ्नै देशमा द्वन्द्व जन्माउँछ ।

भारतको यस्तो खेलमा परेर भूटानले थिम्पूको शिरलाई बेची दिल्ली बनाएको छ यतिबेला । यो दाउले गर्दा हिमाली भूटानको गगनमा बस्ने ड्रागन रिसाएर कोही भूटानमा, कोही भारतमा त कोही भने पूर्वी नेपालका शिविरहरूमा शरणार्थी भई बसेका छन् । विस्तृत कारणहरु यस प्रकारका छन् –

जब सन् १९९० शुरु भो, तब प्रजातन्त्र मागको आन्दोलनको थालनी भो हिमाली भूटानमा । निरंकुशता जमाएको भूटान सरकारले “मै खाउँ, मै लाऊँ, सुख सयल मोज म गरुँ” भन्ने उक्तिलाई अघि राखेर लाखौं जनतामाथि हिंसा, द्वन्द्व र नातावाद-कृपावादको एकाधिकार चमात्कारिक ढङ्गमा प्रस्तुत गर्यो ।

लाटा-सिधा, निमुखा, सर्वहारा किसान र तमाम भूटानी जनतामाथि विभिन्न राजनैतिक चलखेल रचेर राज्यको ढिकुटीमा राजपरिवारमात्र रमाउने खेलमा लाग्यो भूटानी सरकार सन् १९८८ को जन-गणनादेखि नै । सन् १९८५ को नागरिक ऐनअनुसार १९५८ अघिदेखि भूटान भू-भागमा बसोबास गरी आएका भूटानीलाई मात्र वर्ग१ अर्थात-असली भूटानी जनता-को नाम दिने र अन्य देशमा विवाह गरेका वा बसाईं सराई गरेकालाई २ देखि ७ सम्मका विभिन्न वर्गलाईचाहिं गैर भूटानीमा विभाजन गरेको सत्य छ ।

विभाजित नागरिकहरू, लोछाम्पा(नेपालीभाषी)-लाई नागरिक ऐनअनुसार ‘विदेशी’ संज्ञा दिइयो भने अन्य जातिलाई असल नागरिकको रूपमा लिएको थियो । त्यसको विरोधमा नेपालीभाषी जनताका प्रतिनिधि तथा तत्कालीन राजाका सहल्लाकार टेकनाथ रिजालले संसदमा बहसको विषय उठाएपछि उनलाई चरम यातना दिई जेलमा खाँदियो । सरकारी निणर्यलाई सिधा शिर उठाएर कसैले पनि विरोध गर्न सक्दैन थियो भूटानमा।

फलस्वरुप, -भूटानी जनताले रिजालमाथि अन्याय-अत्याचार भएको थाहा पाएपछि शान्तिमय अन्दोलनमार्फत नागरिक ऐन १९८५ को खारेजी , रिजाललाई रिहा र प्रजातन्त्रको माग गरी सडकदेखि सदनसम्म नारा-जुलुस गर्दै सरकारलाई ज्ञापनपत्र चढाए । त्यसबेला सयौंकाल अघिदेखि शक्तिशाली भूटानको समूल सिर्जना गर्ने नेपालीभाषी जनताका छोरा-छोरीमाथि सरकारी टोलीले दुर्व्यवहार गर्यो । हिंसा, आगजनी, सांस्कृतिक विभेद, नेपाली पुस्तकको दहन, चाडपर्व, विद्यालयको तोडफोडजस्ता कु-कार्यबाट धेरै मारमा परे जनता ।

प्रजातन्त्र बहाली हुन नपाउँदै भूटान सरकारले वैज्ञानिक यन्त्रको साहयतामार्फत जबर्जस्ती देशबाट लखेट्ने आँट गर्यो । तर जनता शान्तिमय आन्दोलन लिएर गाउँदेखि शहर पसिसकेका थिए त्यसबेला । यद्यपि, सरकारको ‘श्री’ बचाउन लागिपरेका कार्मचारीले भूटानी जनतामाथि डर-त्रास देखाई पैसाको लालचमा पारी सिधा जनतालाई गाउँबाट लखेटे भने केही स्वतन्त्रताको लागि संघर्षं गरी देशको नाममा शहीद पनि भए ।

तब, अन्याय-अत्याचारले गाउँ–गाउँमा प्रवेश गर्यो र जनताका छोरी-बुहारीमाथि यौनशोषण गर्न थालेपछि रातारात जिउ जोगाउन शहर छिरेका जनता सन् १९९० पछि देशविहीन बन्न बाध्य भए । भारतको सिमाना हुँदै नेपाल छिरेका एकलाख बढी भुटानीमाथि भूटान सरकारले गरेको अन्याय-अत्याचारको घाउमा खाटा बस्न नपाउँदै भारत सरकारले पनि जबर्जस्ती लाटोपनको फाइदा लुट्यो । त्यसपछि नेपालको सिमानामा ल्याई अभिभावकविहीन बालबालिका जस्तै पारी छाडिदियो ।

हरेक कारणबाट श्रम, माटो, यौन, घर जग्गा र रीतिरिवाज, आफ्नोपनको संस्कृतिबाट वञ्चित बनिएका एकलाख भूटानी, नेपालको भू-भागमा दातृ संस्था र नेपाल सरकारको सहयोग पाएपछि मात्र शरणार्थीको रुपमा नामाङ्कित भए । नेपाल सरकारको संयोजनमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यू.एन.एच.सी.आर) र अन्य मानवीय संघ-संस्थाहरुले शरणार्थी दर्तादेखि गाँस, बास, कपासको प्रबन्ध गरी झापा र मोरङका पाँच ठाउँमा शरण दिई राखिएको छ । शरणार्थी भएर बसेका दिनदेखि नै विभिन्न राजनैतिक पार्टी, मानव अधिकारवादी संगठन , अन्तर्राष्ट्रिय संघ-संस्थाले शरणार्थीलाई स्वदेशफिर्ती गर्नुपर्ने जस्ता आदर्शवादी कार्यहरु गर्दै नआएका होइनन् तर, विकल्प भने कसैले सोचेका थिएनन् ।

खालि नाराबाजी र भाषणमा मात्र सीमित स्वदेशफिर्ती आन्दोलनले राष्ट्र तथा अन्तर्राष्ट्रका मानवीय सहयोगी सघं-संस्थालाई एक नयाँ विकल्पको ज्ञान दियो । त्यस ज्ञानले तीन विकल्प (प्रथम स्वदेश फिर्ती, दोस्रो, तेस्रो मुलुक प्रत्यार्पन र तेस्रो शरण लिएकै राष्ट्रमा विलय) शिविरभित्र विज्ञापनको रुपमा यस अगाडिदेखि प्रचार-प्रसार हुँदै आएको थियो । तर राजनैतिक दलहरुले भने स्वदेशफिर्तीवाहेकका विकल्पहरुलाई विरोध गरिरहेका पनि सत्य हो ।

स्वदेश फिर्तीको नाममा धेरै चोटी भूटानी जनता कहिले मेची पुलमा त कहिले चाहिं शिविरभित्रै मरेका छन्। देशको मन्त्र उचारण गर्ने नेताहरु मौषमी च्याउको नक्कली आकारजस्तो रुपान्तरण गर्ने सयमा सय छन्। त्यसै भएर शिविरमा कसैप्रति विश्वास छैन भन्दा गलत हुदैन । यिनै मनमुटावको कार्यले गर्दा दाइले भाइलाई, नेताले जनतामाथि ढुकुमुकु गरेको कारण शिविर हिट्लरी शासनजस्तै भएको छ ।

किसानी जनताका बुद्धिजिवी छोराछोरी नाफामुखी अभियानमा अहोरात्र लागिरहेका छन् , आफ्नै आमाको कोख रित्याउनलाई । कुन आमाले कहिले शन्तिसँग बस्न पाएकी छन् र ? हरेक मनमा त्रास र हिंसाको गहिरो चोट छ, आँखाहरु बर्षेनी रसाएका छन्, त्यसैले अब आमा हरेक सन्तानले प्रगति गरेको हेर्न चाहन्छिन्। तर भइरहेको के छ भने-

आमाको मन छोरा छोरीमाथि, छोराछोरीको मन ढुङ्गा-मुढामाथि भनेजस्तै । मन्त्र लगाएको शर्पलाई जंगल छिराएर उनीहरु शहर छिर्दैछन् किन ? यस्तो ।। स्वदेशफिर्तीको नाममा शरणार्थी नेताहरु आफ्नो घर बनाउनका लागि मानव हिंसाको खेलमा भारतको गुप्तचर संस्था ‘RAW’ सगँ कुटनैतिक खेल खेलेर शिविरभित्रका युवाहरुको आत्म लिन्छन् । त्यसो त भूटान पनि भारत र चीनको रिमोर्टमा चलिरहेको छ । एकातिर हाम्रा केही नेता गनिएकाहरू भारतीय गुप्तचरसित छन् भने केहीचाहिं पुनर्वाश योजनालाई बल दिँदै बाटो लागिसके त केही पालो पर्खिरहेका छन् ।

विरोध पछि, कार्य अघि भनेझैं भूटानी शरणार्थी नेतृत्वकर्ताहरुले मानवीय सहायता संस्थालाई ज्ञापनपत्र चढाई एकलरूपमा तेस्रो मुलुक पूनर्वाश प्रकृया अगाडि बढाउन आह्वान गरेपछि स्वदेशफिर्ती र नेपालमै बस्ने विकल्प ओझेलमा परेको देशप्रेमी जनताको गुनासो छ । केवल तेस्रो मुलुक पुनर्वाशको योजनाले भूटान सरकारलाई अझ जनतामाथि ज्यादति र अन्याय-अत्याचार गर्न थप मनोबल बढाइदिने केहीको भनाई रहने गरेको छ भने विकसित पश्चिमी मुलुकहरुमा भूटानी शरणार्थीहरु पुगेपछि भूटान सरकारमाथि अझ बढी नैतिक दवाब बढ्ने र एकदिन थिम्पू आफ्नो गल्ती सुधार्न बाध्य हुने भन्ने मत राख्नेहरुको पनि कमी छैन । यथार्थमा केचाहिं सत्य साबित हुने हो, प्रतीक्षाकै विषय बनेको छ । स्थिति अहिले निकै रहस्यमयी बनेको छ किनकि दिल्ली थिम्पू बनेर काम गरिरहेको छ ।

For more see http://bhutaneseliterature.com/?p=3524
Best Regards
……………………………………
Arjun Pradhan
REPORTER/BLOGGER

Afffiliation:
www.bhutannewsservice.com
www.apfanews.com
www.titopiromitho.Com

The Bhutan Reporter monthly
www.radiobhutanonline.com
(www.newsofexile.blogspot.com)

Share

Leave A Response »