हिमाली स्वरहरु – एउटा भुटानी नेपाली कथा व्यथा सुन्नुहोस

एउटा भुटानी नेपाली कथा व्यथा सुन्नुहोस

admin November 13, 2010 10


कथा संसारमा आज हामी अर्जुन प्रधानले पठाउनु भएको एउटा भुटानी नेपाली कथा व्यथा प्रस्तुत गर्दै छौ|कथा संसार कस्तो लाग्छ आफ्नो सल्लाह र सुझाब लेख्नुहोस|आफ्नो कथा व्यथा हिमाली स्वरहरुको  कथा संसार मार्फत सबैलाई सुनाउनुहोस..write us at nepaliradio@gmail.com
कथा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Story & Photo By Arjun Pradhan

ह.. लो
हलो आमा
के छ छोरी ?
आ….मा कन्तविजोग छ । सरकारले सबै घर जग्गा लिलाम गरी सुकुम्वासी बनाएर राख्य छ देशमा…..।

निकैबेर संवाद अड्किएपछि सुक-सुक गरेको आवाजमा छोरीको देशप्रति करुणभाव विस्तारै पोखिदै थियो । यसमानेमा की सरकारले नेपाली भाषी भुटानीमाथि गरेको अन्याय अत्यचारको विरुद्धमा । अस्वभाविक लाग्न सक्छ पढ्नेलाई तर स्वभाविक त्यसमा पनि निकै फरक खालको वार्ता, दुइ देश विच टेलिफोनमा -जहाँ राष्ट्र खुशीयाली भएको भुटान र प्रजातन्त्रले भरिपूर्ण भएको संयुक्त राज्य अमेरिका बिच भइरहेको थियो मंगलबार राती २८ सेम्टेम्बर २०१० को ८ बजेतिर ।

सन् १९९० बाट देश निकालामा परेकी ६८ वर्षीया धनमाया आफ्नो जन्मभूमी भुटानका बारेमा आफ्नी छोरीसँग फोन वार्ता गर्दै हुनुहुन्थ्यो । छोरीलाई आत्माबल दिदै धनमाया हिमाल-पहाड, खोला नाला अनि सरकारले घोषण गरेको राष्ट्रिय खुशियालीको विभेदकारी नीतिको नियम बुझ्दै हुनुहुन्छ । आ.मा… छोरीका कुरालाई काट्दै सान्तवान स्वरुप भन्छिन् यताबाट छोरी… नेपालीभाषी भुटानी जनताले रगत बगाएका छन् त्यो भुटानमा त्यसैले जस्तै अप्ठारो स्थिति आइपरेपनि तिमीहरु त्यहाँबाट निस्कनु हुन्न अब ।”

उताबाट छोरी भन्छिन्, आमा तपाइँहरुले राती घर छाडेर गएपछि केही दिनपछि सरकारी सेनाले घर जग्गा सबै अरुहरुलाई बाडिदियो । हाम्रो घरमा भएको गाइबस्तु अनि धनसम्पति सबै सरकारले लिलाम गर्‍यो भने घरमा पालेको भोटे कुकुरलाई त आमा सिधै गोली हानेर खेतको आलीमा गाडी दिएको छ ।

जनताहरुलाई चरम यातना दिएर देशबाट निकालन गरि बस्तुभाउको पनि रगत खान पछि परेन छ । कस्तो निरंकुश सरकार ? कति दिनसम्म टिक्छ यो निरंकुश शक्ति जिग्मे परिवारमा ? अबको युगमा शक्तिशाली धर्मराज साब्डुङ नावा नाम्गेललाई र जनतालाई दुःख दिएको जस्तो हुँदैन् । हिजो शक्ति परिवर्तन हुन भने बाह्र बर्ष लाग्थियो तर, अब शक्ति परिवर्तन हुनका लागि बाह्र दिनमै हुन्छ छोरी डर नमान् ।

छाउरी परेको गालामा निकै रगतहरु सलबलाएका थिए हजुर आमाको । रिसले छोरीलाई गाली गर्दै भुटानमा भएको भेदभाव, हिंसा, अत्याचार अनि नेपालीभाषी जनताहरु माथि भएको यातनाका कारण भुटान, राष्ट्रमा शक्तिशाली भएर विश्व जगतको आँखामा जहारो लाउँदै हिड्दै छ भन्दै बायाँ पटी फोनसेट छुटोछुटो सार्नुहुन्छ । भुटानबाट ठुलीआमाले हजुरआमाको कानमा यस्तो भनिरहेकी हुन्छिन् “आमा देश त एक दम जनजिरले बाधे जस्तै भएको छ । ९० को आन्दोलनमा भएको भेदभाव भन्दा पनि कडा त्यसमा नेपालीहरु त
नजिक पर्‍यो की मर्‍यो… ।”

हजुरआमाको आँखाबाट शक्तिका धार अनि मुखबाट नेपालीहरुले गरेको बलिदानका काहानी सुरु भयो यसरी “आज नेपालीहरुले आरजेको सम्पति, विश्वालाई चकित पार्नका लागि रोपेको बन, सुन्दर अनि मन मनोरञ्जनका लागि संरक्षण गरेको वनजन्तु, खोला नाला, पहाड/हिमाल, रितिरिवाज, धर्म, सस्कृति, विभिन्न जातजाति अनि ठुल-ठुला हाइड्रो प्रोजेक्ट, देवी देउताका मन्दिर र महाल बेचेर जादुगरी बन् खोज्दै छ सरकार एकलै । त्यतिमात्र हाइन् छोरी आजसम्म सुनकोशको पानीमा भएको मासुर श्रेत्रीको खुन अनि लाखौं नेपाली जनताको पसिनाबाट निर्माण भएको देश भुटान, विश्वालाई बेचेर सरकार आफै पलपल गरिबीले चारै तिरबाट घेरिदैं आएको छ । त्यसलाई के थाहा छ । यो कुरा त भुटानी जनतालाई मात्र थाहा छ ।

लामो सास फर्दै…..भर्खरै मात्र छोरी, अमेरिकामा भुटानका प्रधानमन्त्री जिग्मे वाइ ठिन्लेले ”मेरो देशमा गल्लीमा हिड्ने कुकुरहरु पनि खुशियालीमा छन् ।” भन्या छ । के छोरी राष्ट्रिय खुशीयाली कुकुरहरुको मात्र हो ? सोध्न सरकारलाई ? मानवको खुशी लुटेर बर्षनी भारतलाई बेचेको छ त्यसले । त्यसमा पनि घर गाउँको सुरक्षाको निम्ति पालेको मेरो भोटे कुकुरलाई त गोली हानेर मार्ने नीति भएका सरकार अमेरिकामा आएर गोराहरुलाई गाइबस्तु झै गरि घाँस लाउन् पछि परेन्…. थिन्ले । अब नेपाली भाषीहरु म्ाथि गरिएको र भइरहेको घटना सम्बन्धीे निरङ्गकुश सासनमाथि विश्वको विभिन्न अदालतमा रिट जाहेर हुँदैछ ।

हजुरमा कहिले काहीं त विश्व शान्ति न्याय दिलाउँदै छोरीको पीडामा मलम लगाउँदै देशको निम्ति बफादार र इमान्दारी हुने शिक्षा दिंदै थिन्लेले विभिन्न मिडियामा दिएका अर्न्तवाताहरु गलत भएको भन्दै ः-

”अमेरिका आउनु भन्दा अघि नेपालमा पनि ठिन्लेले भुटानी शरणार्थी भुटानका होइन् यि त आंतककारी हुन भन्दै आफ्नो समस्यबाट भागेको थियो, नेपाललाई जिम्मा लगाउँदै । त्यसै गरि एक विदेशी अंग्रजी टेलिभिजन अलजाजिरा AlJazeeraEnglish मा पनि भुटानी नेपाली जनतालाई गैर नागरिक भनेका छन् त्यसमा आफ्ना जनता हुन भन्न थिन्लेलाई सारो परेको छ । तर एक न एक दिन यि सब कुराको पर्दाफास सरकारी प्रतिनिधि र राजा स्वंमले विश्वा सामु विस्तारै खुलासा गर्ने छन् ।”

के विश्वका सामु मात्र आमा ? सरकारका प्रतिनिधिहरुले त राष्ट्रमै राष्ट्रिय खुशीयाली भएको भन्दै दिनदडादै एक आपसमा हिंसा मच्चाउँदै छन् । आफ्ना आफन्त विच दिनै झै-झगडा छ । भारत र चीनका सेनाहरुले भुटानी सेनाहरुलाई सिमानामा दिनदिनै काबाही गरेको समाचार सुनिन्छ । यि कारणले गर्दा हामी नेपाली भाषीलाई सबैले रिस पोख्दछन् आमा । अहिले त कामदार पनि विदेशी मान्छे मात्र छन् भुटानमा । अरुलाइ खर्चबर्च नेपालीलाई भन्दा पनि धेरै नै दिन्छ यहाँको खुशियाली भनेको यसैलाई यिनीहरुले भनेका होलान् आमा ।

आमाः तिनीहरुले गल्ती गरेका छन् छोरी । हामीमाथि अमानविय कृयाकलाप गरि दुख दिएका कारण यिनीहरुलाई दिन प्रतिदिन मनमा दुख पैदा हुँदैछ र पो विश्वमा नुनको सोझो हुँदा नकारात्मक कुराको मात्र जवाफ दिदैं हिदैछ । गलत कुराको खेतीमा लागेका यि मात्र होइन् विश्वका धेरै देशहरुले पनि यस्तै गर्छन् तर आफु र जनतालाई विश्वास बनाएर मात्र तर हाम्रो देशले भने जनताको शीप र देशको सुन्दरतालाई बेचेर । हिटलरले पनि एक गलत कुरालाई समाज र विश्व समाज बीच सयौं चोटी सहि बनाएर उचारण गर्ने गरेकाले जनमत २४ घण्टामै परिवर्तन भयो अनि शक्तिले विस्तारै मृत्युको अर्को नाम लियो ।

धेरैवेरको कुराकानी पछि हजुरमा ले चिराङ डाँडा गाउँमा बस्ने नेपाली भाषी जनताहरुको बारेमा सोधपुछ गर्नु भयो । ठुलीमाले सबै खेती किसानीमा ब्यास्था रहेको खबर भन्दै भुटानको जेलमा रहेका /यातना भोगिरहेका नेपाली दाजुभाइको एउटा कहानी सुनाउनु भयो ।

आमा ९० मा प्रजातन्त्र बाहलीको निम्ति नारा जुलुस गर्ने नेपालीहरुलाई चरम यातनाका साथ चेम्चोङ र अन्य जिल्लाको जेलहरुमा गुन्धुक खांदे जस्तै गरि खादिरहेको छ । सरकारको विरुद्ध ठाडो औंला उठाउनेलाई सिधै गोली मात्र होइन् चरम यातन पछि देश निकाला गर्न छाडेको छैन् । वाक स्वातन्त्रताको निम्ति आवाज उठाउने भुटानीहरुलाई पनि कामकार्वाही गरिरहेको छ । भखरै मात्र रेडक्रस नाम गरेको विदेशी संस्थाले १३ जना नेपालीभाषी दाजुहरुलाई त रिहाइ गरि दियो तर उनीहरु कहाँ गए थाहा पत्तो छैन् । विदेशी मान्छेहरु आए भने सबैलाई ठिक पार्छ तर केही पनि गरेको छैन् । सबैले अर्काको खेतमा किसानी गरेर जिविको पार्जन गरिरहेका छौ आमा । आमा, अब हाम्रो कहिले भेट हुन्छ होला ?

ठुलीमाको प्रश्न सुनेपछि हजुरमाको शरिरबाट भुकम्पा गए जस्तै गरि रोधनबाट यस्तो आवाज आएको थियो जसमा २० बर्षसम्म नेपालको पूर्वी झापा र मोरङमा कष्टकर जीवन बिताउदै छोरीको पर्खाइ गरेको त्यसमा पनि भारतको १४४ धाराले मेचीपुलको सडकमा मानव अधिकार विरुद्ध यातना दिलाएको र ज्यान सम्म लगेको हुनाले तिमीलाई भेट्न पाइन छोरी भन्दै हुनुहुन्थ्यो हजुरमा । नेपालको अवस्था राजनैतिक कारणले गर्दा आज हामी भुटानीले दुख अनि सुखलाई चिन्ने विश्वमा किताब पढ्दै छौ ।

अब मुक्ति हुन्छ छोरी, हजारौ चोट, पीडा, र दुखाइमाथि अब मात्र मलम लगाउने समय पाएका छौ । तेरा भाइबाहिनी र अग्रज भाइहरुले विश्वको अदालतमा हाम्रा पुर्खाको बारेमा वाकलत गर्दै छन् । गुमेको नेपाली पन, मन, धन र सबै गरिमा र स्वाभिमान बिस्तारै फिर्ता गर्नका लागि कम्बर कसेर लागि परेका छन् ।
आ..मा…

मेरो सपनामा पनि यस्तै विजय प्राप्त भएको त्यसमा सरकारले घुँडा टेकेर जनतासामु माफी मागेको मात्र देख्छु । मलाई आशा छ तिनीहरुले ( नेपाली भाषी जनता) विश्व अदलतको कठघारामा सरकारले बोले र गरेको मिति संबत रुपमा प्रमाण पेश गरेर नेपाली भाषीहरुले कमाएको श्रीसम्पति फिर्ता शान्ति तवरबाट फिर्ता लिने छन् र हाम्रो शान्ति देश हुने छ । जय भुटान ।।

ठुलीमा धेरै हौसिएकी थिइन् । यदि त्यो फोनमा कुरा गर्दा भूटानमा नजिकै सरकारी मान्छे हुँदो हो त ती आमाको ज्यानै जोखिममा पर्ने थियो ।

छोरी अबको जमाना भनेको बुद्धिको हो । त्यसैले सबै काम विस्तारै हुन्छ । त्यो खुशीयाली नभएको राष्ट्रिय खुशीयालीमा जोगिएर काम गर्दै नानीहरुको भविष्य निर्माण र संरक्षण गर । डामडोलमा परेको राष्ट्रिय खुशीयाली घरलाई भत्काएर सकली खुशीको परिचय दिनु पर्छ । हुन्छ आमा म कोशिस गर्नेछु नानीहरुको भविष्य निर्माण गर्नलाई ।

ठुलीमा निरंकुश देशमा नेपालीहरुको नानीहरु पढ्न नपाएपनि आफुले चिनेको साँवा अक्षर सिकाउने हिसाबमा आफ्नी आमाप्रति इमानदारीता पेश गदै थिइन् ।

त्यतिकैमा हेर १ छोरी सबै कुराहरु भनेको हाम्रो शक्ति हो । त्यसैले भोलिका दिनमा विजय प्राप्त गर्नेछौं भन्ने विश्वास गर । वर्षा पछि मौसमहरु परिवर्तन भए जस्तै गरि हामीविच पनि विचारहरुको हिसाब किताब भएको छ यसलाई काममा प्रयोग गनुपर्छ । रातको १२ बज्न लागे यहाँ , अब धेरै बेर कुराकानी भयो भने तलाई पनि सरकारले कार्बाही गर्छ राख्छु है फोन, हिन्दुहरुको बडादशैं राम्रोसँग मनाउनु ल छोरी ।

छोरी उतबाट भन्छिन्, आमा, नेपाली भाषीहरुले दशैं मनाउछन् भनेर सबै तिर कडा सुरक्षाको निगरानी राखेको छ । घरभित्र पुजाआज मात्र गरिन्छ, निधारमा रातो टिका लगाइदैन् ।

हिजो पनि त्यस्तै थियो । आज पनि…कस्तो राष्ट्रिय खुशियाली रहेछ भुटानमा प्रभु । विदेशी पत्रकारले त चमत्कारले भरिएको छ भुटान राष्ट्रिय खुशीयालीले भन्दै विमोचन गरि हिड्छन् त, तिनलाई लाज लाग्दैन ।
ल.ल छोरी मुर्ख सरकारको नियम नीतिमा धेरै ननाच्नु । सरकार आफैं नाच्दा नाच्दै घुडा टेक्छ अनि प्रजातन्त्रको वाहाली आउँछ ।

हुन्छ आमा…सबैलाई भन्दिनु देशमा एक चेलीले धेरै दुख खेपेर पनि जवरजस्ती बन्दुकको नाललाई जीवन सम्झेर राष्ट्रिय खुशी मनाइरहेकी छ भनेर ।

जय नयाँ भुटान

(यो फोनवार्ताकाकी पात्र धनमाया अहिले ६८ बर्षको हुनुभएको छ । उहाँ भूटानी शरणार्थीहरुको पुनर्वास प्रक्रियाबाट गत एक वर्षअघि अमेरिका आइपुग्नुभएको हो । ६८वर्षीया धनमाया भुटानको नयाँ परिवर्तनका लागि नजिकै रहेको सामुदायिक विद्यालयमा अचेल अंग्रेजी भाषा शिक्षा पढ्दै हुनुहुन्छ, )
This story was also published on www.nepalipost.com

Share

10 Comments »

  1. kamal pradhan November 14, 2010 at 9:46 am -

    it is really the cool and this story is one of the real pain of bhutanese refugee so hope this type of story most read by the bhutanese people who are out of the country and those who are in third country.keep it \up arjun ji.

    Well-loved. Like or Dislike: Thumb up 6 Thumb down 0

  2. Bhakta Ghimire November 14, 2010 at 3:21 pm -

    भाञ्जा बाबू, यतिको शीप कमाएछौ, बधाई छ है । यो कथा त अलिकति भाषा अर्जाप्यो भने त अन्तर्राष्ट्रिय कथा बन्छ। धार दिनुपर्छ क्या नाम कथालाई -संवाद, लक्षण र समष्टि चाहिन्छ क्या नाम। छ यहाँ पनि तर, अलिक छताछुल्ल भो, बाँधिएको बलिष्ठ हुनुपर्यो क्या नाम । क्या नाम भनेको चाहिं नेपालमा चैने भनेजस्तै हो ल भाञ्जो ।

    Well-loved. Like or Dislike: Thumb up 6 Thumb down 1

  3. manju November 14, 2010 at 4:02 pm -

    wow!!!!what a great grendson……

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 1

  4. Ravi November 15, 2010 at 3:53 pm -

    अर्जुन जी,
    i love yours स्टोरी. thanks अ लोत. same like bhukta sir i also कमेन्ट as

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

  5. manju November 15, 2010 at 8:56 pm -

    wow!!! what a great story like it !!!!

    Well-loved. Like or Dislike: Thumb up 4 Thumb down 0

  6. Pardeshitara November 15, 2010 at 10:39 pm -

    कथा धेरै मर्मस्पर्शी लग्यो ! भक्ताजीले भनेझैँ थोरै भाषालाई आर्जप्यो भने ‘सुनमा सुगंदा बन्ने छ’ !

    Well-loved. Like or Dislike: Thumb up 4 Thumb down 0

  7. Karna Gurung November 16, 2010 at 9:11 pm -

    अर्जुन जी,
    यो कथाले साचै हाम्रो पुरानो तथ्य कुराहरु झाल्कयाको छ
    राम्रो छ
    धन्यबत
    कर्ण गुरुङ
    नेब्रास्का, अमेरिका

    Well-loved. Like or Dislike: Thumb up 4 Thumb down 0

  8. Bhanu Tiwari November 16, 2010 at 11:23 pm -

    Arjun bhai,
    We all love birthland and we all have the same story. The more we talk about motherland, the more it seems been farther from the warmth of her lap.The way you expressed your real happening in the above story has the collection of heartfelt tears of all Bhutanese.There is a saying” आकासको फल आँखातरी मार”. This has partially occupied the mind of all abroad bhutanese now.Really sad that we were dragged out forcefully from the territory, and feels like squezing the whole country to separate the blood of those cruels to make the residue of respectable relient martyrs who made the nation. Hope to hear the progress of Bhutan and mother being popular as a respectable modal, but……but go there as a visitor now……
    Thanks babu…..keep rolling with the history….make it fresh for the future generation……

    Well-loved. Like or Dislike: Thumb up 4 Thumb down 0

  9. Ravi November 19, 2010 at 3:26 pm -

    अर्जुन प्रधानलाई प्रथमपटक धन्याबाद
    तपाईले जुन तरिकाले भुटानी समुदयको कथा ब्यथालाई अन्र्तराष्ट्रसम्म पुर् याउनु भएको छ त्यसमा हामी प्रवाशी समाज धेरै खुशी छऊ । तपाई शरणार्थी शिबिरमा रहँदा पनि शरणार्थीहरुको आवाजलाई विभिन्न माध्यममार्फत प्रकाशन तथा समास्यको समाधान प्रकृयमा पुर् याउनु भएको थियो ।
    त्यसबाट समाजलाई हिसाँ रहित बनाउँनामा शान्ति समिती सात शरणार्थी शिविरमा लु।बि।फेको सहयोगमा स्थापना गरि बिदान सम्म तयारी गरि छाड्नु भएकोले गर्दा हामी
    प्रवाशीलाई धन्या मिलेको छ ।
    तपाइको कथामा भुटान सरकारले नेपाली भाषी भुटानी माथि १९९० मा गरेको हिसु पुर्ण ब्यवाहारलाई स्पष्ट रुपमा प्रकाश पारेको छ ।
    कथाको लागि धेरै धेरै धन्याबाद छ अर्जुन जी लाई । अर्जुन जी मान्छेले जे सुकै भने पनि लेख्न चाहि नछोड्नु हई तपाईका लागि हामी पनि छऊ नि ल /

    Well-loved. Like or Dislike: Thumb up 4 Thumb down 0

  10. Sushil Simkhada July 7, 2011 at 6:51 am -

    नेपाली भाषा र नेपालीपन प्रति कथामा देखाउनु भएको अथाह मायालाई सम्मान गर्दछु । कथा राम्रो लाग्यो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

Leave A Response »