हिमाली स्वरहरु – समाजसेवाका एक साधक दीर्घराज कोइराला

समाजसेवाका एक साधक दीर्घराज कोइराला

admin November 1, 2010 0

समाजसेवाका एक साधक दीर्घराज कोइराला

हस्त गौतम मृदुल

 

 

नेपालको कुण्ठित मानव अधिकारको कारण अभिशाप जीवन गुर्जानु नेपालका समग्र अपांगहरुको अहिलको बास्तविकता हो । एकातर्फ मानवोचित ब्यवहारबाट पर पन्छाइन्छ भने अर्कोतर्फ अनत्पादक सामाजिक बोझ एवं निसारको रुपमा हेरिन्छ । राजनैतिक, दैविक, सामाजिक, भौतिक र प्राकृतिक जस्ता विविध दुर्घटनाबाट अपांग बन्नु पर्ने अवस्था एकातिर छ भने अर्कोतर्फ उपचारको उचित अब्यवस्था, सामाजिक संरक्षणको अभाव, आर्थिक कठिनाई, जनचेतनाको कमी, स्वास्थ्यप्रति उपेक्षा, अज्ञानता, कुपोषण र पोलियो जस्ता अनेक कारणबाट अपांग बन्नु पर्ने अवस्था छ । यिनै कारणबाट एउटा नागरिक आँखा देख्न सकेन, बोल्न सुन्न सकेन र शारीरिक रुपमा हिडडुल गर्न सकेनभने हाम्रो समाजले पूर्व जन्मको फल भन्दै घृणाको दृष्टिले हेर्छ, सरकारले नागरिक रुपमा समेत हेर्न कन्जुस्याई गर्छ । अपांग हुनासाथ परिवारबाट निकालेर बाटोमा, मठ मन्दिरमा फाल्ने नेपाली समाजका अगाडी एक महान समाज सेवी, अपांग मात्रको आँशु पुछनलाइ जीवन सर्मपित गर्ने स्वं खगेन्द्र बहादुर बस्नेतका अर्का सह योद्धाको नाम हो चच्चा समाज सेवक दीर्घराज कोइराला। आज उहाँ रहनु भएन। उहाँलाइ गुमाउनु पर्दा नेपालका तमाम अपांग जगत मर्माहत भएका छन। स्वं खगेन्द्र बहादर बस्नेतद्धारा स्थापित नेपाल अपांग अन्ध संध, खगेन्द्र नवजिवन केन्द्रको स्थापनाकाल देखी नै सकृय कोइराला नेपाल अपांग संधलाइ दिन प्रति दिन उचाइमा पुरयाउने काम गर्नु भएको थियो। २०३१ साल पुष १ गते श्री खगेन्द्र बहादुर बस्नेतको स्वर्गारोहण भए पछि जुन उदासीनता र जुन अभावको घाउ लागेको थियो त्यस्लाइ पुर्न र डोरयाउदै दुख कष्टले हुर्काउदै बढाउदै लानमा उहाँको ठुलो योगदान रहेको छ।

एक त्यस्ता त्यागीहरुको जमात थियो जुन बेला देशका अस्यैहय अपांग लगायत पिछडियको वर्गको उत्थानका लागी दिलो ज्यान दिएर लागेका थिए।

वि सं २०३६ सालमा म भर्खर जोरपार्टीमा भर्ना भएर अध्यान गर्दै थिएँ। बेला बेलामा स्वं कोइराला आउनु हुन्थ्यो र सवैलाइ सन्चो बिसन्चो सोध्नु हुन्थ्यो। खाना पिना र पढाइ लगायत अरु भौतिक सुविधाले सघाउन के गर्नु पर्छ सल्लाह लिनु हुन्थ्यो। उहाँमा न कुनै बढा पन थियो न कुनै पदको उन्माद। उहाँ एक विवेकशिल र चेतनशिल पाउथ्यौ हामीले। वास्तवमा नेपालमा दुइ थरीका समाजसेवी थिए। एक थरी आफनो पोल्टो भर्थे र अपांगको नाउमा आफनो दुनो सोमmयाउथे भने अर्का थरी थिए जो आफनो पोल्टामा जे छ मिmकेर दिन्थे। कसरी सेवा गर्न सकिन्छ भनेर चिन्तीत हुन्थे। बुद्धिजीवीहरूले मात्र उनको जीवन चिनेका थिए, उनको महानता बुझेका थिए र उनको त्याग पढेका थिए । समाजसेवाका महान बिभुति स्व. खगेन्द्र बहादुरका सहयोद्धामा दाखिल भएका निस्वार्थ भावले लागेका, दुखी पिंडितहरुको दुखी आत्मा बुमmेका एक बुद्धिजीवमा स्व दीद्र्धराज कोइराला हुनुहुन्थ्यो। स्वं देवेन्द्र बहादुर साहा, (सल्यानी राजा) स्वं मोहन राज जोसी, स्वं कृष्ण शम्सेर राणाले जुन स्थापनाको लागी सहयोग गरे भने त्यस्लाइ आफनै हातले डोरयाउदै आजको नेपाल अपांग संघ बाउनमा उहाँको ठुलो योगदान छ।

हुन त नेपालमा गर्नेको कहिलै भलो भएन, न जन स्तरबाट चर्चा भो न त सरकारी तवरबाट। जस्ले जीवन त्यागे उनीहरु संधै ओमmेलमा परे। न त उनीहरुले दिएको योगदानको कदर भो र हुन्छ न त कहिलै हुने छ। तर जस्को जीवनमा उथल पुथल ल्याउन सफल भए उनीहरुको आत्मामा भने संध अजर अमर रहने छन। राजनीतिमा गान्धीका भक्त भए पनि राजनीति गर्नु भएन कर्म गर्नु भयो। कर्म पनि निस्वार्थ। त्यस्ता त्यागी र बिवेकशील ब्याक्तित्वले नेपालमा राम्रो स्थान लिन नसके पनि आफनो क्षमताले भ्यायसम्म योगदान दिनु भयो। कोइराला सामाजिक उत्थान वा त्यसबारेको चिन्तनमा मात्र लाग्नु भयो। कोइरालामा अर्काप्रतिको सेवा गर्ने भावना पवित्र भावना थियो । यहाँमा गरिब दीन दुःखीको आँसु अञ्जुलीमा थाप्न सक्ने क्षमता थियो र अरूका लागि मरिमेट्ने मानवीय अमुल्य गुण थियो ।

आज देशलाइ नै अपांग बनाउने राजनैतिक अपांग नेता भन्दा उहाँको उचाइ धेरै माथी छ। उहँले देशलाइ सजाउन खोज्नु भयो। नेताले बिला लगाउन खोजी रहेछन। प्रष्ट बक्ता र मानवजीवनमा हुनुपर्ने सद्भावनाको सटिक अर्थ थाहा थियो। देश र जनालाइ कसरी सक्षम बनाउनु पर्छ भनेर उहाँले पढ्नु भएको थियो।

देशका ‘असहाय अपांग र दीनदुःखीका निम्ति गाँस र वासको उचित व्यवस्था हुनु पर्छ भन्नु हुन्थ्यो। कोइराला आजभोली संधसंस्था खोलेर आफै मोटाउनेहरुको बिरुधी हुनुहुन्थ्यो र आफनै मात्र भौतिक सुखका निम्ति सेवा गर्नेहरुलाइ घृणा गर्नु हुन्थ्यो। उहाँ संम लगभग १० बर्ष भन्दा बढी उठबस भयो। तर कहिलै संस्थाबाट फाइदा लिनु भएन बरु आफनो क्षमताले भ्यायसम्म सहयोग बटुली संस्थालाइ बचाउनु भयो र हजारौ हजार अपांगहरुको उथ्थानमा सद्धचित्त भएर लाग्नु भयो।

नेपालमा खगेन्द्र बहादुर जस्ता अपांगहरुले नै देश उभो लगाउन सक्छन। सद्धे भएर देश अपांग बनाउनेहरुसंग डराउनु पर्छ भन्नु हुन्थ्यो।

एक वरिष्ट समाजसेवी भएर कोइरालाले ख्याती कमाउनु भयो। यो राजनैतिक अन्योलको बातावरणमा उहाँ ओमmेल परे पनि एकदिन उहाँको मुल्याक्कन हुने छ र जनताको नजरमा सँधै अमर भएर बाँचि रहनु हुने छ। समाजसेवाको अर्थ धेरै थोरैलाइ मात्र थाहा थियो किनकि उहाँमा ब्याक्तीगत लालच थिएन।

बरिष्ट समाजसेवी कोइरालामा साँचो बोल्ने साहास थियो र बर्तमान नेताले जस्ता आशा देखाएर दुख दिने नियती थिएन। न त फोस्रो आश्वासन दिने बानी नै थियो। नेपाली समाजमा एक इमान्दार र त्यागी समाजसेवीको रुपमा उभिनु हुने छ। उहाँ बर्तमान घिनलाग्दो राजनितिको बिरोधी हुनुहुन्थ्यो र बिहारी गनतन्त्रले जनतालाइ दिएको नैरासेता प्रति दुखी हुनुहुन्थ्यो। मैले ७ बर्ष देखी भेट गर्न पाएको थिएन तर अनयासै दुखद खबरले म स्तब्ध भएको छु। उहाँको निधनले हामी तमाम अपांग बर्ग मर्माहत भएका छौँ। अपांगहरुलाइ मात्र होइन देशका कुन कुनामा रहेका दिन दुखी र गरिव जनताका छोराछोरीलाइ पनि उत्तिकै माया गरी आफनै सकिृयतामा कैयौँ स्कुल खोली दिएर अमुल्य गुण लगाउनु भएको छ। समाजसेवा र शिक्षाक्षेत्रका प्रमुख विशेषज्ञ हुनुहुन्थ्यो। यी विद्वान् भईकन पनी सादा जीवन र उच्चा बिचार को धनी हुनुहुन्थ्यो। समाजसेवाको संस्थागत विकास नभएको र केवल कमाउने बाटो मात्र खुलेको बताउनु हुन्थ्यो।

नेपालमा जातिय भेदभाव अत्यन्त घिनलाग्दो तरिकाले बढेकोमा चिन्तीत कोइरालाले शिक्षाले सवै भेदभावलाइ मेटाउछ भन्दै कयौ ठाउमा स्कुल खोलेर योगदान दिनु भएको कुरा इतिहासमा पाइन्छ। सरकारी सेवामा हुँदा हुँदै पनि आफनो सेवाभावलाइ कहिलै मर्न दिनु भएन। मैले देखेका, मैले चिनेका महान चिन्तक र महान समाज सेवी आज यस मुलुकलाइ रुवाएर अवसान हुनुभएको छ। देशले एक कुसल प्रशासक, एक इमानदार समाजसेवक र एक निस्वार्थ एवं त्यागी सन्तानलाइ गुमाएको छ। आज देशलाइ उहाँ जस्ता धेरै दीर्घराज कोइराला चाहिएको बेला उहाँले पनि छोडेर जानु आफैमा पिंडादायक बनेको छ।

अहम र धुर्तता जीवनमा कहिलै न देखाएर, बरु एक ब्रमचारी, एक इमान्दार, एक सच्चा देश भक्त र एक अथक परिश्रमी दीर्घराज कोइरालालाइ गुमाउनु पर्दा ठुला अभावको महसुस गरिएको छ। उहाँको त्याग र चरित्रबाट देशले धेरै सिक्ने अबसर पाएको छ। उहाँको जस्तो निस्वार्थ त्यागी बन्नु नै बास्तवमा उहाँ प्रतिको सच्चा समाजसेवी हुने छ। धर्किएको मनले उहाँका विम्व प्रतिबिम्वलाइ आँखा वरीपरी उभ्याएर कोरिएको यस सानो स्मृतिमा आफनो श्रद्धाणजलीका शब्दहरु पोख्दै एक अथक समाजसेवी र देशभक्तको बिदाइमा भावबिबहल हुदै बिदा लिन्छु। उहाँका अशल गुणहरु कहिलै नमरुन। उहाँ गए पनि उहाँ जस्ता त्यागी नागरिक हजारौ जन्मीएर देश र जनताको आँशु पुछुन यही मेरो कामना छ। उहाँ समाजसेवाका तपस्वी एवं समाजसेवीका आत्मीय प्रेरणाका स्रोत हुनुहुन्थयो।

कोइराला आध्यात्मिक चिन्तन र मानव धर्मलाइ प्राथमिकता दिएर जीवनलाइ डोरयाउनु भयो। धर्मलाइ मानव धर्मको रुपमा परिभाषित गर्ने यस्ता महान सेवक देशका एक अमुल्य नक्षेत्र र कहिलै ननिभने मानवीय आलोक हुनु हुने छ।

Share

Leave A Response »