हिमाली स्वरहरु – नेपाल अमेरिका पत्रकार संघ (नेजा) प्रेस विज्ञप्ति

नेपाल अमेरिका पत्रकार संघ (नेजा) प्रेस विज्ञप्ति

admin November 12, 2010 0

प्रेस विज्ञप्ति

नोभेम्बर १०/ २०१०

वासिंटन डिसीस्थित संचारकर्मीका लागि अन्तराष्ट्रिय संस्था( आइसीएफजे) ले नेपाल अमेरिका पत्रकार संघ (नेजा) सँग सहकार्य गरि आगामी दिनमा नेपाली पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि कार्यक्रम अघि सार्ने सोच बनाएको छ । नेजाका कार्यबाहक अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको टोलिसँग आइसीएफजेका कार्यक्रम निर्देशक रोबर्ट टिन्सिलीले बुधबार आफ्नो कार्यालयमा छलफल गर्दै आईसीएफजेले नेजासँग विभिन्न कार्यक्रममा सहकार्य गर्न इच्छुक रहेको जानकारी भेटमा दिएका थिए । यस अघि नेजाले आइसीएफजेलाई नेपाली पत्रकारहरुको हितको सवालमा आफनो उद्धेस्यहरु बताएका थिए । नेजाको डिसी उपाध्यक्ष विष्णु शीतल सहित छलफलमा सहभागी टोलिसँग टिन्सिलीले आइसीएफजे अमेरिकामा रहेका विभिन्न सामुदायिक संचार समूहहरुसँगै नेजासंग पनि मिलेर काम गर्न इच्छुक रहेको बताएका छन । उनले केही समयपछि आफ्नो संस्थाले समूहगत संचारकर्मीको क्षमता अभिबृद्धिको कार्यक्रम ल्याउने तयारी गरीरहेकोले त्यसमा नेजालाई सहभागी गराउने जानकारी दिएका थिए । पेशागत हकहित र नेपाली पत्रकारको क्षमता अभिवृद्धिका गर्ने नेजाको यो उद्धेस्यलाई आइसीएफजेले सहयोग गर्ने वचनबद्धताका साथ नेजासँग अरु पनि विभिन्न कार्यक्रमहरुमा सहकार्य गरिने टिन्सिलीले बताए ।

अमेरिकामा बसोबास गदै आएका नेपाली समुदायका हितमा सञ्चालित विभिन्न अनलाइन , रेडियो, टेलिभिजन तथा अखवार संचारमाध्यममा प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा संलग्न संचारकर्मीहरुको प्रतिनिधिमुलक एक मात्र संस्था नेजानै भएकाले अमेरिकी सरकार वा यहाका सम्बन्धीत निकायले यो क्षेत्रमा कार्यरत यस्ता संघ संस्थासँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । आइसीएफजेको तत्कालको प्राथमिकता टर्की, पाकिस्तान जस्ता मुस्लिम मुलुकका पत्रकारको सस्थालाई सहयोग गर्ने रहेको भए पनि नेपाली पत्रकारहरुको हितमा नेजाले ल्याएका प्रस्ताव अनुसार सहकार्य गदै अधि बडनका लागी थप विचार विमर्स गरिने जानकारी कार्यक्रम निर्देशक टिन्सिलीले दिएका थिए । नेजाको उक्त टोलिमा राष्ट्र संघको दिएकेा फेलोसिप अध्ययन भ्रमणमा रहेका कान्तिपुर एफएम रेडियोका पत्रकार महेश आचार्य पनि सहभागी थिए ।

Nepal America Journalists’ Association (NEAJA), USA

Share

Leave A Response »