हिमाली स्वरहरु – नपर्ख दिदी-कविता

नपर्ख दिदी-कविता

admin November 3, 2010 0

उमेश चापागाईं:
नपर्ख दिदी! हेरेर बाटो अहिलेको तिहारमा
सजिने छैन सातरङ्गी टिका यो मेरो निधारमा

सुकेर जाओस् त्यो मखमलि,सयपत्रि वैलाओस
तैपनि हाम्रो अटुट माया दुबो झैं मौलाओस्

सम्झना गर्दै नरोउ दिदी, मझेरी माझमा
आ उने छैन यो तिम्रो भाइ, गोधुलि साँझमा

नगाँस्नु माला,नफोर्नु ओखर ,कामना गरेर
दिर्घायू रहू,हे मेरो सानु ! प्रिय भाइ भनेर

नमरी बाँचे, कालले साँचे, कुनै दिन भेटौंला
त्यो हाम्रो माया, अटुट नाता, शिलामा लेखौंला

अभागी रैछु,मरेछु भने नभेट्दै तिमीलाई
नरुनू तिमी बिलौना गर्दै सम्झेर भाइलाई

Share

Leave A Response »