हिमाली स्वरहरु – स्व. गोबिन्द बहादुर मल्ल “गोठाले” प्रति हार्दिक समबेदना

स्व. गोबिन्द बहादुर मल्ल “गोठाले” प्रति हार्दिक समबेदना

admin December 14, 2010 0

Ref:                                                                                                                  Date: 12/14/2010

प्रेस बक्तब्य:

स्व. गोबिन्द बहादुर मल्लगोठालेप्रति हार्दिक समबेदना !

नेपालका बरिष्ट साहित्यकार गोविन्दबहादुर मल्ल “गोठाले” को ८९ वर्षको उमेरमा यहि December 13, 2010 सोमबार निधन भएको समाचारले सारा नेपाली समुदायसरह हामीलाई पनि स्तब्ध तुल्याएको छ |  वहांको निधनबाट नेपाली साहित्य जगतमा एउटा ठूलै खाडल परेको महशुस गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रिय कार्यसमिति एवं सम्पूर्ण अनेसास परिवार यस घटनाप्रति हार्दिक समवेदना प्रकट गर्दछ । यस करुण अवस्थामा शोक-सन्तप्त सबैप्रति धैर्य-धारण गर्ने शक्ति प्राप्त होस् भन्दै स्व. “गोठाले” को आत्मालाई चिर शान्ति मिलोस् भन्ने कामना समेत गर्दछौं |

वि.स. १९७९ साल असार २६ गते ओमबहाल, काठमाडौंमा जन्मनुभएका “गोठाले” ले नेपाली साहित्यको सेवामा आफ्नो जीवनको ठूलो हिस्सा अर्पण गर्नुभएको छ | जसको कदरस्वरूप गोरखा दक्षिण बाहु, त्रिभूवन प्रज्ञा पुरस्कार, वेदनिधि पुरस्कार, भवानी साहित्यिक पत्रकारिता पुरस्कारलगायतका विभिन्न पुरस्कार आदिबाट समेत वहाँ सम्मानित हुनुभएको छ | “गोठाले” द्वारा सृजित: पल्लो घरको झ्याल, भुसको आगो, प्रेम र मृत्यु, च्यातिएको पर्दा, भोको घर लगायत अन्य धेरै कृतिहरु नेपाली साहित्य फाँटमा प्रख्यात छन् ।

(ज्ञानेन्द्र गदाल )

अध्यक्ष, अनेसास केन्द्रिय कार्यसमिति

एवं अनेसास परिवार  |

Colorado, USA

Share

Leave A Response »