हिमाली स्वरहरु – स्वतन्त्रताको एक ज्योति सुन्नुहोस

स्वतन्त्रताको एक ज्योति सुन्नुहोस

admin December 31, 2010 4

नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको प्रस्तुति “कथा संसारमा” आज हामी अर्जुन प्रधानको लेख “स्वतन्त्रताको एक ज्योति” वाचन गर्दै छौ !
आफ्नो लेख रचना,विचार ,प्रतिक्रियाहरु  लेखि पठाउनुहोस nepaliradio@gmail.com

हाम्रा बिबिध कार्यक्रमहरु सुन्नुहोस हिमाली स्वरहरुमा-नेपाली मन र नेपालीपन संग नजिक

कथा आफ्नो आइफोन/आइपोडमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

भुल सुधार:
यो कथामा हामीले

“जङ्गल र ठूला पहाडहरुलाई संरक्षण गर्दै सुन्दर अनि धार्मिक स्थलको नामबाट सुपरिचित अहिलेको भूटान स्वादेश सन् १६२४ मा भूटान भित्रिएका नेपाली भाषीको लगनशीलता र अनुशासनले हो ।” भन्नु पर्नेमा १९२४ भएकोले सच्चाएका छौ.

धन्यबाद.
स्वतन्त्रताको एक ज्योति

अर्जुन प्रधान, अमेरिका

जो मानव रङ्गहरुलाई एक मालामा उनेर स्वतन्त्रताको सिङ्गो इन्द्रेणी माला बनाउन खोज्दछ ऊमाथि जादुगरी सरकारको हस्तक्षेप हुन्छ । एकरुपतामा हैकमवादका नारा उडाएर आफैं राजा आफैं मात्र प्रजा हुन खोज्ने निरङ्कुश शासकलाई स्वतान्त्रता सद्भाव भन्ने शब्द नै थाहा छैन् ।

हरेक इतिहासका कालखण्ड हेर्ने हो भने प्रत्येकले जनताको काँचो रगत चुसेर राज्य जमाएका छन् । जर्मनीमा हिट्लरले, नेपालमा राणाहरुले भारतमा ब्रिटिसहरुले, चीनमा कुइन सिइ हुङ्गले, भूटानमा वाङ्गचुक परिवारले आदि…| भौगोलिक सिमानालाई विभाजन गरेर सिङ्गो देश विदेश र स्वदेशको रुपमा रुपन्तरित छ । यिनै सिमानाहरुको बीचबाट छुट्टिएर एकान्तमय हरियाली र मनमोहक दृश्यहरुले सिङ्गारिको एउटा सानो स्वदेश चीन, भारत र बंलादेशको भौगोलिक-राजनैतिक खेलमा हुर्किरहेको छ ।

जङ्गल र ठूला पहाडहरुलाई संरक्षण गर्दै सुन्दर अनि धार्मिक स्थलको नामबाट सुपरिचित अहिलेको भूटान स्वादेश सन् १६२४ मा भूटान भित्रिएका नेपाली भाषीको लगनशीलता र अनुशासनले हो । १६ परिवार नेपालीहरुले हरेक माटो-बाटोलाई खोपेर ठूला राजमहल बनाए । निर्जीव बस्तुलाई साथी बनाएर देशको भण्डार भरिभराउ बनाइदिए । देश नामको संरचनालाई कागजमा लेखपढी गरि सबैलाई बराबर न्याय हुने ‘संविधान’ भूटानमा बनाए । त्यसपछि ब्यक्ति, समाज र राष्ट्रमा दिन-प्रतिदिन विकासको नयाँ छाल प्रष्फुटित गरी नेपालीभाषी भूटानी विभिन्न जिल्ला हुँदै प्रतेक प्रान्तमा आफ्नै भेषभुषा, रीतिरिवाज, भाषा-साहित्य, लिपि आदिको संरक्षण गर्दै नयाँ भूटान निमार्ण गरी कष्टकर जीवन यापन गरी इतिहासमा नयाँ ज्योति भइरहे ।

सबै कुराहरुले भरिभराउ भएको देखेर वाङ्गचुक परिवार हर्षले मातियो | त्यसपछि राष्ट्रको नाममा विभेदकारी नीतिहरु निमार्ण गरी धर्मीक गुरु साब्डुङ नवाङ नाम्गेललाई पनि संकटमा पारी छाड्यो । त्यसपछि राज्यका नागरिक जो भुटान नामलाई कुलागांग्री जतिकै उच्च बनाउने नेपालीभाषी भूटानी निमार्णकर्ताहरु माथि घोर अत्याचार सुरू भयो | आफ्नो क्रूरताले जनता तर्साउन प्रजातन्त्रप्रेमी जनताहरुलाई चरम यातनाको शिकार बनाइयो | तिनीहरुले अनगिन्ती निर्दोषहरुको रगत पिएका छन् | शन्तिमाथि बलत्कार गरेका छन् र मानवतालाई धर्मसंकटमा पारेका छन् । आफ्नै परिवार जनमाथि बलत्कार गरी देशविहिन बनाएका छन् | यसरी लाखौँ न्याय र प्रजातन्त्रप्रेमी जनताहरुलाई वाङ्गचुक सरकारले कहिल्यै न्याय गरेन ।

नेपाली भाषा, साहित्य, संस्कृति, रीतिरिवाजलगायत देशमा प्रजातन्त्रिक संविधान बनाउनका निम्ति हाम्रा अग्रज दाजु तथा दिदी-बहिनीहरुले खेलेको प्रजातन्त्रिक अभियान आजसम्म पनि इतिहामा ताजा भइरहेको छ । यही प्रजातन्त्रमा वाक स्वातन्त्रता स्थपना गर्नका लागि अहोरात्र देश-जनताको निम्ति बलिदान चठाई हाम्रो आँखाका ज्योति भई हाम्रालाई सदासर्वदा आर्शिवाद दिइरहनु भएको छ ।

राज्यले नेपालीभाषी भूटानी नागरिकले गरेको प्रजातान्त्रिक पहलकदमीलाई विश्वास नगरी बन्दुके शासन जमाएर भूटानी अग्रजले देखाएको बाटोलाई पहिलाएर आज विश्वमा चम्किरहेको छ । हरेक चम्किला तारामा हाम्रो खुन पसिनालगायत शीप , जाँगर अनि हाम्रा शहीदहरुको बलिदानी कथा छ । आजसम्म वाङ्चुक सरकारले देशमा न त शहीद दिवास मनाएको छ न त शहीदहरुको सहि तथ्याङ्ग नै सार्वजनिक गरेको छ । हाम्रै अग्रजले देखाएको बाटोमा हिँडेर आज विश्वमा यो भनिरहेको छ कि “नेपालीभाषी भूटानी आतङ्ककारी हुन्” भनेर । यसको सहि किताब कोर्ने दिन अब भूगोलभित्र छरिएका हामी भूटानी छोराछोरीको हातमा छ ।
हामीले नै विश्वलाई यो कुरा बताउनु पर्छ कि भूटान देशमा १९९० अघि प्रजातान्त्रिक शान्ति आन्दोलनमा सहभागी हुँदा सरकारले जताभावी बन्दुक चलाएर सोझा तथा निर्दोष प्रजातन्त्रप्रेमी जनतालाई मारेको थियो । त्यसमा अगुवाहरुलाई आगो लगाएर पुरस्कार दिन्छु भनी बोरामा पोको परी सुनकोश खोलामा फ्याँकेको, झुन्डाएर, बलत्कार गरेर, जेलमा चरम यातना दिएर आदि प्रकारले हाम्रा मान्छे मारेको छ | त्यसको क्षतिपुर्तिलगायत राष्ट्रले शहीद घोषण गरी शहीद परिवारलाई शिक्षा र रोजगारी दिलाइदेऊ भनेर अपिल विश्व समुदायमा चडाउनु पर्छ । त्यति मात्र नभएर वाङ्चुक सरकारलाई घुँडा टेकाएर जनताहरु माझ माफी मागाउनु आजको अति आवश्यकता रहेको छ; विश्वका इतिहासहरु दिनप्रतिदिन परिर्वतन भएजस्तै गरी ।

अनि मात्र हाम्रो मनभित्रको ठूलो घाउमा थोरै शान्त्ति मलम मिल्ने छ । यो अभियानमा हामी सबै भूटानी एक जुट भई अघि बढ्यौँ भने शहीदहरुले हामीलाई आर्शिवाद दिने छन् । आजसम्म हामीलाई सुरक्षित राखी आफ्नो शारीरिक जीवनमा धेरै दु:ख-कष्ट खेपेर हाम्रो निम्ति बलिदान भए भने उनीहरुको आत्माले हामी सम्पूर्ण भूटानी जनतामा स्वातन्त्रताका ज्योति भई विश्वसामु चिनाइरहेका छन् ।

अब उनीहरुलाई चिनाउने पालो हाम्रो हो । अहिलेसम्म चिनिएको इतिहास हाम्रो बलिदानी पात्रहरुले गर्दा मात्र हो | त्यसैले उनीहरुले हिँड्न सिकाएको स्वतान्त्रताका पाइलाहरुलाई कदर गर्दै सम्पूर्ण शहीदहरुको सपना साकार पर्न जिम्मा हाम्रो हातमा छ । मेरो तर्फबाट सम्पूर्ण शहीदहरुलाई सलाम ।
लेख साभार:http://www.punyafoundation.org

Share

4 Comments »

  1. Rosen January 1, 2011 at 9:08 pm -

    राम्रो लागो अर्जुन जी, तपाई लाई पनि सलाम छ

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  2. BINAI RAI January 1, 2011 at 10:01 pm -

    DEAR ARJUN you have expressed your inner feelings of Bhutan’s martyrs.I salute to all my martyrs.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  3. D.P Osti January 2, 2011 at 7:22 pm -

    December 31, 2010मा प्रसारित
    “स्वतन्त्रताको एक ज्योति”
    अर्जुनजीको कथा सुने अनि पडें पनि ।कथा सुन्दा छाती फुलेर आयो । शरिरका नसाहरु सल्बलाए । कथा यथार्थपरक छ । यथार्थपरक कथामा लेखकले तिथि-मिति लेख्दा खुब बिचार गर्नु पर्ने हुन्छ ।तर उक्त कथाको तेस्रो अनुच्छेदमा लेखिएको सन् १९२४ सहिं होइन जस्तो लाग्यो । सोह्रौँ सताब्दिमा भुटान भितृएका नेपालीहरुको इतिहाँसलाई भुलियो भने , भुटन भित्र र बाहिर हुने नेपालीहरुको इतिहाँस हराउने डर हुन्छ । त्यसैले अर्जुनजीलाई उक्त कुरा सच्याउ आग्रह गर्दछु ।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  4. kula khatiwora January 3, 2011 at 8:47 pm -

    arjun bhai< dharai ramro cha timro article. i really appreciate your feeling towards our country and to words our martyrs.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

Leave A Response »