हिमाली स्वरहरु – नेजा पत्रकारिता पुरस्कार

नेजा पत्रकारिता पुरस्कार

admin December 9, 2010 0

नेजा पत्रकारिता पुरस्कार

नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले सोही संस्थाका पश्चिम क्षेत्रीय उपाध्यक्ष शेखर ढुङ्गेलको सहयोगमा नेजा बद्री कुल स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ । पत्रकार ढुङगेलले आफ्ना पीता बद्रीप्रसाद र माता कुलकुमारीको स्मृतिमा पुरस्कार स्थापना गर्र्न प्रत्येक दुईबर्षमा १ हजार अमेरिकी डलर नेजालार्ई प्रदान गर्ने हुनु भएको छ ।

नेजाका नया“ तथा पुराना पदाधिकारी एबं सल्लाहकार तथा सदस्यहरुको हालै भर्जिनियाको स्प्रिङफिल्डमा आयोजित गोलमेच छलफल कार्यक्रममा यस विषयमा निर्णय भएको थियो । यही छलफलका क्रममा पुरस्कारको ब्यबस्थापनका लागि नेजाका सल्लाहकार प्रताप अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय पनि भएको थियो । बा“की दुई सदस्य भने नेजाले चा“डै नै मनोनयन गर्ने छ । उक्त समितिले आगामी दिनमा यो पुरस्कारको साथै अन्य पुरस्कारहरु स्थापना र व्यबस्थापनका लागि नेजालाई आबश्यक सुझाव पनि दिने छ । यसले पुरस्कारको श्रोत,छनोट प्रक्रिया, सीमा र दायरालगायतका विषयमा लिखित कार्यविधि तयार गर्ने छ ।

तत्कालका लागि पुरस्कृत व्यक्ति वा संस्थाको खोजी गर्न नेपालमा संबन्धित विषयका विज्ञ संमिलित एक समिति गठन गरिने छ । उक्त समितिले मनोनयन गरेका व्यक्ति वा संस्था मध्ये एकलाई पुरस्कृत गरिने छ ।

उक्त गोलमेच छलफलमा कार्यबाहक अध्यक्ष कृष्ण शर्माद्धारा प्रस्तुत विभिन्न बू“दामा उपस्थित सबैले आफ्नो राय प्रस्तुत गरेका थिए । सल्लाहकारहरु योगेश उपाध्याय, गिरिशपोख्रेल, प्रताप अधिकारीलगायतले आ आफ्नो सुझाव दिने क्रममा नेजाको आगामी कार्यक्रम, कार्यदिशा, आप्रवासी संचारकर्मीको हितमा गरिने कामका बारेमा उल्लेख गरेका थिए । सो अवसरमा नेजाको आगामी बार्षिक भेला मे महिनाको सप्तान्त

(विकेण्ड)मा गर्ने निर्णय भयो । यसको स्थान र समय भने निकट भविष्यमा कार्यसमितिको बैठकले निर्धारण गर्ने बारे चर्चा भएको थियो । कार्यबाहक अध्यक्ष शर्माले मेरिल्याण्डको बालटिमोरमा गर्ने प्रस्ताव गर्नु भएको थियो ।

संशोधित विधानका बारेका बारेमा छलफल हु“दा यसलाई अन्तिम रुप दिइ सकिएकोले आगामी बार्षिक भेलाले अनुमोदन गर्ने गरी लागू गर्न सकिने सुझाव आएको थियो । यसालाई अन्तिम रुप मानी नेजाको आफ्नो वेभसाइट www.naja-usa.comमा राखिने भएको छ ।

यसरी नै नेजाको वेभ साइटको प्राविधिक सुधार गरी यसलाई अपग्रेड गरेर न्युज पोर्टल साइटका रुपमा विकास गर्नु पर्ने सुझाव पनि आएका थिए । यसका लागि सुनुप्रताप केसी नेपाल होराइजनस“ग प्राविधिक सहयोग लिई यसको सुधार गरिने बताईएको छ ा

नेजाको मुखपत्र प्रयासलाई आगामी महिनाभित्र नियमित प्रकाशन शुरु गरिने, नेजाको अनुशासन समितिलाई प्रभावकारी बनाई ब्लग तथा अन्य संचार माध्यममा एकले अर्काको मान हानी हुने गरी व्यक्तिगत गाली गलौज, स्तरहिन भाषाको प्रयोग जस्ता विकृति र विसंगतिलाई निगारानी गर्न नेजाले सक्रियता देखाउनु पर्ने सहभागीहरुको सुझाव अनुसार नेजाले आफ्नो अनुशासन समितिलाई सक्रिय बनाउने प्रतिवद्धता पदाधिकारीहरुले व्यक्त गरेका थिए ।

गलमेच छलफलमा वासिंटन डिसी वरपरका नेपाली संचार माध्यमका संचालकहरुको सहभागीता थियो । सो छलफलमा सगरमाथा टिभि तथा नेपाल दर्शन टेलिभिजनका संचालक रामचन्द्र खरेल, डिसी नेपालका संचालक रामहरि सुबेदी, विश्वपरिक्रमा खबर पत्रिकाका प्रधानसंपादक गोविन्द गिरी प्रेरणा, नेपाली पोष्ट डट कमका लेखनाथ भण्डारी, नेपाल मेडिया क्याफेका सुशील न्यौपाने, ग्लोब नेपाल का गौतम दाहाल लगायतको सहभागिता थियो ।
Nepal America Journalists’ Association (NEAJA), USA

Share

Leave A Response »