हिमाली स्वरहरु – जनजाति महासंघको कार्यक्रममा प्रहरी हस्तक्षेप

जनजाति महासंघको कार्यक्रममा प्रहरी हस्तक्षेप

admin January 12, 2011 0

मिति २०६७ पुष २८ गते

जनजाति महासंघको कार्यक्रममा प्रहरी हस्तक्षेप
अध्यक्ष माथी प्रहरीद्धारा हातपात

संविधान निर्माणका लागी थपिएको अति महत्वपूर्ण समय १ बर्ष मध्ये ६ महिना प्रधानमन्त्री कुसर्ीको खेलमा खर्चेर सविधान निर्माण कार्य अपुरो र अधुरो राहेको अवस्थमा प्रधानमन्त्रीको १७ औ पटकको निर्वाचनका लागी दलहरु संविधान सभाको भवनमा भेला भएको अवसरमा प्रधानमन्त्रीको कुसर्ीको खेल तत्काल अन्त गरेर आम ३ करोड नेपाली जन्ताको चहान अनुसार संविधान निर्माणका अपुरो र अधुरो कार्यहरु अविलम्व पुरा गरेर वांकी ६ महिना भित्र संघीय लोकतन्त्रिक गणतन्त्र नेपालको संविधान जारी गराउन दलहरुलाई दवाव दिन आज पुष २८ गते दिनको १ देखि ३ बजे सम्म संविधान सभा गेट नं ३ अगाडी ूकुसर्ीको खेल अन्त गर समयमा संविधान जारी गरू भन्ने नाराका साथ धर्ना दिएका थिए । प्रधानमन्त्रीको कुसर्ी मोहमा चुर्लुमा डुवेका दलहरुलाई उपहार दिन लगिएको प्रधानमन्त्रीको कुसर्ी ३ गेटमा लैजाने क्रममा प्रहरीले नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारुमाथी हातपात गरेर कार्यक्रममा प्रहरीले हस्तक्षेप समेत गरेका थिए ।

दलहरुलाई उपहार दिन लगेको उक्त कुसर्ीलाई महिला युवा र हिमाली आदिवासीहरु समेतले पटक पटक गेट नं ३ सम्म पुर् याउने प्रयास गर्दा कार्यक्रम स्थालमा तैनाथ सयौ दफ्ा प्रहरीले रोकेका थिए । कार्यक्रमलाई नेपाल राष्ट्रिय आदिवासी जनजाति महासंघकी अध्यक्ष श्रीमती चन्द्रकला गुरुङ महासंघका उपाध्यक्ष नोभु घले बुद्ध नेापल मगर संघका अध्यक्ष झक वहादुर थापा मगर नेपाल तमाङ घेदुङका अध्यक्ष धनप्रसाद तमाङ नेपाल युवा महासंघका उपाध्यक्ष भरत श्रेष्ठ नेपाल थामी समाजका अध्यक्ष कविराज थामी र अन्तमा महासंघ अध्यक्ष राजकुमार लेखी थारुले मन्तव्य व्यक्त गरेका थिए ।

आङ काजी शेर्पा किसान
महासचिव
सम्पर्क फोन ९८५१० ४८१८४
(received on email)

Share

Leave A Response »