हिमाली स्वरहरु – डा. कृष्णहरि बराल मोटर दुर्घटनामा सख्त घाइते

डा. कृष्णहरि बराल मोटर दुर्घटनामा सख्त घाइते

admin January 18, 2011 0

डा. कृष्णहरि बराल मोटर दुर्घटनामा सख्त घाइते

नेपाली साहित्यका समालोचक एवं वरिष्ठ गीतकार डा. कृष्णहरि बराल अमेरिकाको विभिन्न राज्यहरुको स्थलमार्गबाट भ्रमण गरिरहेको बेला मोटर दुर्घटनामा पर्नु भएको छ । पत्नी श्रीमति सुष्मा बराल, छोरा स्वप्नील र छोराको साथी सन्तोष अधिकारी सहित चार जनाको टोली उक्त भ्रमणको शिलशिलामा बोष्टनबाट ओहायो गैरहेको बेला यही जनवरी २ २०१० आइतबार साँझको समयमा पेन्सिलभेनियाको I-80 Highway मा अकस्मात उक्त दुर्घटना भएको हो |

गाडीमा सवार चारैजनालाई एम्बुलेन्सव्दारा तत्काल State Park स्थित Mount Nittany Medical Center मा पुर्याईयो । दुर्घटनामा पर्नेहरुमध्ये श्रीमती बराल स्वप्नील र सन्तोषलाई साधारण उपचारपछि डिस्चार्ज गरिएको छ तर डा. बराल उक्त दुर्घटनाबाट सख्त घाइते हुनु भएको समाचार छ । वहाँको उपचारको क्रममा डाक्टरहरुले पत्ता लगाए अनुसार केही रक्त-नशाहरु -Artery ruptures_ फुटेको र पेटभित्र रगत बगिरहेको पाइएकोले वहाँलाई तत्कालै हेलिकप्टरबाट Danville, PA स्थित Geisinger Medical Center मा पुर्याइयो र सिधै अपरेसन कक्षमा लगियो । तर सर्जनहरुले रगत बगिरहेको नरोकिएसम्म सर्जरी गर्न नसकिने कुरा बताए । त्यसैले उहाँलाई पर्याप्तमात्रामा रगत दिईसकेपछि ४ जनवरीका दिन सर्जरी पूर्ण सफलताकासाथ सम्पन्न भयो । त्यसपछि १५ जनवरीसम्म उहाँलाई आई.सि.यु.मा राखि उपचार गरियो र हाल वहाँलाई साधारण वार्डमा सारिएको छ । पारिवारिक सुत्रका अनुसार अब वहाँ गम्भीर खतराबाट भने मुक्त हुनुहन्छ तर पनि अहिलेसम्म अस्पतालमै वहाँको उपचार भैरहेको छ ।

आफ्नो छोरा स्वप्नीलको दिक्षान्त समारोहमा भाग लिन नेपालबाट गत महिना अमेरिका आउनुभएका बराल दम्पति यही फेब्रुअरीको पहिलो हप्ता नेपाल फर्किने योजना थियो । अचानक उक्त दुर्घटना हुन गएकोले डाक्टरहरुको सल्लाह बमोजिम वहाँहरुको अमेरिका बसाई लम्बिने भएको छ । वहाँहरु भिजिटर भएको र छोरा पनि विद्यार्थी नै रहेकोले वहाँहरुलाई यस आपतकालिन अवस्थामा आर्थिक संकट पर्न गएको छ । अतः अमेरिकामा बसोबास गर्ने साहित्यकार कलाकार तथा मानवीय समवेदनामा बिचार पुर्याउने सबै महानुभावहरुसंग आर्थिक सहयोगको लागि आव्हान गर्दछौं ।

यसका लागि हामीले (PayPal) पेपाल मार्फत कृष्णहरि बराल सहयोग कोष खाता खोलेका छौँ । निम्न कृष्णहरि बराल सहयोग कोष लिँकमा गएर आफुले सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गदछौँ

वहाँका बारेमा विस्तृत जान्न परेमा निम्न महानुभावहरुसंग सम्पर्क गर्नुहोला ।

-ज्ञानेन्द्र गदाल, कोलोराडो ३०३ २२९ २०३९

-बासु श्रेष्ठ, भर्जिनीया ७०३ ३३८ ७८२८

-स्वप्नील बराल, हाल पेन्सिलभेनिया: ८१७ ३३३ ७१७०

आर्थिक सहयोग र मानवीय सद्भावनाका लागि सबै महानुभावहरुमा अग्रिम आभार प्रकट गर्दछौँ ।

कृष्णहरि बराल सहयोग कोष लिँक

https://www.paypal.com/us/cgi-bin/webscr?cmd=_flow&SESSION=HeGFmo_mG3MqanTyih78UtSeU29qOexFbptBJWV3U260JsougEH-QkYnJkC&dispatch=5885d80a13c0db1f8e263663d3faee8d9384d85353843a619606282818e091d0

Share

Leave A Response »