हिमाली स्वरहरु – शुभ कामना आदान प्रदान एब अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ कामना आदान प्रदान एब अन्तर्क्रिया कार्यक्रम सम्पन्न

admin January 10, 2011 0

नेपाली जनसम्पर्क समिति न्यू योर्क च्याप्टर को आयोजनामा चियापान तथा शुभ कामना आदान प्रदान एब अन्तर्क्रिया कार्यक्रम सम्पन्न

न्यु योर्क च्याप्टर को आयोजनामा जननायक स्वर्गिय बिपि कोइराला तथा नेपाली काँग्रेसका नेताहरुले २०३३ साल मा लिनु भएको राष्ट्रिय एकता र मेलमिलापको नीति अनुसार जनवरी ९,का दिन राष्ट्रिय मेलमिलाप दिबस सम्पन्न भयो । नेपाली जनसम्पर्क समिती न्यू योर्क च्यापटरको कार्यालय न्यू योर्क सन्नी साईडमा च्याप्टरका सम्योजक कृष्ण पोख्रेलको सभापतित्व तथा महासचिब बिकास बिष्टको उदघोसणमा बी पी कोइरालाको तस्बीरमा माल्यार्पणबाट सुरु भएको उक्तदिबसमा बी पी कोइरालाको राष्ट्रिय मेल मिलापको निति तथा बर्तमान अवस्थामा त्यसको सान्दर्भिकता र बिद्धमान संगठन भित्र देखियेको मत्तभिन्नता हरुलाई अन्त्य गर्न सबै, नेता कार्यकर्ताले आआफ्नो क्षेत्र बाट त्याग तथा योग्दान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो, यसरी आफ्नो भनाइ राखने हरुमा ने ज स केन्द्रिय समिति अमेरिकाका सम्योजक खगेन्द्र जी सी, युवा नेता आनन्द बिष्ट,तरुणदल अमेरिकाका अधक्ष गजेन्द्र बुढाथोकी, केन्द्रिय सदस्य बिष्णु सुबेदी, केन्द्रिय सदस्य प्रमोद सिटौला, केन्द्रिय सदस्य बम्सलाल तामाङ, गोमा सेन तथा हरिस्चन्द्र हमालले आआफ्नो भनाइ राखनुभयको थियो । ने का की केन्द्रिय प्रतिनिधि म्रिदुला कोइराला सहितको बिभिन्न नेता तथा कार्यकर्ताको ब्यापक उपस्थितिमा सफलताका साथ उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Share

Leave A Response »