हिमाली स्वरहरु – “न्यू योर्क् नेपाली कविता महोत्सव”

“न्यू योर्क् नेपाली कविता महोत्सव”

admin January 4, 2011 0

“न्यू योर्क् नेपाली कविता महोत्सव”

“एन् एन्ड् जे इन्टरटेनमेन्ट् इन्क् यु एस् ए” ले पाँचौ वार्षिक उत्सवको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम सहित “न्यू योर्क् नेपाली कविता महोत्सव” आयोजना गर्दैछ।

सो उपलक्ष्यमा वयस्क तथा बालबालिकाकाहरुका प्रतियोगितात्मक र अप्रतियोगितात्मक कविताहरु वाचन गरिने छ। ईच्छुक कवि-कवयित्रीहरुलाई भाग लिनको निमित्त बिनम्र अनुरोध गर्दछौं। प्रतियोगिता शुरु हुनु भन्दा आधा घण्टा अघि आ-आफ्नो कविताको एक प्रति आयोजकलाई बुझाउनको निमित्त सूचना गर्दछौं।

वयस्क कवि-कवयित्रीहरुको निमित्त कविताको शीर्षक यस प्रकार छन्:

१. नेपालको मानचित्रलाई हेर्दा

२. नेपालको राष्ट्रिय झण्डा

अथवा नेपाल र नेपालीको संस्कृतिसँग सम्बन्धित्।

बालबालिकाकाहरुको निमित्त कविताको शीर्षक यस प्रकार छन्:

१. मेरो अभिभावक

२. मेरो साथी

३. मेरो विद्यालय

माथीका कविताहरु मध्ये आफुलाई मन परेको कुनै एक शीर्षकमा कविता वाचन गर्नु पर्नेछ। वयस्क कवि-कवयित्रीहरुले नेपाली भाषा र बाल कवि-कवयित्रीहरुले नेपाली वा अँग्रेजी भाषामा वाचन गर्न सक्नेछन्।

विजयी हुनेहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ।

स्थान: हिमालयन याक् रेस्टुरेन्ट

७२-२० रूजवेल्ट् एविन्यु, ज्याक्सन् हाइट्स्, न्यू योर्क्- ११३७२

तारिख: २९ जनवरी २०११, शनिवार

समय: विहान ११: ४५ देखि ४ बजेसम्म

कार्यक्रमको मध्यान्तरमा स्वादिष्ठ नेपाली खानाको पनि व्यवस्था गरिएको छ। सहयोगार्थ १० डलर मात्र।

कमला प्रसाई,

“एन् एन्ड् जे इन्टरटेनमेन्ट् इन्क् यु एस् ए” कुईन्स्, न्यू योर्क् ।

सम्पर्क: ६४६-६७१-१९८१, nynepalipoetryfestival@yahoo.com,

nandjentertainmentusa@yahoo.com, kamalaprasai@yahoo.com

http://www.nandjentertainmentinc.webs.com

Share

Leave A Response »