हिमाली स्वरहरु – एक नेपाली युवा अमेरिकामा माग्दैछन् जिवनको भिक्षा

एक नेपाली युवा अमेरिकामा माग्दैछन् जिवनको भिक्षा

admin February 28, 2011 0

 

एकजना नेपाली युवाले अमेरिकामा जिवनको भिक्षा

मागिरहेका छन् । मृगौला खराब भएपछि न्युयोर्कमा सुरक्षा गार्डको काम गर्दै आएका शेरबहादुर बुढाथोकीले नेपालीहरुसंग उपचारका लागि सहयोगको याचना गरेका छन् । ३३ वर्षका बुढाथोकीको मृगौला अन्तिम अवस्थामा पुग्दै गरेको ६ महिना अगाडि नै चिकित्सकले जानकारी दिएका थिए । तर उपचारका लागि रकम अभावका कारण बुढाथोकीले उपचार गराउन सकेका छैनन् ।
तीन वर्षको उमेरमा नै बाबुआमा गुमाएका बुढाथोकी सन् २००९ मा अमेरिका आएका थिए । त्यतीबेलादेखि नै उनले सुरक्षा गार्डको काम गर्दै आएका छन् । ६ महिना अगाडि चेकअप गराउंदा मृगौला असाधारण अवस्थमा पुगेको थाहा पाएको बुढाथोकीको भनाइ छ । अपरेशन गर्न अत्यन्तै महंगो पर्ने भएकाले र तत्काल त्यसका लागि भारत जानुपर्ने भएकाले बुढाथोकीले आर्थिक सहयोगको आग्रह गरेका हुन् । इनरुवा सुनसरीका बुढाथोकी न्युयोर्कमा बस्दै आएका छन् । उनलाई सहयोग गर्न चाहनेले उनको बैंक अफ अमेरिकाको चेकिङ खाता नम्बर ४८३०२९९९४९८९ मा रकम संकलन गरिदिन सक्नुहुनेछ । उनको रुटिङ नम्बर ०२१०००३२२ हो भने फोन नम्बर ९१७ ७५६ १३०० हो|

 

 

(We received  this appeal via email)

Share

Leave A Response »