हिमाली स्वरहरु – डा. बरालको उपचारको लागि सहयोग

डा. बरालको उपचारको लागि सहयोग

admin February 2, 2011 0

January 21, 2011

डा. बरालको उपचारको लागि सहयोग

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क ले अमेरिकामा कार दुर्घटनामा परि उपचार गरिरहनु भएका नेपाली साहित्यका समालोचक एवं वरिष्ठ गीतकार डा.कृष्ण हरि बरालको उपचारको लागि यु एस डलर २०० सहयोग स्वरूप उपलब्ध गराएको छ | डा. बराल बोष्टनबाट ओहायो गैरहेको बेला यही जनवरी २,  २०११ साँझको समयमा पेन्सिलभेनियाको I-80 Highway मा  कार दुर्घटनामा पर्नु भएको थियो | उक्त रकम अ ने सा स न्यु योर्कका कोषाध्यक्ष राम खत्रीले संस्थाको तर्फबाट  कृष्णहरि बराल सहयोग कोषमा पेपाल मार्फत प्रदान गर्नु भएको हो | अ ने सा स न्यु योर्क डा. बरालको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ |



Share

Leave A Response »