हिमाली स्वरहरु – देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रलाई यु एस डलर १००० सहयोग स्वरुप प्रदान

देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रलाई यु एस डलर १००० सहयोग स्वरुप प्रदान

admin February 2, 2011 0

January 22, 2011

देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रलाई यु एस डलर १००० सहयोग स्वरुप प्रदान

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क ले २२ जनवरी २०११ मा काठमाडौँ मा आयोजित एक बिषेश समारोहमा देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रलाई यु एस डलर १००० सहयोग स्वरुप प्रदान गरेको छ | उक्त रकम अ ने सा स न्यु योर्कका सल्लाहकार बद्री पौडेलले “महाकवि लक्ष्मी प्रसाद देवकोटा – अन्तर्राष्ट्रिय प्रतिभा” विषयक छलफल कार्यक्रमका बीच प्रदान गर्नु भएको थियो | सल्लाहाकार पौडेलले देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष डा. पद्म प्रसाद देवकोटालाई रकम हस्तान्तरण गर्नु पूर्व अ ने सा स न्यु योर्कको छोटो परिचय गराउनुका साथै समाजकी अध्यक्ष ज्योति पौडेलले पठाउनु भएको पत्र पढेर सुनाउनु भएको थियो |

उक्त कार्यक्रममा मुख्य अतिथि राष्ट्रकवि माधव प्रसाद घिमिरेले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका साहित्यकारहरु छन् भन्ने कुरालाई विश्व जगतमा बुझाउन आबश्यक भएको बताउनु भयो | नेपाल प्रज्ञा प्रतिष्ठानका उप-कुलपति गंगा प्रसाद उप्रेतीले महाकविको जीवनपद्दति र युग झल्कने संग्रहालय निर्माण गरी त्यसलाई पर्यटकीय महत्वको बनाउनुनेतर्फ सोच्नु पर्ने धारणा ब्यक्त गर्नु भयो | प्रा. ऋषिकेश उपाध्यायले प्रस्तुत गर्नु भएको “अन्तर्राष्ट्रिय पाठकहरुका लागि देवकोटा – सम्भाब्य कार्यक्रमहरुको परिशीलन” नामक कार्यपत्रमाथि बरिष्ठ साहित्यकारहरु  चुडामणि बन्धु, डा. तारानाथ शर्मा, गीता केशरी, कोषराज न्यौपाने आदिले आफ्ना मन्तब्य राख्नु भएको थियो |

अन्तमा केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. पद्म देवकोटाले कृतिहरुको अनुबाद गरेर मात्र नपुग्ने बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक संस्था , साहित्यकार , सरकारबीचमा सहकार्य गरी व्यापक रुपमा अघि बढ्नु पर्ने धारणा राख्नु भएको थियो | उहाले  अ ने सा स न्यु योर्कले केन्द्रलाई गरेको सहयोग प्रति हृदय देखि धन्यवाद दिदै केद्रका तर्फबाट केहि पुस्तकहरु उपहार स्वरुप प्रदान गर्नु भएको थियो |

अ ने सा स न्यु योर्कका अध्यक्ष ज्योति पौडेल र देवकोटा अनुसन्धान केन्द्रका अध्यक्ष डा. देवकोटाले पठाउनु भएका पत्रहरुको लागि तल क्लिक गर्नु होला |

http://www.inlsny.org/documents/letter-jp.pdf

(Letter from INLS NY President)

http://www.inlsny.org/documents/letter-dpd.pdf

(Letter from DSRC President)

Share

Leave A Response »