हिमाली स्वरहरु – चिसो हलमा काम्दै हेरियो कथै कथाको “काठमांडू”

चिसो हलमा काम्दै हेरियो कथै कथाको “काठमांडू”

admin February 12, 2011 1

चिसो हलमा काम्दै  हेरियो  कथै कथाको “काठमांडू”

करिब तिन चार बर्ष पछी नेपाली चलचित्र हेरियो न्यु योर्कमा यो पनि “काठमांडू”शिर्षकको! युवा र जागरुक निर्देशक आकास अधिकारीको यो नया चलचित्र युरोप हुदै न्यु योर्क आइपुगेको हो र अब बिस्तारै अन्य देश विदेश र शहर हरु घुम्दै छ|नेपाली चलचित्र हो हेर्नु पर्छ भनेर आफ्नो साथी भाई स्रोता,शुभचिन्तक सबैलाई खबर गरियो र ज्याक्सन हाईटको ४०-३१ ८२ स्ट्रीटमा रहेको सीनेमा हलमा  नेपालको बारेमा रुची राख्ने अमेरिकन साथीहरुलाई पनि लिएर  फिल्म सुरु हुने भनिएको समय  ४ बजे नै पुग्यौ तर फिल्म सुरु भो साँढे ४ बजे पछी मात्र|यो चलचित्र अघिल्लो हप्तानै देखाउने योजना तियो  तर सिनेमा हल निकै चिसो भएको कारणले फेब्रुवरी १२ सनिबार सारिएको थियो|हामी हलमा प्रवेश गरेऔ १५ डलरको टिकट काटेर अनि मेरै अगाडी अर्को कुनै दर्शकले भने त्यहिँ  टिकट १० डलर मै लिनु भो|

हामी हल भित्र प्रवेश गरेऔ ..अन्धकार हल भित्रको ठुलो स्क्रिनमा प्रोजेक्टर मार्फत  चलचित्र मिलाई रहेको देखे मैले.सुरुवातमा एउटा हस्पिटलको डकुमेन्ट्री देखाइयो सहयोगको अनुरोध गर्दै त्यस पछी नेपालीको राष्ट्रिय गान संगै सुरु भो काठमांडू –यो बिचमा १५/२० मिनेट बिती सकेको थियो र चिसोले दर्शकको हाट,खुट्टा,कामी सकेको थियो…केहि दर्शकहरु भने पोर्टेबल हिटरको वारी परि झुम्मिएका थिए|सिनेमा सुरुभएको आधा घण्टा पनि नबित्दै मेरा अमेरिकन साथीहरु बाहिरिसकेका थिए..हामी भने बगलीमा हात  राख्दै ..हिटरको नजिक झुम्मिदै हेर्न बस्यौ “काठमांडू”

के छ त काठमांडू मा?

कथै कथा छ काठमांडूमा|अमेरिकाको “United Film Academy ” बाट फिल्म निर्माण र अनुसन्धानमा अनर्स  डिग्री लिएको एक युवाको सपनाको कथा,८/९ बर्ष देखि आफ्नो छोरी र श्रीमती संग छुट्टिएर अमेरिकामा ग्रीन कार्ड को लागि प्रतिक्षारत् बुवाको कथा,नेपालमा भएकी उनकी श्रीमतीको कथा,उनकी छोरीको कथा,यता फिल्मको डीग्री लिएर फर्केका “हिरो”को दाजु/भाउजु/भतिजीको  कथा, सडक बाल बालिकाको कथा, लागु पदार्थ र दुर्व्यसनको कथा अरु के के छन छन.. अनि सबै कथाको समस्याको समाधानमा लागि पर्छन “हिरो” र अन्त्यमा एउटा परिवारको दुखद अन्त्यबाट बचाउन एकै छिन ढिलो हुन्छन भने अर्को परिवारको सुखद अन्त्य गर्न सफल हुन्छन “हिरो ” त्यति  मात्र होइन काठमांडू मा सांगीतिक कार्यक्रमको आयोजना गर्ने देखि लिएर  “Where is my Nation “नामक डकुमेन्ट्री बनाएर ति हिरोले उत्कृस्ट अवार्ड पनि पाउछन…तर दर्शकले त्यो डकुमेन्ट्रीको शूटिंग मात्र हेर्न पाउछन डकुमेन्ट्री कस्तो थियो  भने हेर्न पाउदैनन|

हिमाली स्वरहरु संगको कुराकानीमा निर्देशक आकाश अधिकारीले “यो चलचित्रमा निकै मिहेनत गरेको र यस भन्दा अघि  १०/११ वोटा चलचित्र बनाइ सकेको भए पनि यो चाही आफ्नो पहिलो चलचित्र भन्न लायकको छ भन्नु  भएको थियो” तर चलचित्र हेरी सके पछी “खै हो र”..जस्तो लग्यो मलाई त्!

सन्-फ्रान्सिस्को शहरको गोल्डेन ब्रिज वारि पारीको दृश्य,हिरोका थरि थरिका कार  र काठमांडू शहरको दृश्य,सुकबिंदर सिंहको सांगीतिक प्रवेश ,गायिका अनि छोइंग डोल्माको सानो सांगीतिक संदेश ,गौरी मल्ल,अर्जुन श्रेष्ठ,बेन नबिन अधिकारी,रेश मरहठ्ठा,रिया मर्फी,संयुक्ता राना,सुनिल दत्त,प्राप्ति घिमिरे,संगीता छेत्री,ममता प्रधान  लगायत निर्माता/निर्देशक आकाश अधिकारीको भ्याई नभ्याईको  अभिनय र युवा जमातको दुर्व्यसन छ| अनि अरु सामान्य चलचित्रको जस्तै “लास्ट फाइट”पनि छ द्वन्द निर्देशक रोशन श्रेष्ठको  जहाँ “हिरो”ले बन्दुकको  गोलि छल्छ,राउण्ड किक हान्छ र अन्त्यमा हिरोको नै जीत हुन्छ |

जे होस् चलचित्र काठमांडू  “Anything Can happens in the City ” भने जस्तै  जे पनि हुन्छ  तर तपाईलाई त्यो केहि नलाग्न पनि सक्छ|

सहदेव

न्यु योर्क

Share

One Comment »

  1. keshav khanal February 18, 2011 at 5:51 am -

    भने पछि यो फिल्म पनि सोचे अनुरुप छैन , हेर्न नगएपनि हुन्छ सहदेव दाजु

    केशव खनाल हाल लण्डन

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »