हिमाली स्वरहरु – नेपाल अमेरिका पत्रकार संघ को आगामी वार्षिक सम्मेलन बाल्टिमोरमा

नेपाल अमेरिका पत्रकार संघ को आगामी वार्षिक सम्मेलन बाल्टिमोरमा

admin February 24, 2011 0

मेरिकामा वसोवास गर्दै रहनु भएका सम्पूर्ण नेपाली पत्रकारहरुको पेशागत हक़ ,हित र अधिकारको रक्षा गर्दै नेपाली पत्रकारिताको विकासका लागि संगठित संपूर्ण पत्रकारहरुको छाता संगठन नेपाल अमेरिका पत्रकार संघ को आगामी वार्षिक सम्मेलन यही अप्रील ३०, शनिवार र मे १, आइतवार ,२०११ का दिन अमेरिकाको ऐतिहासिक तथा सुन्दर शहर बाल्टिमोरमा हुन गैरहेकोले समस्त अमेरिका तथा क्यानाडावासी पत्रकार मित्रहरुलाई सो सम्मेलन मा सहभागिताका लागि हार्दिक आमंत्रण गरिन्छ / साथै पत्रकार कल्याणकारी कोष को सहयोगार्थ चर्चित नेपाली कलाकारहरुको प्रस्तुति रहने “सम्झना सांस्कृतिक साँझ -२०११” मा संपूर्ण पत्रकार लगायत नेपाली दाज्यूभाई तथा दीदीबहिनिहरुलाई सो मनोरंजनपूर्ण कार्यक्रममा सहभागी भई सफल पारी दिनु हुन समेत विनम्र अनुरोध गरिन्छ /

सो कार्यक्रम सम्बन्धी पूर्ण जानकारी अर्को सूचना मा फेरी प्रकाशित गरिने छ /

शिव विष्ट, कार्यकारी सदस्य -नेपाल अमेरिका पत्रकार संघ तथा

संयोजक

सम्मेलन तथा सांस्कृतिक कार्यक्रम आयोजक समिती

फ़ोन: १-४४३-९२७-६४५६

ईमेल; shivabista@yahoo.com


Share

Leave A Response »