हिमाली स्वरहरु – उपन्यासकार स्व. डायमण्ड समशेर राणा प्रति हार्दिक श्रद्धान्जली !

उपन्यासकार स्व. डायमण्ड समशेर राणा प्रति हार्दिक श्रद्धान्जली !

admin March 6, 2011 0

प्रेस वक्तब्य:

उपन्यासकार स्व. डायमण्ड समशेर राणा प्रति हार्दिक श्रद्धान्जली !

नेपाली साहित्यका प्रखर योद्धा उपन्यासकार डायमनशमशेर राणाको ९४ वर्षको उमेरमा यहि २०६७ साल फाल्गुन २० गते (March 04, 2011) शुक्रबार अपराह्न निधन भएको खबरले हामी सबैलाई दुखी तुल्याएको छ । दुवै मृगौलाले काम नगरेको र शरीरमा हेमोग्लोबिन कम भएका कारण दुई हप्तादेखि नर्भिक अस्पतालमा वहांको उपचार भैरहेको थियो |

वहांको निधनबाट नेपाली साहित्य जगतमा ठूलो चोट परेको महशुस गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रिय कार्यसमिति एवं सम्पूर्ण अनेसास परिवार वहाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । यस दुखद घडीमा शोक-सन्तप्त सबैप्रति धैर्य-धारण गर्ने शक्ति प्राप्त होस् भन्दै दिवंगत शरीरको आत्मालाई चिर शान्ति प्राप्त होस् भन्ने कामना समेत गर्दछौं |
‘वशन्ती’, ‘सेतो बाघ’, ‘सत्प्रयास’, ‘अनिता’, ‘प्रतिबद्ध’, ‘धनको धब्बा’, ‘गृहप्रवेश’ आदि दर्जनौ उपन्यासका लेखक स्व. समशेरले आफ्ना यिनै साहित्यिक कृतिका माध्यमबाट ऐतिहासिक कथालेखनको विशिष्टता समेत आर्जन गरेका छन् । राणापरिवार भित्र रहेको प्रेमको अशली रूपमाथि लेखेको “वसन्ती” र “सेतो बाघ” उपन्यास उनको सर्बाधिक लोकप्रिय उपन्यास हो | उनका अनुसार “सत्प्रयास” उपन्यास ‘सेतो बाघ’ को दोस्रो भाग मानिएको छ | जर्मन र हिन्दीमा समेत अनुवाद भएको “वशन्ती” उपन्यासमाथि चलचित्र बनिएको छ भने हिन्दी, अंग्रेजी, फ्रेन्च र जापानीमा समेत अनुबाद भएको “सेतो बाघ” माथि टेलिशृङ्खला बन्ने तयारी रहेको छ ।

ज्ञानेन्द्र गदाल
अध्यक्ष, अनेसास केन्द्रिय कार्य-समिति
एवं सम्पूर्ण अनेसास परिवार |


Share

Leave A Response »